७४ धुरामा हिल टीएमसी पार्टी वार्ड कमिटि गठन

TMC Party ward committee in 74 dhura Mungpoo
लाब्दा ग्राम पंचायत अन्तर्गत ७४ धुरामा यहाँको ग्राम पंचायत अन्तर्गत वार्ड नम्बर ५ लाई समेटेर हिल टीएमसी पार्टीको एउटा कमिटि गठन गरियो | रुपाश बोम्जनको सभापतित्वमा सम्पन्न सभामा बिकाश, शान्ति र सिन्कोनाको जल्दो बल्दो समस्यामाथि चर्चा गरियो भने सभालाई उपसभापति रङली रङलियट खण्ड, तक्दाह बीएस राईले सम्बोधन गर्दै पार्टीलाई दह्रिलो बनाइ आफ्नो क्षेत्र अनि गाउँ समाजलाई बिकाश अनि उठानको बाटोमा दोहोराउने अपिल गरे | सभालाई बिशाल राई महासचिव रोङचोङ ग्राम पंचायत, उपसभापति नवीन मिश्र, पावल प्रधान रोङचोङ ग्राम पंचायत साथै चन्द्र प्रधान लाब्दा ग्राम पंचायतले पनि सम्बोधन गरे | रोशन राईद्वारा संचालित उक्त कमिटि गठन सभामा नव गठित कमिटिमा सभापति धिरेन तामांग, उपसभापति राम प्रसाद राई, प्रितिका राई, कोषाध्यक्ष रोजा तामांग लगायत १० जना सल्लाहकार अनि ११ जना कार्यकारिणी सदस्यवर्ग समेटेर जम्मा २८ जनाको वार्ड कमिटि गठन गरिएको छ | सभाध्यक्ष रुपाश बोम्जनले नव गठित कमिटिलाई शुभकामना प्रकट गरे ||

लाब्दा ग्राम पंचायत अन्तर्गत ७४ धुरामा यहाँको ग्राम पंचायत अन्तर्गत वार्ड नम्बर ५ लाई समेटेर हिल टीएमसी पार्टीको एउटा कमिटि गठन गरियो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.