राजु विष्ट र निरज जिम्बा मात्र नेपालीमा शपथ लिने व्यक्तिहरु होइनन् , अब गोर्खाल्याण्डको निम्ति छिनाफाना गरेकै हुनुपर्छ - विनय तामाङ

Binay Tamang president Gorkha Janmukti Morcha
18 जुन 2019 मा संसद भवनमा दार्जीलिङ लोकसभा सांसद श्री राजु विष्टज्यु अनि सिक्किमका सांसद श्री इन्द्रहाङ्ग सुब्बाज्युले आफनो मातृभाषा नेपालीमा आ-आफनो शपथ लिए साथै 19 जुन 2019 मा पश्चिम बंगालको विधानसभामा दार्जीलिङका विधायक श्री निरज जिम्बाज्युले पनि आफनो मातृभाषा नेपालीमा आफनो शपथ लिनुभयो । तीनजना महोदयहरूलाई आभार अनि साधुवाद टक्राउदछौ ।

विमल गुरुङ अनि विमलपन्थीहरूले साथै कतिपय  एकपक्षीय सामाजिक सञ्जाल अनि कतिपय दैनिक  समाचारले केवल राजु विष्टज्यु अनि निरज जिम्बाज्युको ज्यादै प्रसार र प्रचार गरियो - मानौ वहाँहरू स्वतन्त्र भारतमा पहिलो सांसद अनि विधायक जसले नेपाली भाषामा शपथ लिएका थिए - वहाँहरू जसले बढाई चढाई गरे - यो केवल राजनीतिले प्रेरित अनि गोर्खा जातिको भावनामाथि प्रभाव पार्ने षड्यन्त्र औ सत्ताको स्वार्थ निम्ति कुटनैतिक प्रयास हो ।

विमल गुरुङ अनि अन्यलाई थाहा हुनुपर्ने कि   आफनो मातृभाषामा शपथ लिने विगतमा हाम्रा गोर्खाजातिका अन्य धेरै धेरै सन्तानहरू थिए - नाम नै लिनपर्दा- स्वर्गीय रतनलाल बाह्मण ,भुतपूर्व   सांसद ( वहाँले त झण नेपाली पोशाक नेपाली टोपी र दौरा सुरुवाल लगाएर शपथ लिएका थिए )  ; श्री दावा नर्बुला , भुतपूर्व सांसद ; श्री नकुल दास , भुतपूर्व सांसद सिक्किम ; स्वर्गीय मनिकुमार सुब्बा,  भुतपूर्व  सांसद आसाम ; श्रीमती रेणुलीला सुब्बा, भुतपूर्व  विधायिका ; श्री अमरसिंह राई, भुतपूर्व विधायक ; श्री रोहित शर्मा , विधायक ; श्रीमती सरिता राई, विधायिका आदि...वहाँहरूलेपनि नेपाली टोपी (षुरूष) र चौबन्दी चोलो (महिला) लगाएर नै शपथ लिएका हुन् .....अझै यस्ता नामहरू ओझल भएको हुनसक्छ ।

यस्तो खुशी र बढी-बढाई वा सम्मान त्यस बेला गर्न सकिन्छ जतिबेला वहाँहरूले वहाँहरूको कार्यकालमा संसदको दुवै सदनमा गोर्खाल्याण्डको आधिकारिक बील ल्याएर गोर्खाल्याण्ड राज्य गठनको निम्ति पहल गरीयोस् । साथै पश्चिम बङालको विधानसभामा निरज जिम्बाज्यु अनि श्रीमती सरिता राई महोदयाले गोर्खाल्याण्डको निम्ति आधिकारिक आवाज उठाओस् औ आधिकारिक पहल गरियोस्  - यसो गरे हाम्रो विधायक श्री रोहित शर्मालेपनि समर्थन र सहयोग गर्नेछन् ।

अहिले गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी) लाई भन्ने गर्छन् कि हामीले विधानसभामा गोर्खाल्याण्डको निम्ति पहल गरियोस् भनेर तर विधानसभा जो चुनिएर गएका छन् उनीहरूले गर्ने विषय हो - हामी त्यो अधिकारदेखि बाहिर छौं ।

अब नेपाली भाषामा शपथ लिई हाल्यो पाँच वर्षको निम्ति गोर्खा जाति, गोर्खाल्याण्डप्रेमी र दार्जीलिङ पहाडकोलागि यही खुराकले नै सन्तुष्ट पार्ने ? विमल गुरुङ , रोशन गिरी  , विमलपन्थी गोजमुमो,  भाजपा , गोरामुमो अनि हाल चुनावमा जस-जसले भाजपालाई साथ दिए - वहाँहरूले यसपटक गोर्खाल्याण्डको निम्ति छिनाफाना गरेकै हुनुपर्छ कारण भाजपालाई तीनपल्ट सासंद दिएका छौ - गोर्खाल्याण्डको निम्ति ।

विनय तामाङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा

18 जुन 2019 मा संसद भवनमा दार्जीलिङ लोकसभा सांसद श्री राजु विष्टज्यु अनि सिक्किमका सांसद श्री इन्द्रहाङ्ग सुब्बाज्युले आफनो मातृभाषा नेपालीमा आ-आफनो शपथ लिए साथै 19 जुन 2019 मा पश्चिम बंगालको विधानसभामा दार्जीलिङका विधायक श्री निरज जिम्बाज्युले पनि आफनो मातृभाषा नेपालीमा

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.