विनय तामांग आएपछि स्थगित भयो सिन्कोनको स्ट्राइक र धर्ना

Binay Tamang lifts Cinchona Pen down Strike
 सिन्कोना बगानमा गत एक सप्ताहदेखि ग्रुप डी पदोन्नतिको माग लिएर सिन्कोनाको चारैवटा युनिटहरु रोंगो, मनसोंग, मङपु र लाठपन्चरमा सहायक संगठनले पेन डाउन स्ट्राइक संगै सिन्कोना हेडक्वाटर मङपुमा निर्देशकको कार्यलय अघि धर्ना पनि गरिरहेको छ | यसै अवधि विभिन्न राजनीतिक दलहरुले धर्नाकारीहरुलाई भेट्ने र समस्या बुझ्ने कार्यहरु पनि भइरहेको बेला आज अचानक गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामांगको आगमनले आज पर्यान्त चलिरहेको धर्ना स्थगित बन्यो | अध्यक्ष तामांग आएर यहाँको सिन्कोना निर्देशक डा० सामुयल राईसित पनि भेट गरेको थियो | पछिबाट सिन्कोना सहायक संगठनहरुसित चर्चा परिचर्चा भएपछि सहायक संगठनले धर्ना स्थगित गर्ने निर्णयमा आइपुग्यो | तामांगले सिन्कोनाको समस्या लिएर सरकारसंग बात गर्ने र त्यो बात गर्ने अवधिभरि मात्र आन्दोलनलाई स्थगित गर्ने अपिल गरेपछि सहायक संगठन यो निर्णयमा पुगेको छ | तामांगले सिन्कोना समस्याको जिम्मा लिंदै सरकारसंग बैठक गरिसकेपछि निस्कने निर्णयसम्म आन्दोलन स्थगित गरिदिने र अब मलाई नवान्नबाट निस्केपछि मात्र सोध्नु भन्दै आश्वस्त गराएका छन् | तिनले दु:ख प्रकट गर्दै म विधायक भएर हिल अफेयर्समा मन्त्री भइ जानेवाला थिए जुन कुरा भएको भए आज सिन्कोनाको सबै समस्या त्यहींबाट समाधान हुन्थ्यो र तपाईहरुले यसरी पेन डाउन स्ट्राइक गरिबस्न पर्थेन भने | जे भएपनि आजसम्म मलाई सिन्कोनाको स्ट्राइक बारे जानकारी थिएन तर आजदेखि म आधाकारिक रुपमा सिन्कोना समस्यासित संलग्न भएँ र अब मेरो काम यो समस्यालाई सरकारसम्म पुराउनु हो भन्दै त्यतिबेलासम्म यो स्ट्राइकलाई स्थगित गरिदियोस भनी अपिल गरे |
Watch Video News HERE

सिन्कोना बगानमा गत एक सप्ताहदेखि ग्रुप डी पदोन्नतिको माग लिएर सिन्कोनाको चारैवटा युनिटहरु रोंगो, मनसोंग, मङपु र लाठपन्चरमा सहायक संगठनले पेन डाउन स्ट्राइक संगै सिन्कोना हेडक्वाटर मङपुमा निर्देशकको कार्यलय अघि धर्ना पनि गरिरहेको छ |

Read latest post filed under cinchona, mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.