तक्दाह ब्लक लेभल युथ पार्लियामेन्ट सम्पन्न

Takdah Block level youth Parliament
आज खण्ड विकास कार्यालय रङ्गली-रङ्गलियटको आयोजनामा ब्लक लेभल युथ पार्लियामेन्ट आयोजना गरियो। डिस्ट्रिक्ट लेभलबाट आएका शिक्षक अनिल शर्मा आजको अतिथि थिए भने विभिन्न स्कुलबाट आएका राजनीति विज्ञानका शिक्षकहरूले यस कार्यक्रममा भाग लिए। आजको यस प्रतियोगितामा सबै क्षेत्रलाई लिएर गरिएको फलाफलमा क्रमैले लामाहट्टा हाई स्कुल पहिलो, सरस्वती हाई स्कुल दोस्रो, अनि सरस्वती हाई स्कुल मङ्गपु तेस्रो बने भने, बेस्ट स्पिकर सरस्वती हाई स्कुलका सोनाम तामाङ, बेस्ट प्रधानमन्त्री
 पण्डित जवाहरलाल नेहरू उच्च माध्यमिक विद्यालयकी सृष्टि छेत्री,  बेस्ट पर्लियामेन्टन पण्डित जवाहरलाल नेहरू उच्च माध्यमिक विद्यालयकै अपेक्षा प्रधान भए। आजको प्रतियोगितामा हाजिरी जवाब प्रतियोगिता नि राखिएको थियो। यस प्रतियोगितामा पहिलो लामाहट्टा हाई  स्कुल, दोस्रो जिङलाम उदय स्कुल अनि तेस्रो पण्डित जवाहरलाल नेहरू उच्च माध्यमिक विद्यालय विजयी बन्यो।
आजको यस प्रतियोगितामा विजयी प्रतियोगीहरूलाई खण्ड विकास अधिकारी सौभिक वासु, संयुक्त खण्ड विकास अधिकारी छिरिङ डोन्डेन भुटिया, पञ्चायत विकास अधिकारी जयब्रतत सरकार अनि बडीआमा केसाङ लमु शेर्पाको बाहुलीबाट वितरण गरियो अनि आजको यस प्रतियोगिताको सम्पूर्ण सञ्चालन सुवास सेवाले गरेका थिए भने प्रतियोगिताको सफल स़ञ्चालनको निम्ति सहयोग बीडब्लूओ श्रीमती रेखा राई, सीमा स्वामीले गरेका थिए।

आज खण्ड विकास कार्यालय रङ्गली-रङ्गलियटको आयोजनामा ब्लक लेभल युथ पार्लियामेन्ट आयोजना गरियो। डिस्ट्रिक्ट लेभलबाट आएका शिक्षक अनिल शर्मा आजको अतिथि थिए भने विभिन्न स्कुलबाट आएका राजनीति विज्ञानका शिक्षकहरूले यस कार्यक्रममा भाग लिए।

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.