स्वर सम्राज्ञी अरुणा लामाको ७५ औं जन्म जयन्ति औपचारिक रुपमा मङपुको शरण उधानमा निर्मित अरुणा लामाको सालिग परिसरमा पालन गरियो | गायक राजेन आलेको अध्यक्षता अनि अरुणा लामा शालिग निर्माण समिति साथै मङपु सांगीतिक कला एकाईको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मङपुका संगीत, साहित्य अनि विभिन्न विधाका मानिसहरुले भावपूर्ण श्रधान्जली अर्पण गरे | शुरुमा जेष्ठ नागरिक डीएस लोहारको बाहुलीबाट दीप प्रज्वलन गरि सम्पन्न भएको कार्यक्रममा अनित खातीले अरुणा लामाको जीवनी माथि वक्तब्य प्रस्तुत गरेका थिए भने दिलिप शर्माले अन्तमा उपस्थित सम्पूर्णलाई कृतज्ञता प्रकट गरेका थिए |
Watch Video News HERE

Post a Comment
We love to hear from you! What's on your mind?