September 23, 202504:39:33 PM
Army Red wins Royal FC Siliguri in Mungpoo Gold Cup Sei Final

रोयल एफसीलाई २ गोल गरी आर्मी रेड, झापा ११ सित फाइनल खेल्न भयो तयार

मङपु,२४ नोभेम्बर, राजेश थापा: मङपु गोल्ड कपको अन्तिम सेमिफाइनल आज आर्मी रेड बनाम रोयल एफसी सिलिगुडीमाझ खुबै जोशपूर्ण म्याचको साथ सम्पन्न भयो । क्वाटर फाइनलमा केएफसी सिलिगुडीलाई धुलो चखाउने आर्मी रेडलाई रोयल एफसी सिलिगुडीको कडा चुनौती सामना गर्न पर्यो । प्राय: बराबरीको खेल स्तर रहेको कारण पूर्वार्धको खेलमा दुवै दलले एकाधिक चोटि गोल गर्ने प्रयास गरेपनि नाकाम रह्यो । उतरार्धको खेल अझ बडी रोमान्चक बन्दै गएपछि दुवै टीमले एकार्काको गोल पोस्टमा आक्रमण गरिरहेपनि भाग्यवश: ७२ मिनटमा आर्मी रेडका जर्सी नम्बर १० लिटोनको प्रहारले एक गोल भएपछि रोयल एफसीलाई सुलाउन चर्को भयो । आफ्नो स्थान नछोडी जोशपूर्ण रहेका दर्शकलाई अझ ८७ मिनटमा आर्मी रेडकै पक्षबाट जर्सी नम्बर ७ ईशानले थप एक गोल गरेर देखाएपछि रोयल एफसी सिलिगुडीको फाइनल खेल्ने सपना आजै अन्त भयो । फलत: आउदो १ नोभेम्बरको दिन झापा ११ नेपालसित आर्मी रेडको कडा भिडन्त हुन सक्ने सम्भावनि रहेको छ । खेलमा उत्कृष्ट प्रदर्शनी दिएकोमा रोयल एफसी सिलिगुडीका खेलाडी जर्सी नम्बर ९ अमन थापालाई आजका प्रमुख आतिथि बाबु लामा नेत्र बिन्दु संघ सालुगडाको बाहुलीबाट प्रदान‌गरियो भने कार्यक्रममा गगन राई मोर्चा मङपु लाब्दा समष्टि सचिव पनि विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए ।

Watch Video News Here:


मङपु गोल्ड कपको अन्तिम सेमिफाइनल आज आर्मी रेड बनाम रोयल एफसी सिलिगुडीमाझ खुबै जोशपूर्ण म्याचको साथ सम्पन्न भयो । क्वाटर फाइनलमा केएफसी सिलिगुडीलाई धुलो चखाउने आर्मी रेडलाई रोयल एफसी सिलिगुडीको कडा चुनौती सामना गर्न पर्यो । प्राय: बराबरीको खेल स्तर

Read latest post filed under sports

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.