Not gorkha batalion but university

गोर्खा बटालियन होइन युनिभर्सिटी होस्



कमल भुजेल,शोधार्थी, मिजौराम विश्वविद्यालय।

 म कुनै रोजगार विरोधी होइन नत विकासको नै विरोधी हुँ तर पनि पहाडमा भइरहेको रोजगारको निन्दा गरेकोमा धेरै अब्गालहरु सुन्नु पर्छ। हुन त पहाडमा त्यो चेतना जागेको नै छैन जहाँ कुनै कुराको टिप्पणी गर्न अघि त्यस कुराको *सत्यापन(verification)* होस्, जाँच-पढताल होस्। जिम्मेवारी बिनै बयानबाजी गर्न मज्जा आँउछ यहाँ। यस्तै संस्कारको खेती नै छ। तर पनि यो लेख सलक्क छुट्टाएर (isolation) हेर्न भने मिल्दैन। यो लेख मेरो पुरानो लेखहरुको निरन्तरता हो। हाम्रो समाजको धेरैवटा आयामहरु छन् र त्यसको विवरण दिने क्रममा मैले एउटा खाँबा पक्रेको मात्र हुँ। र यो बाटो आफैमा सम्पूर्ण त छैन तर पनि यो दृष्टिकोणले केहि नदेखाएको, नखोदलिएको पाटाहरु खोज्ने काम गरेको छ। हुन त मेरो लेखहरुमा प्राय: तथाकथित बिकासको मोडेलहरुलाई नकारेको, निन्दा गरेको र शिक्षक नियुक्तिपनि आलोचना गरेको हुनाले, धेरैले नकारात्मक लेखहरु लेखेको पनि भन्छन्।
यसरी यी कारणहरुलाई जसले जेनुइनली(genuinely) बुझ्न चाहनु हुन्छ र साथै बहसका लागि निम्ताउनु हुन्छ तिनीहरुले मेरा केहि लेखहरु जस्तै, पाताललोकको सन्दर्भमा लेखेको लेख “पाताललोकको उपहास, नेपाली समाजले उत्तर कसरी दिने?”, “पहाडको शिक्षा विषयका लेखहरु”, “के बिनय-अनितमात्र दोषी हुन्?”, पहाडको बिकास माथिका लेखहरु निहालिदियोस् जुन अनलाईन प्राप्त छन्। बहसमा आउनुपर्छ तर व्यवस्थित  हुनुपर्छ। जित्नुको लागि मात्र होइन तर कुन कुरा सही छ त्यसको आधारमा हुनुपर्छ। लेडे-ढिप्पीको संस्कार परिवर्तन गर्नु पर्छ। यसरी हालै दिदीले तिनवटा बटालियन बनाउने घोषणा गर्दा गोर्खा जाति पनि त्यहाँ परेकोमा पहाडबाट बिनयले धन्यवाद दिएको विडियो सार्वजनिक भयो। बिनयले “गोर्खा बटालियनको” *स्वागत* गरे। हुन पनि एकहजारले रोजगार पाउने सपना छर्लङ्ग देखाइदिएका छन्। यही सन्दर्भमा केहि विकल्पहरु राख्न सकिन्छ। म व्यक्तिगतरुपमा नत बिनयको विरोधी हुँ नत अनितको नै। नत ज़ीम्बाको नत राजुको नत बिमलको नै। यिनीहरुले नै भनिराखेका छन्, राजनीतिमा नत कसैको शत्रु हुन्छ नत कसैको मित्र। तर पनि पहाडमा *राजनैतिक आलोचना गर्ने जमातको खडेरी* नै छ। आलोचना गर्दा विरोधीको धब्बा लाग्छ तर आलोचना गर्नु भनेको विरोध गर्नु होइन। यसरी पहाडे राजनीतिले धेरैवटा संस्कारहरु सिक्नु नै पर्छ।मैले गोर्खा बटालियनको प्रस्तावको विकल्पमा *युनिभर्सिटीलाई प्राथमिकता* दिनु पर्छ भन्नुको पछि धेरैवटा कारणहरु छन्।
प्रथमत: डङ्क पिटेर पनि भन्दा हुन्छ
*“गोर्खाल्याण्ड हुँदैन” मतलब “अहिले गोर्खाल्याण्ड हुँदैन” भइहाल्दैन।* र यसको एउटामात्र कारण *“नेताहरुले निम्तो भने विवाहको नै बाडे त्यो पनि ढोल पिटेर तर तयारी भने चोर-को-सोर टार्ने रीत बुजाउने सम्म पनि गरेन।”* बुझ्नेलाई यति नै काफि छ। अब यथार्थको राजनीति गर्नेहरु “नयाँ सोँच, नयाँ विचार” -हरुको अडान,
गोर्खाल्याण्ड हुँदैन भने विकास गरौँ। ठीकै हो यो पनि तर *पद्धतिमा* भने बेमेल छ।
वीर भनेर चिनिने गोर्खाहरुले *अझै कति वीर भनेर प्रमाण दिबस्नु पर्ने?* 86-को आन्दोलन देखि हार्दै-हार्दै आएको त सबैको आँखाले देखिरहेका छन् त?  पुगेन र? *अझै वीर नै हो भनेर ढोल पिटिरहनु पर्ने?* गोर्खाबटालियन बनाउनु पछि एउटा औचित्य हुन्छ तर त्यो औचित्य नबुझी रोजगार पाउछ भनेर रमाउनु गलत हो। म रोजगारको विरोधी पटक्कै होइन तर एउटा रोजगार भएर दश जना बेरोजगार जन्मिन्छ भने म त्यस रोजगारको निन्दा गर्छु। यसरी पहाडमा हुने रोजगारले एकजना रोजगार भएर *दश, सय जना बेरोजगार उमार्ने* काम गरिराखेको छ,
त्यो पनि पुस्ता-पुस्तासम्मको लागि। शिक्षक नियुक्तिमा पनि मेरो त्यही अडान थियो, *हाम्रो मान्छेले काम पाउनु पर्छ तर योग्यले पाउनु पर्छ।* जसमा कि एकजनाले सयजना अझ रोजगार जनमाउन सकोस् तर यस्तो भइरहेको छैन। म व्यक्तिलाई दोषाएको होइन तर यस्ता *प्रथाको निन्दा गरेको हुँ।*दार्जीलिङको लागि “ग्रीनफील्ड बादमा दार्जीलिङ हिल युनिभर्सिटी” दिदीले पारित गरिदिएका हुन्। तिनले चाहेकै भए यस सत्र 2020 देखी सुरु गर्न पनि सकिन्थ्यो। तर भएन। यो युनिभर्सिटी पारित भइसकेको कुरा हो। यसको निम्ति राशिको आवंटण पनि गरिसकेको हो। तक्दाहको इञ्जिनियरिङ कलेजबाट वा दार्जीलिङ सरकारी महाविद्यालयबाट पनि केहि विषयमा कक्षा सुरु गर्न सकिन्थ्यो। दार्जीलिङ हिल युनिभर्सिटीको अधीनमा जि०टि०ए० क्षेत्रको कलेजहरु ल्याउने अफिसियल काम, सिलेबस कमिटीहरु गठन गर्ने कामहरु सुरु गर्न सकिन्थ्यो। यो युनिभर्सिटीको निर्माण कै कार्य पनि शुरु गर्न सकिन्थ्यो। तर भएन। कोविडको प्रकोप भए पनि धेरै अरु कामहरु गरि नै राखेका छन्। निर्माणको काम  होस् वा सांगठानिक काम, गर्नु पर्ने ठाँउमा गरिराखे कै छन्। युनिभर्सिटीको काम शुरु भयो भने *1000 मात्र होइन* यो भन्दा बेसी रोजगार हुन्छन्। र यो *रोजगार शिक्षाको* क्षेत्रमा हुनेछ र हाम्रो जातिले शिक्षित हुने मौका राम्रो पाउछ। उच्च-शिक्षाको बाटो अलि सजिलो हुन्छ।गोर्खाको विकास *गोर्खा बटालियनले* जति हुन्छ त्यो भन्दा बेसी क्षति हाम्रो समाजले बेहेर्नु पर्छ। त्यसै त हाम्रो जाति सिपाहीमा जाने लत लागेकोले
शिक्षाको क्षेत्रमा धेरै नै पछाडिएका छन्। अब गोर्खा जाति वीर मात्र होइन *बौद्धिकताको संघारमा* पनि ऊँभिएर खरो उत्रिनु पर्छ। त्यसैले *यो 21-को चुनाव भन्दा पहिले गोर्खा बटालियनको साटो युनिभर्सिटी बनियोस्।*

युनिभर्सिटी नै किन?

यसपाली 12 (H.S.) पास गरेर धेरैले कलेजमा सीट नै पाएनन्। धेरैले महङ्गो कलेजमा  पढ्न नै सक्दैनन्। सीट किन पाएनन् त? जि०टि०ए० चेयरम्यान श्री अनित थापाको थलो  “खरसाङ”-मा *कतिवटा कलेज छ?* एउटा अधकल्चो “खर्साङ महाविद्यलय” जसमा विज्ञानको  विभाग त नामको मात्र छ। *हाम्रा विधायक श्री रोहित शर्मा यसै कलेजका  प्राध्यपक।* के विकास देखियो यस क्षेत्रमा? अर्को कलेजको नाममा डिप्लोमा मात्र  गराउन सक्ने “दार्जीलिङ पोलिटेक्निक”। यस्ता अधकल्चो कलेजले कति विद्यार्थी पो समेट्नु सक्छ र? मिरिकमा पनि त्यहि हालत छ,एउटा महकुमा एउटा डिग्री कलेजको  भरमा जहाँ साधरण विज्ञानको विषय पनि छैन, कालेबुङ-दार्जीलिङ सदर, जिल्ला  हेसक्वाटर भए बापत पनि कलेज कतिवटा छ? र 12 पास गरेर आउने विद्यार्थीहरुको संख्या कति छन्? कुनै पनि अनुपातमा  मिल्दैन। जगह-जगहमा डिग्री कलेजहरु खोलिएका छन् तर अवस्था गम्भीर छन्। कलेज छ  र? भनेर सोद्धा, यस(yes) छ त! भनेर उत्तर दिनुको लागि मात्र।

अब प्रश्न, के यी सबैको दोषी अनित-बिनय मात्र हुन्?  त्यसो होइन। कलेजहरुको  हालत यहाँसम्म पुग्नुमा धेरैको हात छ। तर अहिले सत्तामा यिनीहरु छन्, यिनीहरुले नै “नयाँ-सोँच, नयाँ-विचार” को नारामा राजनैतिक संस्कार बदल्ने बखानहरु दिरहेका छन्। यसैले यिनीहरुको बुनियादी दायित्व नै हुन् यी कुराहरु सुधार्नु। पोख्रेलले निकै गहकिलो कुरा नै राखेका हुन् शिक्षा माथि।यसरी युनिभर्सिटी *प्रायोरिटी लिस्टमा* हुनुपर्छ। राज्यले दिसकेको कुराको लागि पनि आन्दोलन गरिरहनु अति नै हेल्चेक्राइ हुन्छ। हुन त *बिमल इमान्दार भएकै* भए यो *जि०टि०ए० एक्टमा* भएको कुरा थियो, धेरै अघि नै बनिसक्नु पर्ने थियो। अफसोस् त धेरै कुराहरुमा छ, तर गुनासो पोखेर केहि फाइदा छैन तर युनिभर्सिटी भनेको भइहाल्ने कुरा हो। फत्ते गरिहालेको राम्रो हो।
राज्यले गोर्खाल्याण्ड दिनुसक्ने होइन, दिनुसक्ने कुरा भनेको यस्तै कुराहरु हुन्। तसर्थ  युनिभर्सिटी *फल्ने घर तरुल* मात्र होइन फलिसकेको *घर-तरुल* हो, खनिहाल्नु पर्छ। नत्र कुहेर जान्छ। सो यसको निर्माणको लागि पहाडको सबै शिक्षित जमातले एक भएर चाप दिनु पर्छ। गोर्खा *“सिपाही मात्र होइन”* भनेर परिचय दिनु
पर्छ भन्ने रट त्यागेर शिक्षाको शिखरमा पनि गोर्खाले झण्डा फर्फराएको हुनुपर्छ।

म कुनै रोजगार विरोधी होइन नत विकासको नै विरोधी हुँ तर पनि पहाडमा भइरहेको रोजगारको निन्दा गरेकोमा धेरै अब्गालहरु सुन्नु पर्छ। हुन त पहाडमा त्यो चेतना

Read latest post filed under blog article

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.