मंग्पू १८ अप्रेल,केशर मोक्तान : १५ औं बंगाल विधानको प्रथम चरणको मतदान यस क्षेत्रको १६ वटा मतदान केन्द्रहरुमा शान्तिपूर्वक सम्पन्न भयो | खरसाङ विधान सभा क्षेत्रको तक्दाह खण्ड अन्तर्गत पर्ने मंग्पूको तीनवटा रेशेप,लाब्दा र रोङचोङ ग्राम पंचायतको १६ वटा मतदान केन्द्रहरुमा मोठ १२,११४ मतदाताहरुको संख्या थियो भने यस क्षेत्रबाट ८० प्रतिशत मतदान भएको जानकारी छ | उक्त मतदान केन्द्रहरुमा शान्तिपूर्वक ढंगमा मतदान गराउन चार देखि पाँच जना केन्द्रिय सुरक्षा बल एवं बंगाल पुलिसका जवानहरु तैनाथ गरिएको थियो | आज बिहान ७ बजे देखि नै यहाँको १६ वटा मतदान केन्द्रहरुमा मतदाताहरुको भीड देखियो जो बेलुकी ५ बजे समाप्त भयो | सबै मतदान केन्द्रहरुमा मतदाताहरु एकदमै उत्सुकताको साथ ताँती लागेको देखियो | बिहान घाम लागेरो रमाइलो दिन भए तापनि मध्यान्न पछि भने मुसल धारे पानी झरीमा छाता ओडेर पनि भीडको साथमा मत खसाल्न आएको पाइयो | गत वर्षको तुलनामा यस वर्ष यस क्षेत्रबाट अधिकतम मत खसालेको थाहा लागेको छ | मंग्पू देखि छिमेकी राज्य सिक्किम लगायत अन्य ठाउँहरुमा काम गर्न गएका स्थानीय बासिन्दाहरु पनि आफ्नो बहुमुल्य मत खसाल्न घर आएको थियो भने मतदान अवधि भरि कहीँ कतै अप्रिय घटना नघटेको पुलिस सुत्रबाट थाहा लागेको छ |
मंग्पूको १६ वटा मतदान केन्द्रहरुमा ८० प्रतिशत मतदान
18Apr2011
Post a Comment