Articles by "places in mungpoo"

Showing posts with label places in mungpoo. Show all posts

Flowering of Chrysanthemum at Tropical Nursery
मङपु घुम्न आएका पर्यटकहरुलाई अहिलेसम्म यहाँको सरकारी कुइलैन कारखाना, रबिन्द्र संग्राहलय, जोगीघाट, विभिन्न भिउ पोइन्टहरु हुँदै नगई नहुने स्थान असंख्य प्रजातिको अर्किड पाइने सिम्बिडीयम अर्किड पार्क थियो भने हालमा ट्रपिकल नर्सरी पनि अर्को मुख्य पर्यटन स्थल बन्दै गइरहेको पाइएको छ | मङपु विभाग अनि लाब्दा विभागको माझमा पर्ने यस नर्सरी मङपु कुवा पानीदेखि तेर्सो प्राय: २ किमी जतिको दुरी पार गरेपछि भेटिने यस नर्सरी बजारे हल्लाहरुदेखि टाडा शान्त अनि प्राकृतिक सौन्दर्यले पूर्ण स्थानमा अवस्थित छ | नर्सरी भित्र अनि यसको परिसरमा ट्रपिकल रिजनमा हुने फल, फूल साथै औषधिमुलक फल फुलहरुले भरिएको छ | हालैमा सिजनको गोदावरी फूल ढकमक फुलेकोले नर्सरीभित्रको वातावरणले जोकसैको मनलाई पनि मोहनी लगाइदिन्छ | यहाँ गोदावरीका हाइब्रिड कासागाण्डा, पमपम, स्पाइडर अनि थुप्रै प्रजाति अनि रंगहरुमा फुलेको फुलले हरेक दिन नयाँ पर्यटकहरुको स्वागत गरिरहेको पाइएको छ | यसको साथै गरम स्थानमा हुने बहुमुल्य प्रजातिको अर्किडहरु जस्तै क्याटलिया, फेलेन्प्सीस, डेन्ड्रबियम अनि भेण्डाले ढकमक फुलेको कारण दिनप्रतिदिन स्थानीय अनि मङपु बाहिरका फुल मनपर्ने पर्यटकहरु आउने गर्छन् | सिन्कोना निर्देशालय अधिनस्थ यस नर्सरीले यस क्षेत्रमा सिन्कोनाको खेति संगै औषधिमुलक पौधा अनि फूल खेतिको लहरमा आफ्नो स्थान अघिल्लो पंक्तिमा राख्न सफल बन्दै गइरहेको छ | यहाँ अन्य खेतिहरुमा गोल्डन पाइन, हाइब्रिड एजेल्लिया, एन्थोरियम, रातो अनि सेतो जामुन, फाल्चा, कफी, पिप्ला, ओलिभ, सर्पगन्ध, किवीहरु पनि बडाउदै लागिएको जानकारी नर्सरी प्रभारी सुदिप थापाबाट प्राप्त भएको छ |   
पुर्व सिन्कोना निर्देशक डा० जीसी सुब्बा द्वारा अर्द्ध निर्मित यस नर्सरीलाई बर्तमान निर्देशक डा० सामुयल राईले निरन्तरता दिएपछि अझ नर्सरी अनि खेतिको बढोत्तरी भएर गएको छ | २०१२ सालको दिसम्बर महिनादेखि शुरु भएको यस नर्सरीले थोरै समयमा धेरै उपलब्धि कमाउन सफल भएको छ भने अब शुरु भइरहेको शीतकालीन पर्यटन सिजन अनि पिकनिकको सिजनमा अझ धेरै पर्यटकहरु आउन सक्ने अनुमान प्रभारी थापाको छ | सुन्दर शान्त अनि प्राकृतिक सौन्दर्यपूर्ण डांडाकाँडाको फेदमा अवस्थित यस नर्सरी परिसरमा नर्सरीको फूलहरुको दर्शन संगै ड्राई पिकनिक खान सकिने प्रसस्त मनोहर स्थानहरु रहेको छ भने आगमी दिनहरुमा पर्यटकहरु अझ बढेर जाने प्रबल सम्भावना रहेकोले सिन्कोना निर्देशालयले नर्सरीको सुरक्षाको निम्ति फेन्सीङ, पर्यटकहरुको निम्ति गेस्ट हाउस, दुई चारवटा थप पोली हाउस अनि वरिपरिका थुम्के डाँडाहरुमा ससाना भिउपोइन्टहरु निर्माण गरिदिएमा पर्यटकको सुविधा संगै नर्सरीले सिन्कोनालाई केही हदसम्म आय: श्रोत दिन सक्ने प्रभारी सुदिप थापाले बताएका छन् | यसरी मङपु क्षेत्रमा पनि सिन्कोनाको खेति संगै केही वर्षहरुदेखि यस्ता बहुमुल्य फुल नर्सरीहरु निर्माण गरिएकोले पर्यटकहरु सोद्दै खोज्दै आउने गरेको पाइएको छ भने सिन्कोना संगै विभागले पर्यटन क्षेत्रलाई पनि प्रमुखता दिएर सुव्यवस्थित गेस्ट हाउसहरु निर्माण गर्दै लागे सिन्कोनामा थप आय: श्रोत बढेर जाने स्पष्ट देखिएको छ भने पर्यटकहरुको सुविधाको निम्ति विभिन्न स्थानहरुमा मङपु सिन्कोना बगानभित्र अवस्थित नर्सरी अनि घुम्न लायकका स्थानहरुको मानचित्र पनि तयार गरेर टाँस्न आवश्यक देखिएको छ || 

Tropical Nursery Mungpoo
मङपु क्षेत्रमा नयाँ पर्यटन स्थलहरु बढ्ने क्रममा सिमबिडियम अर्किड पार्कपछि हालमा ट्रपिकल नर्सरी (Tropical Nursery Mungpoo) ले पर्यटनको क्षेत्रमा निक्कै गति पक्रिरहेको छ | सिन्कोना डाइरेक्टर हेड अन्तर्गत त्यसताकको निर्देशक डा० जीसी सुब्बाले नर्सरी निर्माण गर्न नपाई अवकाश लिएपछि लाब्दा अनि मङपु विभागको सिमानामा अवस्थित ट्रपिकल नर्सरीलाई बर्तमान निर्देशक डा० सामुयल राई आएपछि तीनवटा ठुला ठुला ग्रीन हाउस निर्माण गरेपछि नर्सरीले गति पक्रिन थालेको छ | निर्देशक सामुयल राई कडा स्वभावको भएपनि उनी मङपु आएदेखि यता आफु राजनैतिक दलहरुदेखि निष्पक्ष रहेर केवल बगान माथि समर्पित हुँदै बगानको कतिपय विकृतिहरुलाई सुधार्ने कार्यहरु गरेको सबैको नजरमा छ | उनकै पालोदेखि सिन्कोनामा विभिन्न विभागका दलनायकहरुलाई लिएर बगानको योजनाहरु माथि अर्द्धवार्षिक कार्यशाला हुन थालेको छ जसले गर्दा बगानको कार्य संस्कारमा सुधार आउन थालेको छ अर्थात बगानका दलनायकहरुले छ महिना भित्रमा तोकिएको योजनाको लक्ष्य पुरा गर्नु पर्ने हुन्छ, जसले बगानको उत्पादनमा निसन्देश बढोत्तरी हुनेछ | यसको साथै सिन्कोना क्षेत्रको सुन्दरीकरण, सिन्कोना संगै अन्य आय श्रोतमुलक खेति अनि पशु – पक्षी पालन आदि उनको उल्लेखनीय कार्य बिशेषताहरु हुन् |  

३ दिसम्बर २०१२ देखि स्थानीय फुलहरु लिएर शुरु गरिएको नर्सरीमा बिस्तारै निर्देशक राईको मार्गनिर्देश पाएपछि गरम मौसममा हुने फूलहरुलाई बृहत रुपमा खेती गरेर प्राय: २०१४ देखि चर्चाको बिषय बनेको छ | नर्सरीले गत वर्ष सिन्कोनाको १४ वटा विभागका दलनायकहरुलाई लिएर राखिएको चौथो कार्यशालामा पनि धेरै स्याबासी पाएका थिए भने यस वर्षको पाँचौं कार्यशालामा पनि प्रसंसा पत्र पाउन सक्षम भएको छ | नर्सरीको प्रगतिमा नर्सरी प्रभारी सुदिप थापाको पनि उत्तिकै योगदान रहेको छ | बिहान आठ बजेदेखि नर्सरीको सेवामा लागेपछि रातिको ९ बजेसम्म पनि नर्सरीमै रहेर मेहनत गरेको फल नै आज सबैसामु उजागर भएको छ | प्रभारी थापासित जान्न चाहँदा यहाँ चाहिएको समयमा सबै समान अनि सहयोगहरु निर्देशकले आफ्नो विभागबाट उपलब्ध गराइदिएको हुनाले नै आज यतिको हुन सकेको बताउँछन् | ट्रपिकल नर्सरीमा अर्किडको गरम ठाउँमा हुने प्रजातिहरु क्याटलिया, फेरेनोप्सिस, भेण्डा, डेन्ड्रोबियम साथै एन्थोरियम, हाइब्रीड एजेलिया, गोल्डन पाइन संगै विभिन्न प्रजातिका धुप्पीहरु,गोदावरीमा कासागान्डा, पमपम, ड्रेगन फ्रुट साथै फलफुलहरुमा जामुन, मौसमी, अम्बक, आँप, कटहरहरु, निम्बु, केरा, अलैंची, पिपला, अंगुर, दारिम, कुसुम, पाम, लिची आदि बिशेष रुपले खेति गरिन्छ भने यो संगै औषधिमुलक पौधाहरुमा राहुलफिया(सर्पगन्ध), कुइनाइन, इपिकेक, अगर, अर्जुन, हर्दी, अदुवा आदिको पनि खेति गरिन्छ | हालमा यस्ता फल, फुलहरु संगै अर्कोतिर फार्मको कुखुरा, टर्की, गाई अनि माछा पालन पनि शुरु गरिएको छ | यसरी यस नर्सरीले चर्चा कमाउन थालेपछि हाल पर्यटकहरु बाटो सोद्धै नर्सरीसम्म आउने गरेको पाइएको छ | मङपुदेखि सिलिगुडी जाने सडकको कुवा पानीदेखि प्राय: २ किमी भित्र पसेपछि भेटिने ट्रपिकल नर्सरीमा बाटोको पनि राम्रो सुविधा रहेको छ |

पहिले मङपु भन्नसाथ रविन्द्र संग्राहलय हेर्न आउने पर्यटकहरुलाई केहीवर्षदेखि सिन्कोनाको आफ्नै नर्सरीहरुले पनि बिशेष आकर्षण दिन थालेको छ भने सिम्बिडियम अर्किड पार्कमा धेरै पर्यटकहरु आएको समय बस्ने सुविधा कम्ति भएर अर्को लजतिर गएको पनि त्यहाँका कर्मीहरुले बताएको छ | यसरी सिन्कोना बगानमा सिन्कोनाको खेति संगै पर्यटन क्षेत्रले पनि राम्रो आय आर्जन गर्न सक्ने बुझिएकोले यस सम्बन्धि विभागले पनि पर्यटकहरुको असुविधालाई विचारेर आवश्यक लजहरुको निर्माण, नयाँ पर्यटन योजनाहरु, जोगीघाट रियाङटारमा पुस्तौंदेखि बन्जर बनेर बसेको स्थानमा चिल्ड्रेन पार्क संगै मङपुमा पाइने अनि उत्पादन गर्न सकिने औषधिमुलक पौधाहरुको प्रदर्शनी केन्द्रको निर्माण गर्न सके साथै मङपु भित्रको पर्यटन स्थलहरुको मानचित्रहरु बनाएर विभिन्न स्थानहरुमा टाँस्ने काम गर्न सकेमा यसले अझ पर्यटन सम्बन्धि व्यवसायमा थप टेवा पुग्नको साथै सिन्कोना बगानमा यसले थप आय आर्जनको श्रोत बडाएर लान सक्ने प्रबल सम्भावना देखिएको छ ||

tourists in Mungpoo Cymbidium Orchid Park
सिन्कोना बिभाग द्वारा शुरु गरिएको मङपु सिम्बिडियम अर्किड पार्क (Mungpoo Cymbidium Orchid Park )मा दुई बर्ष नबित्दै पर्यटकहरुको भीड जम्न थालेको छ | सिन्कोना बगानका भूतपूर्व निर्देशक डाक्टर जी.सी सुब्बाको प्रयासमा १३ अप्रेल २०१३ सालमा उद्घाटन गरिएको मङपु अर्किड पार्कमा हालमा १५० भन्दा अधिक प्रकारको अर्किड रहेको छ | अहिले घरि अर्किड फुल्ने समय रहेको कारण यस अर्किड हाउसमा फुलेको अर्किड हेर्न देश विदेशबाट पर्यटकहरुको भारी मात्रमा आगमन हुन् थालेको छ | सिन्कोना बगान श्रमिक कर्मचारी एव अर्किड हाउसको फुलमाली सतीस राई,पुष्कर सिंगर,रबि राई लगायत अन्य १५ जना श्रमिकको देखरेखमा सम्पन्न भईरहेको उक्त अर्किड हाउसमा हालमा अर्किड संग संगै विभिन्न प्रकारको फुलहरु पनि लगाएको छ | मङपु अर्किड पार्कमा फुलेको एम सीरिसको अर्किड फुलको प्रति स्टीक एक सय रुपिया गरेर छिमेकी राज्य सिक्किममा बिक्री भईरहेको कुरो यहाँका मालीहरु बताउछन भने उक्त फुल बिक्रीको रकम सोझै सिन्कोना बिभागलाई नै गईरहेको थाहा लागेको छ | यस अर्किड पार्कमा फुलेको फुल बिगत बर्षहरुमा कोलकत्ताको पुष्प प्रदर्शनीमा प्रदर्शन गर्न लैजाँदा एक पर्यटकले यहाको अर्किड फुलेको देखेर आँखाभरि आशु झारेर तीन छक्क परेको कुरो पनि बताउछन यहाँका फुल मालीहरु | विभागीय तौरमा यस अर्किड हाउसमा ३० प्रकारको अर्किड मात्र  भित्रन पाए पनि यहाँका मालीहरु पुस्कर सिंगर, रबि राई अनि सतीस राईको प्रयासमा १५० भन्दा अधिक प्रकारको अर्किडहरु रहेको थाहा लागेको छ | यस अर्किड घरमा सिँगापुर, अस्ट्रेलिया, भुटान सिक्किम, कालेबुङ,दार्जीलिङ,मिरिक आदि क्षेत्रहरुबाट पनि एम सिरिजको अर्किडहरु ल्याइएको छ भने अर्किड फुलसंगै बिभिन्न प्रकारको फुलहरु,सब्जीहरु आदि पनि लगाइएको  छ | यही पार्कबाट पर्यटकहरुले यहाँबाट कन्चनजंगा साथै  विभिन्न ठाउँको मनोरम दृश्यको अवलोकन पनि गर्न सक्नेछन | यसरी यस ठाउँमा पर्यटकको निम्ति माछा पालन अनि सेतो खरायो पालन पनि गरिएको छ | हालमा यहाको अर्किड साथै मनोरम दृश्यको अवलोकन गर्न सिँगापुर् बंगलादेश,फ्रान्स,जापन,स्विजरल्याण्ड साथै देश भित्रकै बिभिन्न ठाउँबाट भारी मात्रामा पर्यटकहरु आउने गरेको थाहा लागेको छ | यस अर्किड हाउसमा प्रवेश गर्नको निम्ति एकजना पर्यटकलाई प्रति २५ रुपिया अनि बिधार्थीवर्गलाई १० रुपियाँ लिइरहेको अनि उनीहरुलाई भित्र प्रवेश गरेपछि एक कप दार्जीलिंङ चिया अथवा कफी निशुल्क रुपमा बितवारण गरिएको जानकारी यहाँकै श्रमिकले दिएका छन | यसै संग्रह गरेको कोषबाट नै क्षेत्र वरिपरिको साफसफाई साथै मर्मती गरिरहेको थाहा लागेको छ | पहिले यस अर्किड हाउस निर्माणको निम्ति कोषहरु आउने गरेता पनि हालमा भने कोषहरु नआएको कारण उक्त अर्किड पार्कको अवस्था दिनप्रतिदिन सोचनीय बन्दै गईरहेको छ फलत बिगत बर्षको चैत महीनाको हुरीले भत्काएको अर्किड हाउस अहिले सम्म मर्मत गर्न नसकिएकोमा दुख प्रकट गर्छन् यहाका मालीहरु | रबीन्द्र संग्राहलय पछि यस अर्किड हाउस  पनि मङपुको एक पर्यटन स्थल रहेको हुनाले यसलाई संरक्षण गर्न सिन्कोना बिभाग संगै,संघसंस्था  साथै बिभिन्न पार्टीका राजनैतिक नेतागण अघि आउने समय आएको छ | यस अर्किड हाउसलाई  समयमा मर्मत नगरे दिनदिनै यसको अस्तित्व लोप हुदै जाने छाट सम्म देखा परेको छ | उक्त बिषयमा सिन्कोना बगान निर्देशक डा.सामुएल राईसित जान्न चहादा उनले यस अर्किड पार्कलाई अझ  बृहत रुपमा बडाएर लैजाने योजना रहेको बताउदै  चाड़ै नै बिभागीय तौरमा मर्मत गर्ने कुरो जनाए | यसरी हालमा मङपु अर्किड पार्कमा  दिनमा १२५ जना सम्म पर्यटकहरु आउने गरेको बगान निर्देशकले बताउदै अर्किड  हेर्ने पर्यटकहरुको संख्या दिन प्रतिदिन वृद्धि भएकोले अर्किड हाउसमा फुलेको  अर्किडहरु केवल आधा  मात्र काटेर बिक्रीको निम्ति लागिएको कुरो जनाउदै यस फुल बिक्रीको रेभेन्यु सिन्कोना विभागमा नै बस्ने कुरो जनाए | स्थानीय अर्किड उमार्ने व्यक्तिहरुलाई प्रोत्साहन दिनको निम्ति पनि बिभिन्न प्रकारको अर्किडहरु यस अर्किड हाउसमा फुलाउने  गरेको बगान निर्देशक डा.सामुएल राईले जनाए |

मंग्पू|केशर मोक्तान: पश्चिम बङ्गाल सरकारका पर्यटन विभाग साथै हर्टिकल्चर एवं खाद्य प्रकरण विभागको संयुक्त तत्वधानमा मंग्पूलाई पनि पर्यटनको मानचित्रभित्र गाभ्ने योजना शुरु भएको छ | कालेबुंग डाइबेटिक सेन्टरका प्रभारी महादेव छेत्रीको नेतृत्वमा कोलकाताबाट आएका टोलीले मंग्पू कै विभिन्न क्षेत्रहरुको  परिभ्रमण गरी मंग्पूलाई पनि विश्वको पर्यटन मानचित्र भित्र पहिचान गराउन वृतचित्रको छायांकन शुरु गरिएको छ | यस विषयमा सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बाले मंग्पू अनि कालेबुंगमा उत्पादित विभिन्न प्रजातिका अर्किडहरु विश्व बजारमा पहिचान गराउन साथै मंग्पूमा भर्खरै शुरु गरिएको फूल खेतीलाई पनि माथिल्लो तहसम्म पुराउन पर्यटन उद्योगलाई लिएर सरकारको प्रयास रहेको उनले बताए |
कोलकाताबाट आएका छायांकन टोलीले मंग्पू कुइलेन कारखाना, रविन्द्रनाथ संग्राहलय, सिन्कोना बगान, रम्बी खोला लगायत मंग्पू फूल नर्सरी सम्म वृतचित्रको छायांकन गरिसकेको बताए | यस्तै गरी कालेबुंग महकुमा अन्तर्गत मन्सोंग सिन्कोना बगान, कालेबुंग दुर्बिन गुम्बा, मोर्गन हाउस, कालेबुंग शहर लगायत अन्य क्षेत्रहरुको पनि छायांकन गरिसकेको निर्देशक सुब्बाले बताए | विभागीय मन्त्री उज्ज्वल विश्वासलाई हामीले यस विषयमा अव्गात गराएको फलस्वरूप सोही आधारमा पनि यस कार्य सफल भएको डा० सुब्बाले जनाए | मंग्पू अनि कालेबुंगलाई पनि टुरिजममा गाभ्ने सरकार पक्षबाट प्रयासरत रहेको निर्देशकले अझ बताएका छन् |

From Darjeeling you can hire car or bus to go Mungpoo. The nearest airport is Bagdogra near Siliguri, which is at a distance of 93 km from Mungpoo-Darjeeling. The taxi fare from the airport to Mungpoo is about Rs 1200. This airport is connected to Kolkata, Delhi and Guwahati. International travelers can get connecting flights from Kolkata or Delhi. Both are well connected with many cities in India and abroad.


This place is a nice place for day spending at your Darjeeling tour; thus visit this place and experience the dwelling house of Tagore with the smell of literature history and Cinchona .
Transportation: Regular Trasportation services connect Mungpoo with  Siliguri, Darjeeling and Kalimpong are well connected by private vehicles.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.