MUNGPOO(मंग्पू )६,जुन,केशर मोक्तान : १९६० सालमा निर्माण गरिएको लाब्दा विभागको पुरानो दोङा छोइलिङ सार्वजनिक बौद्ध गुम्बाको अवस्था जीर्ण भएपछि त्यसै गुम्बालाई नव निर्माण गर्ने कार्य चलिरहेको छ |यसै परिपेक्षमा आज नव निर्मित गुम्बाको शीर गजुर अनवारण धर्म गुरुरिम्पोछे कर्मवाङचुक (गुरुदेव ) अनि साङगेलोडो( रिम्पोछे) बाट गरियो | गुम्बाको गजुर अनावरण पछि दुई रिम्पोछेको बाहुलीबाट अभिषेक वितरण गरियो |आज गुम्बाको दर्शन गर्न एवम रिम्पोछेको अभिषेक ग्रहण गर्न सिक्किम ,भुटान ,दार्जीलिंग , कालेबुङ ,खरसाङ ,मिरिक ,सिलिगुडी ,डुवर्स ,मंग्पू लगायत अन्य ठाउँबाट ५ हजार भन्दा अधिक भक्तजनहरु उपस्थित रहेका थिए |यस धार्मिक अनुष्ठानमा गुम्बा निर्माण सबै श्रद्धालु भक्तजनमा गुम्बा निर्माणार्थ सहयोग पुराए बापत हार्दिक आभार प्रकट गरेका छन् | गत दुई जून देखि गुम्बामा स्थानीय धर्म गुरु द्वारा शुरु गरिएको बुम पाठ आज आएर अभिषेक संगै समाप्त गरिएको छ | यसरी गत ३ अनि ५ जून को दिन गुम्बामा १०८ बत्ती बाली मंग्पू मानव उत्थान सेवा समिति अनि मंग्पू साई संगठन द्वारा पनि भजन किर्तन गरियो | यस धार्मिक अनुष्ठानमा रिम्पोछेबाट आशिर्वाद एवम अभिषेक थाप्न सिक्किमबाट यसै गुम्बाका संरक्षक छेवाङ ग्याछो ,दार्जीलिंगबाट भरत दोङ ,एन० लामा ,गोजमुमो अध्यक्षा आशा गुरुङ ,गोजमुमो केन्द्रिय समितिका संगठनिक सचिव रतन थापा लगायत अन्य विशिष्ट ब्याक्तिहरु उपस्थित रहेका थिए | गुम्बाको कार्य अझै अधुरो नै रहेकोले गुम्बा निर्माण समितिले सबै जिन्दा एवम भक्तजणहरुलाई गुम्बा निर्माणार्थ यथाशक्ति सहयोग गरिदिने अपील गुम्बाका सभापति सिटू मोक्तानले गरेका छन् |
Post a Comment