मैले पानी र दूध बिक्री गरेर जीवन चलाए तर गोर्खाल्याण्ड बिक्री गरिन - छत्रे सुब्बा

कालेबुङ १० सितम्बर ; डी के वाइबा ।
गोरामुमो सुप्रिमो सुवास घिसिङमाथि भएको प्राणघातक हमलाकाण्डको मुख्य आरोपी छत्रे सुब्बाको आरोप सिद्ध भएन । लकभग ११ बर्षसम्म अभियुक्तको आधारमा जेलमा बन्द अवस्थामा रहेका सुब्बा जलपाईगडी अदालतले निर्दोस रहेको घोषणा गर्दै मुक्त गरिदिए पछि शुक्रबार राती नै कालेबुङ आफ्नो घरमा आईपुगे । शुक्रबार राती कालेबुङ आईपुगेका सुब्बाले आज पत्रकारहरुसंग कुराकानी गरे ।
 पत्रकारहरु संगको कुराकानी अवधी सुब्बाले आफु निर्दोष भएर पनि जेलमा राख्नु बंगाल सरकारको षड्यन्त्र रहेको बताए । सुब्बाले मर्डर केसमा समेत ३ महीनामा जमानत हुने कानुन रहेता पनि आफूलाई बिनाकारण जेलमा राखेकोमा आश्चर्य प्रकट गर्दै के बेग्ला बेग्लै मान्छेलाई बेग्ला बेग्लै कानुन लागु हुन्छ भन्ने प्रश्न गरे । सुवास घिसिङ हमलाकाण्डलाई आधार गरेर आफुलाई पक्राऊ गरेर
 बंगाल सरकारले षड्यन्त्र रहेको पनि तिनले थपे । सरकारलाई घिसिङ हमलाकाण्डबारे जानकारी भएर पनि आफूलाई पक्राऊ गरेर ईमान्दार मान्छेहरुलाई दबाएर राख्ने कुट्नैतिक चाल रचेको पनि तिनले दाबी गरे । अर्कोतिर आफू छुट्टै राज्य गोर्खाल्याण्टको मुद्दाप्रति इमान्दार रहेको बताउँदै आफूले मुद्दाको साटो माटो बिक्रि गरिन तर दूध बिक्री गरे अनि जातिको सट्टा पानी बिक्री गरेर जीवन
 चलाएको दाबी गर्न पनि सुब्बा पछि परेनन् । तर सुवास घिसिङले दागोपापमा सम्झौता गरेर मुद्दा बिक्री गरेको आरोप पनि सुब्बाले लगाउन पछि परेन । अर्को बर्तमान राजनैतिक परिस्थिबारे तिनले टिप्पणी गर्दै जनता सचेत बन्नुपर्ने बताए । आजको राजनैतिक परिस्थिति प्रति तिनले जनतालाईनै दोष दिँदै जनता पैसामा भुलिएर यस्तो परिस्थिति भएको पनि सुब्बाले पत्रकारहरुलाई जनाए । अर्कोतिर
 छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति दार्जीलिङ पहाडका जनताले नै निर्णय गर्नुपर्ने पनि सुब्बाले बताए । गोर्खाल्याण्डको मुद्दा संवैधानिक माग रहेको बताउँदै यसलाई हासिल गर्न नेतृत्ववर्गमा ईमान्दारिता हुनपछ भने । तर यहाँ ईमान्दारहरुको ज्यान जाने वा जेलमा बन्द हुन्छ भन्ने बताउदै  ईमान्दार नेतृत्ववर्गको खाँचो रहेको पनि तिनले जनाए । नेतृत्ववर्ग ईमान्दार
 भएर कुनै पनि ब्यवस्थामा सम्झौता गर्न नहुने बताउँदै आफूले पनि यदि सम्झौता गर्न भएर अघिनै सरकारले ग्रेटर अटोनोमसको प्रस्ताव दिएको बताए । उक्त प्रस्तावित ग्रेटर अटोनोमसमा तराई डुवर्स र थुप्रो फण्ड दिने प्रस्ताव दिँदा उक्त बिषयमा सांसद आनन्द पाठकलाई समेत आफूले यसले गोर्खाहरुको अस्तित्व बोक्छ भनेर सोद्दा पाठकले समेत जवाब दिन नसकेको दाबी गर्दै तर घिसिङ बेचिएको
 दाबी गरे । सोहि कुरामाथि सुब्बाले जोड दिँदै  आजको सन्दर्भमा पनि कुनै व्यवस्थामा सम्झौता गर्न नहुने बताए । उनले आफ्नो आक्रोस ब्यक्त गर्दै यो सेट अप कि फेड अपले हाम्रो अस्तित्व बोक्न सक्दैन भने । अर्कोतिर आफ्नो छोरा सन्तोष सुब्बाको पक्राऊ प्रति प्रतिक्रिया व्यक्त गर्दै यदि दोष पाए सजाय दिनुपर्ने अन्यथा चाँडो छोड्नुपर्ने पनि माग गरे । सुब्बाले हाल आफू थकित रहेको
 बताउँदै राजनैतिक जीवनबाट सन्यास लिने बिचार रहेको पनि पत्रकारहरुलाई बताए । यद्यपी केहिदिन सम्म राजनैतिक गतिविधिलाई आफूले वाच गरिरहने बताउन पनि उनी पछि परेनन् जसले गर्दा राजनीतिबाट सन्यास लिने उनको छाँट देखिन्दैन ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.