सर्वदलीय बैठकमा गोजमुमो लगायत बिभिन्न दलहरुलाई निम्तो

कालेबुङ १८ अक्टोबर: डी के वाइबा: भागोप राष्ट्रीय अनि गैर राजनैतिक संगठन भएको कारण दलीय एकाताको सहमती जुटाउन सक्षम हुनेछ भनेर सबैले भनेपछि छुट्टै राज्यको आन्दोलनको निम्ति दलीय एकता जुटाउने कार्यमा लागिपरेको प्रधानले बताए। गोर्खाल्याणड माग्ने राजनैतिक पार्टीहरुमा एकता नभएपछि भागोपका अन्य राज्यका मानिसहरुले किन दलीय एकता छैन भनेर बारम्बार प्रश्न गरिरहेको पनि तिनले गनाए। क्षेत्रिय दलहरु एक नभइ अन्य राज्यरुबाट मात्र एक भएर आवाज उठाउँदा प्रभावकारी नहुने कारण पहिला गोर्खाल्याण्ड माग्ने दलहरुनै इक हुन आवश्यक रहेको पनि तिनले जनाए। आगामी सिलगडीमा हुने सर्वदलीय बैठकमा दलीय एकताको निम्ति सहमति हुन  सके साझा मञ्च तयार गरेर राष्ट्रीय स्तरमा आन्दोलन अधि बडाने पनि प्रधानले बताए। साझा मञ्चको नेतृत्व भने भागोपले नै गर्नेछ भनेर भूल धारणा भने कसैले राख्न नहुने पनि तिनले स्पष्ट पार्दै सबैको सहमति कायम गरेर अघि बड्ने पनि तिनले जनाए। तर बिगतका कतिपय बिफल बनेका साझा मञ्चहरुलाई हेरेर यसपल्ट भने साझा मञ्चको संविधान समेत बनाएर संविधान अनुरुप कार्य गर्नु पर्ने भएको छ। अघिका संयुक्त मञ्चहरुमा संविधान नभएको कारण मञ्चभित्र नै बिरोधाभास सृजना भएर दिर्घ दिनसम्म टिक्न नसकेको कारण पनि भागोपले यसबाट पाठ सिकेको छ । यसपल्ट तयारी हुने साझा मञ्चकै माध्यमबाट राष्ट्रीय स्तरमा पनि अन्य दलहरुलाई सहमतीमा ल्याउन सकिन्छ अनि छुट्टै राज्यको ढोका सम्म पुग्न सकिने कुरामा पनि भागोप आशावादी बनेको छ। भागोपको सक्रियतामा हुने सर्वदलिय बैठकमा यसपल्ट कुनैपनि राजनैतिक दलहरुलाई नछोडी बोलाइने भएको छ। यसलगायत गैर राजनैतिक संस्थाहरु अनि गोर्खाल्याण्ड प्रति समर्पीत रहेका मानिसहरुलाई समेत निम्ताइने भएको छ। अहिले पत्रचार गर्ने क्रममा गोजमुमो पार्टीलाई दिइसकेको अनि पत्र प्राप्त गरेको कपी पनि आफुहरुसंग रहेको पनि तिनले जनाए। आफुहरुले सबैलाइ एक गरेर मुद्दालाई अघि बडाउन पहल गरेर सरबदलीय बैठक राखे पनि सभामा आएका दलहरुबाट नै सहमति बनाएर साझा मञ्च तयार गर्ने बताए। बिगतका दिनमा जसरी नेपाली भाषा मान्यताको निम्ति सम्पूर्ण राजनैतिक दलहरु र संघ संस्थाहरु एक भएर आन्दोलनमा ओर्लिएका थिए यसपल्ट पनि सोही प्रकारको आन्दोलन गोर्खाल्याण्डको निम्ति होस भन्ने चाहना भएको पनि प्रधानले जनाए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.