दार्जीलिंगमा युटीको मुद्दा : के भंछन त राजनैतिक दलहरु ?

डी के वाइबा: कालेबुंग 2 दिसम्बर :
           हिल कांग्रेसले उठाएको युटी(केन्द्र शासित प्रदेश) को कुरा पहाडका जनतालाई भुल्याउँने राजनैतिक चलखेल मात्र रहेको पहाडका अधिकांश पार्टीहरुले बताएका छन। बिगत बिधानसभा चुनाव अनि लोकसभा चुनावमा युटीको मुदा लिएर चुनावी मैदानमा ओर्लीएका कांग्रेस पार्टीले नराम्रो हारको सामना गर्नु परेता पनि यसपल्ट पहाडको समस्या स्थायी समाधान भए युटी माथि बिचार गरिने केन्द्रिय राज्य मंत्रीले भने पछि पहाडका राजनैतिक पार्टीहरुले यो हल्ला बोलमात्र रहेको बताएका छन। दार्जीलिंग पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा उठाएर अनेकौँ राजनैतिक पार्टीहरुले आन्दोलन गरेपनि यस मुद्दाले अझसम्म पार पाउँन सकेको छैन। जसको कारण जनताको आकाक्षा भने अझसम्म पुरा हुन सकेको छैन। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति आन्दोलन गर्ने दलहरु बिगतका दिनहरुमा पनि आन्दोलनको बाटो त्यागेर बिकल्प ब्यवस्थामा भुलिए पछि यस मुद्दा अहिले सम्म राजनैतिक पार्टीहरुलाई पार्टीको अस्तित्व बँचाएर राख्ने मुद्दा  बनेको छ। यसै सन्दर्भमा हिल कंग्रेसले दार्जीलिंग पहाडमा कुनैपनि बैकल्पिक व्यवस्था हुनछ भने युटी मात्र एउटा सही बैकल्पिक ब्यवस्था हो भनेर कुरा उठान गरे पछि केन्द्रिय राज्य गृहमंत्री जितेन्द्र सिहले यस कुरालाई ध्यान दिँदै युटीको आश्वासन दिएको छ। दार्जीलिंग पहाडमा युटीको दर्जाले स्थायी शांति भए समस्या समाधान गरिने समचारमा छापामा आए पछि यहाँको राजनैतिक पार्टीहरुले बिभिन्न प्रतिक्रिया ब्यक्त गर्दै यो केवल राजनैतिक दावपेच मात्र रहेको बताएका छन। एकतिर जीटीए दर्जीलिंग पहाडमा चाडो लागु गरिनु पर्ने कुरा भइरहेको छ् भने अर्कोतिर गोजमुमो पार्टीकै भातृ संगठन युवा मोर्चाले छुट्टै राज्यको मागमा पुन: आन्दोलन गर्ने घोषणा गरिसकेको छ। अर्कोतिर भारतीय गोर्खा परिसंघ पनि छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै दलीय एकता जुटाएर गोर्खाल्याण्ड टास्क फोर्स गठन गरेर आन्दोलन गर्ने तर्खरमा लागिपरेको छ। यसका साथै दार्जीलिंग पहाडमा गोर्खाल्याण्डको मुद्दालाई अघि लगाएर नयाँ रजनैतिक पार्टी पनि जन्मिने सम्भावना पनि देखा परेको छ । यस्तो परिस्थितिमा युटी, जीटीए र गोर्खाल्याण्ड मुद्दाको खिँचातानीमा दार्जीलिंग पहाडको राज्नैतिक हावा निकै तातिने छाँट देखा परेको छ।
युटीको मुद्दामाथि प्रतिक्रिया व्यक्त गर्दै अभागोली पार्टीका महासचिव प्रताप खातिले यस मुद्दामाथि पहिले कांग्रेसल पार्टीले दलको अडान स्पष्ट पार्नु पर्ने बताउँदै यूटी एउटा राम्रो ब्यवस्था रहेको बताए। तिनले युटी वा कुनै पनि व्यवस्था बंगालबाट छुटिने कुरा रहेको बताउँदै पहिलो प्राथमिक कुरा बंगालबाट छुटिनु रहेको बताए। कांग्रेसको युटीको प्रस्ताव राम्रो रहेको तर यसलाई पारित गर्नको निम्ति पार्टीलेनै पहिला आफ्नो दलबाट प्रस्ताव पारित गरेर मात्र यसबारेमा बोल्नु राम्रो रहेको पनि खातिले बताए। गोर्खाहरुको पहिलो चाहना बंगालबाट कुनै पनि हालतमा छुटिनु रहेको अनि यसको निम्ति पहिला गोर्खाहरु एक हुनपर्ने पनि तिनले बताउँदै गोर्खाल्याण्ड नहुनुमा पनि सबै दलहरु एक नभएको कारण रहेको पनि खातिले बताए। दिल्लीमा आफुहरु जाँदा पहाडका दलहरु एक नभएको कुरा बारम्बर भन्ने गरेको बताउँदै कुनै पनि कुराको माग लिएर पहाडका दलहरु दिल्ली जान अघि एक भएर आउँनु भन्ने गरेको पनि तिनले बताए। सोही कारण आफुहरुले छुट्टैराज्यको आन्दोलन गर्नको निम्ति सामुहिक नेतृत्वको कुरा उठान गरेको बताउँदै सामुहिक आन्दोलन नगरेसम्म छुट्टै राज्य हुन नसक्ने पनि खातीले दाबी गरे। अर्कोतिर हिल कांग्रेसको युटीको कुरा पहाडको निम्ति लाभदायक हुने क्रामाकपाले बताएको छ। क्रामकपा पार्टीका प्रवक्ता मोहन पौड्यालले यस बिषयमा बोल्दै युटीको कुरा ठिक भए पनि हिल कांग्रेसको कुरा प्रदेस कांग्रेस कमिटिले स्वीकार गर्ला भन्ने प्रश्न गरे। तिनले युटीको कुरा हिल कांग्रेसले गर्न अघि पहिला जिल्ला समितिमा प्रस्ताव पारित गरेर राज्य समितिमा पारित भए पछि मात्र केन्द्र समिति दिल्लीले पारित गरे सही हुने अनि मात्र कुनै शंका पनि सृजना नहुने पनि बताए। हिल कांग्रेसको कुरा केवल राजनैतिक फाईदा बटुल्ने कर्य रहेको पनि जनाए। युटीले गोर्खाहरुको राष्ट्रिय चिन्हारी नबोके पनि राज्य गठनको निम्ति यो खुबै राम्रो भएको बताउँदै तर यसलाई कांग्रेस पार्टीले नै कतिसम्म ईमान्दाररुपले हेरेका छन भन्ने कुरामा भने प्रशस्त शंका रहेको पनि बताएका छन।
अर्कोतिर  युटीको सन्दर्भमा माकपा पार्टीले पनि प्रतिक्रिया जनाएको छ। माकपा पार्टीका स्थानीय नेता तारा सुन्दासले यो हिल कांग्रेस वा कांग्रेस पार्टीको धमिलो पानीमा माछा मार्ने प्रयास मात्र रहेको आरोप लगाए। अहिले दार्जीलिंग पहाडको परिवेस अर्कै भएको समयमा युटीको कुरा उठान गर्नु जीटीएको गठनमा पनि बाधा सृजना गर्ने कार्य गर्नु रहेको पनि बताए। तिनले यसै क्रममा दार्जीलिंग पहाडमा जुलाई महिनामा मोर्चा ,राज्यसरकार अनि केन्द्र सरकारमाझ भएको जीटीएको सम्झौता चाँडै लागु भएर पहाडको बिकाश कार्य हुन पर्ने पनि माग गरे। हिजको दिनमा चुपचाप बस्ने कांग्रेस पार्टीले अहिले जीटीएको कुरा उठाएर यहाँका मानिसहरुलाई भ्रमित पार्ने कार्य गर्नुको साथै यसको गठनमा पनि बाधा बानाउँने कार्य गरेको पनि आरोप लगाए। बिगतका दिनमा पनि कांग्रेस पार्टीले दार्जीलिंग पहाडको निम्ति युटी दिने कुरा गर्दा दिल्लीका कांग्रेसका नेताहरुले यो पार्टीको निर्णय होइन भनेको बताउँदै अहिले पनि जनतालाई भुलाउँन यस्तो मुद्दा अघि ल्याएको पनि सुन्दासले बताए। यसै क्रममा गोरामुमो (सी) का अध्यक्ष डी के प्रधानले पनि प्रतिक्रिया ब्यक्त गर्दै युटी पहाडको निम्ति एउटा राम्रो कुरा रहेको बताउँदै यस मुद्दामा कांग्रेस पार्टी आफै कति इमान्दार छ भन्ने कुरामा प्रश्न उठाए। तिनले युटी छुट्टै राज्य गठनको निम्ति एउटा बलियो ख़ुड्किलो रहेको बताउँदै तर यसमा दलहरुको एकता अनिवार्य रहेको पनि बताए। यता युटी बिषयलाई लिएर भागोपले पनि प्रतिक्रिया जनाएको छ। भागोपका राष्ट्रिय कार्यकारी अध्य्क्ष रेभरेन एनोस दास प्रधानले गोर्खाहरुको मुल समस्या चिन्हारीको रहेको बताउँदै यो समस्या केवल बंगालबाट छुटिए पछि मात्र पुरा हुने बताए। युटी बंगालबाट छुटिने एउटा राम्रो उपाय र्हेको बताउँदै यो एउटा दलले मात्र कुरा नगरेर नहुने तर यसमा सबै दलहरुको एकमत हुनु आवश्यक रहेको पनि प्रधानले बताए।
यता युटीको माग गर्ने हिल कांग्रेसका सचिव दिलीप प्रधानले बिगत देखि बर्तमान सम्मका राजनैतिक पार्टीहरुले पहिले छुट्टै राज्यको कुरा गरेपनि पछि गएर बिकल्पको कुरा गरिरहेको कारण गोर्खाल्याण्डको बिकल्प केवल युटी मात्र र्हेको कारण हिल कांग्रेसले यसको दाबी गरेको स्पष्ट पारे। सुवास घिसिंगले दागोपाप अनि अहिले आएर जीटीए आन्दोलन पछि बिकल्पको रुपमा थापेका कुराहरु र्हेको बताउँदै यदि बिकल्पनै थाप्नु हो भने युटी बाहेक अरु कुनै पनि ब्यस्था राम्रो नरहेको पनि तिनले बताए। युटी बिषयमा दिल्लीको कांग्रेस पार्टी पनि सकारात्मक रहेको अनि यसबारे आफुहरुले थुप्रै चोटि जानकारी गराईसकेको पनि बताउँदै तर यस मुद्दामा पहाडका जनताले साथ नदिएकै कारण युटी पनि गठन हुन नसकेको तिनले दाबी गरे। यस मुद्दामा एकातिर पहाडका राजनैतिक दलहरुले पनि साथ नदिएको पनि तिनले जनाए। छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सडकमा निस्किएका जनताहरु नेताहरुको पछि लागेर जे भन्यो त्यहीँ ब्यवस्था राम्रो भन्ने कुरामा लागेकै कारण अझ सम्म केहि हुन नसकेको अनि यसमा राजनैतिक पार्टीहरुको मात्र दोष नभएर जनताहरुको नै मुख्य दोष रहेको पनि दिलीप प्रधानले बताए।
Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.