तीन दिन ब्यापी कालेबुङमा कृषि पर्यटन महोत्सव शुरू | रेलीमा 21 वर्षसम्म बिकास नभएको बिमल गुरुंगको दाबी

डी के वाइबा ; कालेबुङ,11 जनवरी। कालेबुङको रेली पाला मिशन टारमा आजदेखि तीन दिवसीय कृषि  पर्यटन महोत्सव शुरू भयो। यस अवसरमा गोजमुमो प्रमुख बिमल गुरुंग बिशेष रुपले उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित रहेका कालेबुंगका बिधायक डा हर्क बहादुर छेत्रीले रिबन काटेर उद्घाटन गरे पछि कार्यक्रमको सुरुआत भयो। यस अवसरमा दागोपाप प्रशासक अनिल बर्माले स्वागत जनाए। यस अवसरमा कालेबुङका नगराध्यक्ष एलबी परियार, दार्जीलिङका विधायक त्रिलोक देवान, दागोपाप प्रशासक अनिल वर्मा, नारी मोर्चा कोर कमिटी सदस्य आशा गुरुङ, दागोपाप पर्यटन विभागका सचिव पीटी शेर्पा, विनय तामाङ आदिको उत्सवमा विशेष सहभागिता रहेको थियो। कार्यक्रममा बिशेष रुपले उपस्थित रहेका गोजमुमो प्रमुख बिमल गुरुंगले तीन महिनाभित्रमा रेलीको नक्शा परिवर्तन गर्ने घोषणा गरे। तिनले 21 वर्षसम्म कलेबुंगको रेलीम केही उन्नति नभएको बताउँदै अब नानिहरुलाई खेल्नको निम्ति एउट सुन्दर चिल्ड्रेन पार्क पनि रेलीमा निर्माण गरिदिने बताए। गुरुंगले कार्यक्रमलाई सम्बोधन गर्दै पहाड पर्याटनको ब्यापक सम्भावना रहेको अनि पर्याटकह्रुलाई सुबिधा प्रदान गर्न सके यसले बेकारी समस्यामा समाधानहुने बताए। गोजमुमोको उदय पछि 44 महिना आन्दोलन गरेर जीटीएमा हस्ताक्षर भए पनि हात बाँधेर बस्नेहरुको निम्ति उन्ंति नहुने बताएका छन। आफ्नो स्थानको बिकास गर्न आफुहरुले नै परिश्रम गर्न आवश्यक रहेको बताउँदै अहिले लहलह धान फल्ने कालेबुंगमा धेरै ह्रास आएकोमा चिन्ता व्यक्त गरे।  कृषकहरुको आर्थिक उन्नतीको निम्ति कृषि पर्यटन उत्सव आयोजना गर्ने आफ्नै सोच रहेको बताउँदै सरकारले कृषकहरुलाई खेति उब्जनी गर भनेर मात्र नहुनेंतिनले जनाए। आफ्नो छोटो सम्बोधनमा बिमल गुरुंगले अब रेलीको नक्सा बिगत दिनको भन्दा एकदमै फरक बनाईदिने घोषणा गरे।
 यसरी नै कार्यक्रमका मुख्य अतिथि डा. हर्कबहादुर छेत्रीले विमल गुरुङले गरेको चिल्ड्रेन पार्क बनाउने कुरालाई कुनै पनि हालतमा सफलीभूत पार्नपर्ने बताए। तिनले भने, हामीले राम्रो पर्यटकीय स्थल बनाउनुपर्छ, पर्यटकहरूलाई धेरै सुविधा हुनुपर्छ। धेरै वर्षपछि मोर्चाको सतप्रयासमा यस्तो समय फर्किएको छ जसबाट पहाडको विकासँगै पर्यटक अनि कृषि क्षेत्रमा पहल गर्न सकिन्छ। कृषि विकासका निम्ति यहॉंका शोधकर्ताहरूले धेरै राम्रा राम्रा प्रोजेक्टहरू तयार पारेका छन्‌ जसलाई कार्यन्वयन गर्ने दिशातर्फ दागोपाप प्रशासकसम्म लाने पनि तिनले बताए। उत्सवको एउटा सन्दोश कृषकहरू फेरि परिश्रमतर्फ फर्केर जानुपर्ने रहेको पनि छेत्रीले बताए। तिनले भने, बङ्गालमा पुरानो सरकार हुँदा दार्जीलिङमा   आलूको अनुसन्धान केन्द्र थियो। तर त्यहॉं आलूको अनुसन्धान होइन आलू पाइने ठाउँ मात्र बनेको थियो। तर त्यो अहिले कहॉं पुग्यो भन्ने पत्तो नभएको पनि छेत्रीले बताए। कार्यक्रमलाई दार्जीलिंगका बिधायक त्रिलोक देवानले सम्बोधन गर्दै कालेबुंग बिभिन्न फुल खेतिहरुको निम्ति परिचित स्थान रहेको अनि यहाँको फूल नर्सरीहरुको बोकस गर्न वागवानी प्रोजेक्ट तयार पारेर कालेबुंगमा निर्माण गर्नुपरे बताए। यसबारे सम्बन्धित निकायका मानिसहरुसित कुराकानी गर्ने तिनले बताए। काकार्यक्रमलाई कालेबुंग नगर्पालीका अध्यक्ष एल बी परियारले सम्बोधन गर्दै कृषकहरुको आर्थिक उन्नती मोर्चाको चाहना रहेको बताए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.