अब नीजि नम्बर भएका भेनहरुले ट्याक्सी नम्बर लागाएर मात्र यात्रीहरु बोक्न सक्ने

डी के वाइबा : कालेबुङ, 4 जनवरी;
केहिदिन देखि बन्द गरिएको वाहनहरुको दैनिक पारकिंग शुल्क नगरपालिकाको नयाँ बोर्डले निर्देश दिएको छ। सोहि निर्देश अनुरुप बुध्बारदेखि यहाँ दुई चक्के अनि चारचक्के वाहनहरुको पारकिंग शुल्क उठाउँने कार्य आरम्भ भयो। केहि महिना अघि नगरपालीकामा जनप्रतिनिधिहरु नहुँदा नगर प्रशासन एव महकुमा अधिकारी एल एन शेर्पाले उक्त पारकिंग शुल्क उठाउँने कार्यको थालनी गरेका थिए । तर नगरपलीकाको नयाँ बोर्ड गठन नभएस्म्म उक्त पारकिंग शुल्क नउठाउँने गोजमुमो प्रमुख बिमल गुरुंगले निर्देश दिए पछि उक्त कार्य बन्द रहेको थियो। अन्तत: नगरपालिका अध्यक्ष एल बी परियारले उक्त शुल्क उठाउँने निर्देश दिए पछि पारकिंग शुल्क उठाउँने कार्य आरम्भ भएको छ।
एकातिर पारकिंग शुल्क उठाउँन शुरु भएको छ भने अर्कोतिर शहरमा अब ट्याक्सी नम्बर नभएका वहानहरुले यात्री बोक्न नपाउँने भएको छ। जसको कारण अब सबै ट्याक्सी खेप्ने नीजि वाहनहरुमा ट्याक्सी नम्बर अनिवार्य रुपले लगाउँन पर्ने भएको छ। यसबारे मोटर बिभागले ट्याक्सि नम्बरको निम्ति चालकहरुले यथाशिघ्र कागज पत्र बुझाउँनु पर्ने निर्देश दिएको छ। केहिदिन अघि पनि बिभागले ट्याक्सी नम्बर नभएका वाहनहरुले यात्रीहरु बोक्न नपाउँने कुरा गरेको थियो। उक्त समय चालकहरुले बिभागले ट्याक्सी नम्बर लागाउँने कुरा गरे पनि ट्याक्सी नम्बर भने जारी नगरेको आरोप लगाएको थियो। तर आज चालक महासंघका अध्यक्ष छिरिंग दोर्जी भोटीयाले बिगत 15 वर्षसम्म विभागलाई कसैले पनि भेनमा ट्याक्सी नम्बरको निम्ति दर्खास्त नै नगरेको बताएका छन्‌। तिनले बिगत 97 सालमा प्रथमपल्ट विभगले ट्याक्सी नम्बर प्रदान गरेको जानकारी दिएका छन। यसपछि बिभागलाई भ्यानका मालिक वा चालकहरुले ट्याक्सी नम्बरको निम्ति आवेदन नै नगरेको जानकारी दिदै सोहो कारण शहरमा नीजि नम्बर भएका वाहनहरुको संख्या बडिरहेको बताए। हाल शहरमा लकभक 12 सय प्राईभेट नम्बर भएका भ्यानहरुले दैनिक यात्रीहरु बोक्ने कार्य गरिर्हेको तिनले थप जनाए। भेनहरूको देखभाल र नियन्त्रण हुनपर्ने महासङ्घले अनुभव गरेपछि नै दार्जीलिङ आरटीओ समक्ष कुरा गर्दा ट्याक्सी नम्बरको निम्ति आवेदन गर्नसक्ने बताएको पनि भोटियाले बताए। त्यसैको आधारमा महकुमा अधिकारीले बुधबार अनि विहिबार दुइदिनभित्रमा आवेदन गरिसक्नुपर्ने निर्देश दिएपनि महासङ्घको अनुरोधमा आवोदन गर्न अझ सप्ताह समय मागेर चालहरूलाई महासङ्घले हाल ट्याक्सी नम्बर आवेदन गर्नुपर्ने आवश्यकताबारे बुझाउने कार्य गरिरहेको छ। फलस्वरूप आज स्थानीय स्यामादेवि भवनमा चालक महासङ्घका अध्यक्ष छिरिङ दोर्जी भोटिया, भेन चालक सङ्गठनका अध्यक्ष हरिस प्रधान, संयुक्त सचिव विकास प्रधान, महासङ्घ केन्द्रिय समिति सदस्य महेन्द्र गुरूङ आदिको उपस्थितिबीच विभिन्न भेन चालक सङ्गठनका प्रतिनिधिहरूबीच एक बैठक सम्पन्न भयो। बैठकअवधी ट्याक्सी  नम्बर लिनपर्ने अनिवार्यताबारे चालहरूलाई महासङ्गले बुझाउदै उनीहरूको माध्यमबाट मालिकहरूसमक्ष पनि यस विषय पुर्‍याउनुपर्ने बताइयो।  तिनले यसै अवधि बिगत 2000 साल भन्दा अघिका भेनहरुलाई बिभागले ट्याक्सी नम्बर नदिने रहेको जाकारी गराउँदै तथापी आवेद गर्न सक्ने बताए। तिनले बिभागले ट्याक्सी नम्बर दिने भएको बेला सबै चालकहरुले यथाशिघ्र आवेदन बुझाउँनु चालकहरुलाई बताए। उक्त ट्याक्सी नम्बर प्राप्त भए पछि चालकहरुलाई नै यात्रीहरु बोक्न असुबिधा नहुने जनाउँदै टाटा न्यानोले भने ट्याक्सी नम्बर बिभागले नदिने जानकारी गराएका छन।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.