डी के वाइबा: कालेबुंग 10 दिसम्बर :
छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन गोर्खाल्याण्ड टास्क फोर्सले भावी रणनीतिको घोषणा गरेको छ। भारतीय गोर्खा परिसंघको सक्रियतामा गठन भएको गोर्खाल्याण्ड टास्क फोर्सको आज यहाँको हिलटप स्थित गोरानिमो कार्यलयमा मह्त्वपूर्ण सभा सम्पन्न भयो। टास्क फोर्सका अध्यक्ष रेभरेन डा एनोसदास प्रधानको अध्यक्षतामा सम्पन्न सभामा सुखमान मोक्तान, आर मोक्तान,बी एम प्रधान, अभागोलिका लक्षमण प्रधान, छेवांग भोटिया, क्रामाकपाबाट जेबी राई, गोबिन छेत्री, एल एम लामा, गोरानिमोबाट दावा पख्रिन, टिका खाती, आदिको बिशेष उप्स्थिति रहेको थियो। सभामा 8 जनवरीको दिन टास्क फोर्सको सिलग़डीमा भएको कार्यक्रमबारे चर्चा परिचर्चा गरेर भावी रणनीति तय गरिएको छ। यसै क्रममा गोर्खाल्याण्ड राज्य निर्माणको निम्ति टास्क फोर्सले ब्लू प्रिन्ट तयार पार्न एउटा ड्राफ्टिग कमिटि गठन गरेको छ । टास्क फोर्सको उप समिति रहेको उक्त ड्राफ्टिग समितिको सयोजक टिका खाती अनि अन्य पाँच जना सदस्यहरु क्रमैले एस बी जिम्बा, आर मोक्तान, जेबी राई, सुखमान मोक्तान, बी एम प्रधान रहेका छन। उक्त टास्क फोर्सले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति ब्लू प्रिन्ट तयार पार्ने भएको छ अनि उक्त ब्लू प्रिन्ट आगमी बजेट सेसनमा दिल्लीमा सर्बजनिक गर्ने भएको छ। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति भारत भरिका मानिसहरुलाई बताएर कसरि सहमती ल्याउँन सकिन्छ भन्ने बिषयमा कुराकानी भएपछि आगमी अप्रेल महिना सम्मको कार्यक्रम तय गरेको छ। टास्क फोर्सले केवल गोर्खाल्याण्ड मात्र सोंच्ने गरेको बताउँदै केवल गोर्खाल्याण्ड राज्यको निम्ति मात्र आन्दोलनलाई अघि बडाउँने टास्क फोर्सका अध्यक्ष एनोसदास प्रधानले बताए। तिनले यसै क्रममा पुन: एकचोटि जीटीए गोर्खाल्याण्ड राज्य गठनको निम्ति बाधा सृजना भएको जनाए। बिशेष जीटीमा मोर्चाले सम्झौता गरे पछि दिल्लीमा सांसद र मंत्रीहरुलाई गोर्खाहरुको समस्या समाधान भयो भनेर गलत प्रचार गरेको कारण टास्क फोर्सले यसलाई राज्य निर्माणको बाटोमा बाधा सृजना भयो भनेर बताएको तिनले थप बताए। गोर्खाल्याण्ड भारतभरी छरिएर बसेका गोर्खाहरुको राष्ट्रिय र राजनैतिक सुरक्षाको मुद्दा रहेको बताउँदै यो राष्ट्रिय राजनैतिक सुरक्षाको मुद्दालाई कुनै पनि ब्यवस्थाले समधान गर्न नसक्ने प्रधानले दाबी गरे। तिनले यसै क्रममा टास्क फोर्सले यो समस्यालाई समाधान गर्न बिभिन्न स्थानका मानिसहरु लगायत बिभिन्न दलका नेताहरुसित सम्पर्क स्थापना गर्ने कार्यको थालनी गरेको बताए।
अर्कोतर्फ भारतीय गोर्खा परिसंघका सचिव सुखमान मोक्तानले सभामा चर्चा गरेर अप्रेल महिना सम्मको निम्ति टास्क फोर्सले कार्यक्रमा तय गरेको बताउँदै उक्त कार्यक्रमहरुको घोषणा गरे। तिनले भावि कार्यक्रमहरुको घोषणा गर्दै जनवरी महिना भरि तराई- डुवर्स, दार्जीलिंग, सिलगडीका बिभिन्न राजनैतिक दलका मानिसहरु लगायत बिभिन्न संघ संस्था अनि बुद्धिजीविवर्ग सित सम्पर्क स्थापना गर्ने बताए। यसरी नै फरवरी महिनामा पुर्वाचंल- पश्चिमांचलका बिभिन्न स्थानहरुमा टास्क फोर्सका प्रतिनिधीहरुले भ्रमण गरेर त्यहाँका सांसद, मंत्री आदि संग भेट गरेर गोर्खाल्याण्ड राज्यको औचित्य बुझाएर समर्थनमा ल्याउँने कार्य गर्ने बताए। यसै क्रमा फरवरी महिनामा नै ति सम्पर्क स्थापना भएका मानिसहरु लगायत अन्यभाषी बुद्धिजीविहरुलाई लिएर कोलकतामा सेमिनारको आयोजना गर्ने बताए। यसरिनै मार्च महिनामा सिलगडीमा सेमिनार अनि दिल्लीमा बजेट सेसनको अवधी धर्ना र सेमिनारको आयोजना गर्ने टास्क फोर्सको कार्यक्रम रहेको जानकारी दिए। सोहि समयमा सांसद मंत्रीहरुलाई भेटेर गोर्खाल्याण्डबारे संसदमा आवज उठाईदिनको निम्ति कुराकानी गर्ने जनाए। त्यसै समय टास्क फोर्सको उप समिति ड्राफ्टिग कमिटिले तयार पारेको गोर्खाल्याण्डको ब्लू प्रिन्ट सार्वजनिक गर्ने मोक्तानले बताए। यसरी नै अप्रेल महिनामा भने दार्जीलिंगमा टास्क फोर्सले सेमिनारको आयोजना गर्ने तिंले थप जनाए। उक्त चार महिनाको कार्यक्रम समापन भए पछि टास्क फोर्सको एउटा समिक्ष सभा बसेर आगमी दिनको रणनीति तय गर्ने तिनले थप जनाएका छन।
टास्क फोर्सको आज सम्पन्न बैठकमा आएका क्रामाकपा केन्द्रिय समितिका उपाध्यक्ष जे बी राईले गोर्खाल्याण्डको कुरा लिएर दिल्ली पुग्दा त्यहाँका नेताहरुले जीटीए थापेर गोर्खाहरुको समस्या समाधान भयो भन्ने बुझेको कारण अब पुन जीटीएले गोर्खाहरुको समस्या समाधान भएको छैन भनेर बुझाउँनुपर्ने अवस्था सृजना भएको कारण यो बाधा भएको बताए। बिगत दिनमा गोर्खाल्याण्डको आन्दोल चलिरहेको समयमा सबैले गोर्खाहरुको समस्या गोर्खाल्याण्डले समाधान हुन्छ भन्ने बुझेको तर जीटीएम सम्झौता गरे यता भने यसको राष्ट्र भरीनै गलत प्रचार भएको कारण गोर्खाल्याण्ड माग्ने दलहरुलाई बाधा पुगिरहेको तिनले दाबी गरे। यसै क्रममा राजनैतिक चिन्हारी र राष्ट्रिय सुरक्षाको निम्ति गोर्खाल्याण्डको गठन हुनपर्ने माग गरे।
Post a Comment