कोलकाताको बैठक पछि पनि जीटीए मुद्दा फेरि गाँठो मै


मंग्पू |१६ जून (केशर मोक्तान): श्यामल सेनको पाँचवटा मौजा  जीटीए भित्र गाभिने रिपोर्टले असन्तुष्ट मोर्चा समस्याको समधान गर्न आज राज्य सरकारसित कोलकातामा दुई घण्टाको महत्वपूर्ण बैठक बसेको थियो | राज्यको मुख्य मन्त्री अनि मोर्चाको शिर्ष नेतृत्व माझ बसेको लामो बैठक पछि पनि जीटीए मौजा अंतर्भुक्ति विषयमा भने कुनै ठोस निर्णय अझै पनि निस्केको देखिएन| आजको सभाले सरकार भित्र कै तीन जना सदस्य टोलीको “फ्याक्ट भेरिफिकेशन कमिटि” गठन गर्ने भएको छ भने सोही टोलीले श्यामल सेनको रिपोर्ट जाँच गर्ने भएको छ| जुन टोलीमा मोर्चाको कुनै पनि सदस्यले अंश ग्रहण नगर्ने अनि फेरी पनि सरकार कै एक पक्षीय कमिटिले श्यामल सेनको रिपोर्टको जाँच गर्ने थाहा लागेको छ| बङ्गाल सरकार कै तीन सदस्य टोलीले के जीटीए समस्याको समाधान गर्ला के त?? भन्ने प्रशनहरु जनसाधारणमा उब्जिन थालेको छ | मौजा अंतर्भुक्ति समस्या समाधान गर्न सरकारको हाई पावर कमिटि माथि लागिने अर्को भेरिफिकेशन कमिटिले फेरी अझै समस्या नै थप्ने त होइन भन्ने राजनैतिक सचेतकहरुले अड्कल काट्न थालिसकेका छन् | 
यता मोर्चाले सेनको रिपोर्टको असन्तुष्टि जाहेर गर्दे अहिले गरिरहेको आन्दोलनले अब कस्तो मोड लिन हो त्यो पनि भविष्य कै गर्वमा लुकेको छ| राज्य सरकारले जीटीएको चुनाउ आगमी जुलाई महीना भित्रै मै ठामठीम पार्ने घोषणा गरेतापनि “फ्याक्ट भेरिफिकेशन कमिटि” को रिपोर्ट नआउन्जेल के जीटीएको चुनाउ सम्भव होला भन्ने जिज्ञाशा सबैमा रहिआएको छ |

एकातिर जीटीएको मौजा अंतर्भुक्ति लिएर मोर्चाले अगावै आन्दोलनको रूपरेखा तयार गरिसकेको छ भने अर्कोतिर राज्य सरकारले फ्याक्ट भेरिफिकेशन कमिटि गठन गरी श्यामल सेनको रिपोर्टलाई पुन: एकपल्ट जाँच गर्ने भएको छ | अब उक्त कमिटिले पनि कस्तो नतिजा अघि ल्याउने हो त्यो पनि एउटा चर्चा कै विषय बनेको छ| 
यस्तो अवस्थामा अब मोर्चाले कस्तो रणनीति अपनाउने हो चाखलाग्दो विषय बनेको छ |    

श्यामल सेनको पाँचवटा मौजा जीटीए भित्र गाभिने रिपोर्टले असन्तुष्ट मोर्चा समस्याको समधान गर्न आज राज्य सरकारसित कोलकातामा दुई घण्टाको महत्वपूर्ण बैठक बसेको थियो | राज्यको मुख्य मन्त्री अनि मोर्चाको शिर्ष नेतृत्व माझ बसेको लामो बैठक पछि पनि जीटीए मौजा अंतर्भुक्ति

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.