डी के
वाइबा: कालेबुङ 14 जून: दार्जीलिङ पहाडको बदलिन्दो राजनैतिक परिस्थितिलाई हेरेर जिल्ला
प्रशासन सक्रिय बनेको छ। दार्जीलिङ पहाडमा बर्तमान राजनैतिक परिस्थितिमा कुनै पनि
अप्रिय घटना नहोस भन्ने चाहना राखेर जिल्ला प्रशासनले बिभिन्न स्थानहरुमा र्याफ
फोर्सका जवानहरु उतारेका छन। यसै सिलसिलामा कालेबुङमा पनि जिल्ला प्रशासनले र्याफ
फोर्स उतारेको छ। क्षेत्रमा शान्ति श्रृङखला बनाईराख्न अतिरिक्त फोर्सहरु तैनाथ
गरेको आज अचानक कालेबुङ आईपुगेका जिल्ला पुलिस अधिक्षक कुनाल अग्रवालले जानकारी
गराए। तिनले हाल पहाडको स्थितिलाई ध्यानमा राखेर कुनै पनि अप्रिय घटना नहोस भनि
सक्रियता अप्नाएको जानकारी गराउँदै सिलगडीमा अतिरिक्त र्याफका जवानहरु तीन कम्पनि
तैनाथ राखिएको पनि तिनले जानकारी गराएका छन। जिल्लामा कुनै कारण अशान्ति सृजना
नहोस भनेर राज्य सरकारले नै उक्त फोर्सहरु तैनाथ गरेको जानकारी गराउँदै आवश्यक परे
सिलगडीमा राखिएको फोर्सहरु पहाडमा तैनाथ गरिने तिनले जानकारी दिए। यसै क्रममा लक
भग बर्ष दिन अघि पेदोङमा भएको जिना प्रधान ह्त्याकाण्डबारे तिनलाई प्रश्न गर्दा
उक्त हत्याकाण्डको समय आफुले जिल्ला पुलिस अधिक्षको पदभार नलिएको जानकारी गराउँदै
हाल उक्त हत्याकाण्डको मुद्दा हेरेको अनि यसबारे आफैले जाँच गर्ने तिनले जानकारी
गराए। जिना प्रधान हत्याकाण्डको मुद्दा खुबै गहन रहेको बताउँदै यसबारे यथाशिघ्र
पहल गर्ने तिनले बताउँदै घट्नाको सम्पूर्ण जानकारी पुलिस थानाबाट लिने थब पुलिस
अधिक्षक कुनाल अग्रवालले बताएका छन।
शान्ति श्रृङखला बनाईराख्न जिल्ला प्रशासन सक्रिय
14Jun2012
Post a Comment