जीटीए पञ्चायत भन्दा सानो हो किन भने पञ्चायत जस्तो संवैधानिक समेत छैन – छेवाङ भोटिया

कालेबुङ, 28 सितम्बर। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुनाउको मुखैमा तृणमूल कङ्ग्रेस पार्टीमा सामेल हुने छेवाङ भोटियाले जीटीएलाई दागोपाप भन्दा पनि निम्न स्तरको भनि टिप्पणी गरेका छन। तृणमूल कङग्रेस कालेबुङ खण्ड दुईका अध्यक्ष छेवाङ भोटियाले आज पत्रकारहरुसंग कुराकानी गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको कुरा गरेर दागोपाप भन्दा तल्लो स्तरको व्यवस्था स्वीकार गर्नु भन्दा पहाडको निम्ति छैटौ अनुसूचिनै ठिक हो भने। तिनले बिगत दिनमा छैटौ अनुसूचिको बिरोध गर्नुको कारण छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति हो भन्दै छैटौ अनुसूचिबाट केन्द्र शासित प्रदेश हुँदै छुट्टै राज्यको ढोकामा पुग्न सक्ने समेत दाबी गरे। जीटीए चुनाउ समाप्त भएर मौन बसेका छेवाङ भोटियाले आज गोजमुमो पार्टीको तिखो आलोचना गर्दै मोर्चाले गोर्खाल्याण्डको नाममा झुक्काएर फेरि अर्को दागोपाप ग्रहण गरेको भनि दाबी गरे तिनले दागोपाप भन्दा पनि सानो इकाई मोर्चाले छुट्टै राज्यको नाममा ल्याएर जनतालाई भ्रममा पारेको बताउँदै जीटीए पञ्चायत भन्दा पनि सानो कुरा हो भने। तिनले जीटीए पञ्चायत भन्दा सानो हो भन्ने तर्कलाई पुष्टि गर्दै पञ्चायतमा संवैधानिक व्यवस्था हुनछ भने जीटीएमा संवैधानिक सुरक्षा छैन साथै आफ्नो कानून निर्माण गर्ने हक  पनि छैन भनि पत्रकारहरुलाई जनाए यस्तो अवस्थाम पहाडको निम्ति बरु जीटीए भन्दा संवैधानिक सुरक्षा भएको छैटौ अनुसुचिनै ठूलो हो भनि छेवाङ भओटियाले अझ बताएका छन। तिनले छैटौं अनुसूची भनेको पाकेको फल हो भन्दै यो फल खाएपछि अर्को फल भनेको राज्य सम्मुखिन फल छ। तर जीटीएको अर्को फड्‌को के हो? भनि प्रश्न समेत गरे। य्सै अवसरमा तिनले दार्जीलिङ पहाडको तृणमूलले मुख्यमन्त्री ममता व्यानर्जीसित पहाडमा छैटौं अनुसूची लागू गर्ने अपील गर्नेछ भनि अझ जनाएका छन यस अवसरमा  भोटियाले पुरानो भाका फेरेर सुवास घिसिङको समेत प्रश्ंसा गरे। पहाडमा सुबास घिसिङले छैटौं अनुसूची लागू गर्न जुन प्रयास गरेका थिए, अहिले आएर त्यो प्रशंसायोग्य रहेको पत्तो पाइएको छ भन्दै तिनले सुबास घिसिङ पैसाको पछि कुद्ने व्यक्ति होइन भनेर तिनले दागोपापमा छोडेको 1 सय 41 करोड रुपियॉंले प्रमाणित गर्छ, जो मोर्चाका नेताहरूले सकेको छ भनि दाबी समेत गरे।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुनाउको मुखैमा तृणमूल कङ्ग्रेस पार्टीमा सामेल हुने छेवाङ भोटियाले जीटीएलाई दागोपाप भन्दा पनि निम्न स्तरको भनि टिप्पणी गरेका छन।

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.