सिटोंग, २० जनवरी| रोजगारको
निम्ति रचनात्मक सोच राखेर
अघि बडनेहरुका लागि अवसरको
कमि हुँदैन भन्ने तथ्यलाई चरितार्थ
पारेर देखाएको छन ‘दार्जीलिंग
स्पाइस’ (Darjeeling Spice) नामक कृषकहरुको समूहले
| बाबु-खोला, पोखरेबुंग-पुलुङदुंग
अनि अप्पर मामरीङका १८ कृषकहरुको
समूह हो ‘दार्जीलिंग स्पाइस’|
रोजगारको अवसर पाइएन भन्दै
पहाडका युवाहरु गुनासो गरिरहेका
समयमा पहाडकै कृषि उत्पादहरु
हर्दी, अदुवा अनि डल्ले खोर्सानीलाई
प्रयोग गरि तिनीहरुका धुलो
बनाएर प्याकेटिंग गरि बजारमा
उतारेका छन् | ती १८ सदस्यहरुले
जम्मा तीनवटा समूह बनाएर काम
बाँडेका छन् जसमा हिमालयन
एकता समुह पोखरेबुंग-पुलुङदुंग
अनि चेतना समुह अप्पर मामरीङका
सदस्यहरु काँचो पदार्थ बटुली
धुलो पार्ने कार्य गर्छन भने
सुनखरी समुह बाबु खोलाले प्याकेट
अनि पाउचहरुमा ती धुलोहरु भरेर
बजारमा बेच-बिखनका निम्ति तयार
गर्छन | उनीहरुको यस कार्यलाई
प्रोत्साहन प्रदान गर्दै गैर-सरकारी
संस्था चाइ प्रोजेक्ट ( CHAI PROJECT)
ले आर्थिक सहायता गरेको बताउँछन
समुहका एक सदस्य | उनीहरुको
यो प्रकल्प जिल्ला उद्योग केन्द्रमा
पनि पंजीकृत भइसकेको छ | दार्जिलिंग
स्पाइसले गत वर्ष नवम्बर ९
तारिकको दिन आफ्नो पहिलो उत्पाद
‘दार्जीलिंग स्पाइस अदुवा
पाउडर’ बजारमा उतारेको थियो
भने १२ जनवरी २०१३ मा डल्ले
खोर्सानीको धुलो उपलब्ध गराएको
थियो | अब चाँडै नै पहाडे हर्दीको
धुलो बजारमा आउने उनीहरुले
जनाएका छन् | अरुका निम्ति खट्नु
भन्दा सानोभन्दा सानो उद्योग
खोलेर भए पनि आफ्नै मालिक हुनु
जाति भन्ने उक्तिलाई पच्छ्याउदै
दार्जीलिंग स्पाइसले उठाएको
कदम स्वागतयोग्य अनि अनुकरणीय
छ |
श्रम, शिप, जाँगर, धैर्य र दुरदर्शिता
भए कहिँ पनि आय उपार्जनको स्रोत
भेट्न सकिन्छ अनि आफ्नो साथै
आफ्नो समाजको निम्ति केहि गर्न
सकिन्छ | हामी आजभोली बडी सुविधाभोगी
भएकै कारण हामीमा काम गर्ने
जागर अनि जोश नरहेर आश्रीत
जस्तो मानसिकता बोकी जताततै
ठोक्कर खाइहिडेको हो भन्ने
अनुभवी व्यक्तिहरुको मनसाय
छ | अहिले कम्प्युटरको युग भन्दै
धाक लगाउने जमातले वास्तवमा
भिरको चिन्डो भएर बाच्नुभन्दा
आफ्नो मालिक आफै भइ पहाडमा
कुनै न कुनै उद्योग समातेर
त्यसैलाई सम्हाली अघि बढ्ने
सुझाव उनीहरुको रहेको छ | खाने
मुखलाई जुँगाले नछेक्ने हुनाले
अल्छे तिघ्रो स्वादे जिब्रो
नगरी कार्य गर्नुपर्नेमा जोड
दिन्छन जानिफकार व्यक्तिहरु
| कर्म गरे फल अवस्य नै पाईन्छ
भने सो फल आफ्नो कर्मको गुणस्तर,
लगन र मेहनत अनुरुप नै पाईने
हुनाले पहाडका अधिकांस युवाहरु
अब दिग्भ्रमित नभइ रहेर कर्मक्षेत्रमा
लाग्नुपर्ने र रोजगारका विविध
क्षेत्रहरु खोजिनिकाल्नु
पर्ने समयको आवश्यकता देखा
परेको छ |
Post a Comment