विकासको मुख हेर्ने कालेबुङवासीको दृष्टि धमिलिँदै गइरहेको छ

Darjeeling GTA celebration
कालेबुङ 27 जून। प्रदीप लोहगुन: गोरामुमोको 21 बर्षे शासनमा ढाँचागत विकासबाट बञ्चित बनेर जर्जरित कालेबुङलाई गोजमुमोले देखाएको कायाकल्पको सपना पनि बिपनामा परिणत हुन एक युग नै लाग्ने हो कि भन्ने प्रश्न जनमानसको मनमा तैरिन थालेको छ। मोर्चाले घोषणा गरेको कैयौं विकासमूलक योजनाहरु कार्यान्वयन हुन भइरहेको ढिल्याइ अनि शिलान्यास भएका परियोजनाहरुको निर्माणकार्यको प्रगतिमा देखा परेको सुस्तताले विकासको मुख हेर्ने कालेबुङवासीहरुको दृष्टि धमिलिँदै गइरहेको छ। डम्पिङ ग्राउण्ड, पेयजलको संकट र ट्राफिक जाम कालेबुङ शहरको प्राथमिक समस्याहरु हुन भने यीबाहेक उच्च शिक्षा, पर्यटन आदिको क्षेत्रमा पनि विकासका धेरै काम गर्न बाँकी छ। जीटीए अस्तित्वमा आउन अघिदेखि नै गोजमुमो अध्यक्ष बिमल गुरुङले कालेबुङको विकासप्रति गहिरो सरोकार राख्दै आएका छन। नयाँ व्यवस्थाको गठन भएपछि झन तिनले यसका प्रमुखका रुपमा कालेबुङलाई विकासका प्रशस्तै कोशेलीहरु दिएका छन। तिनले नियमित रुपमा कालेबुङको भ्रमण गरेर यस क्षेत्रको केही न केही नयाँ योजनाको घोषणा गर्ने गरेका छन। कालेबुङको सुन्दरीकरण र ढॉंचागत विकासको निम्ति जीटीएले करोडौं रुपिँयाको परियोजनाहरू तयार पारेको छ। तिनले गरेका घोषणाहरूमध्ये केही योजनाहरूको निर्माणकार्य शुरु भएको छ भने अन्य परियोजनाहरूको निम्ति निर्माण लागतको अनुमोदन प्रक्रिया जारी रहेको विभागीय अधिकारीहरूको भनाइ छ। यद्यपि, कतिवटा योजना शिलान्यास भएको महिनौं वितिसक्दा समेत निर्माण कार्य अघि बढ्‌न नसकेको पनि देखिएको छ। जीटीएको विकास र पूर्वाधार निर्माणको निम्ति नोभेम्बर महिनामा नै जीटीएले 6 सय करोडको परियोजनाहरु सरकारलाई पठाइएको बताइएको थियो। कालेबुङमा पेयजल, शिक्षा, स्वास्थ्य, सडक, डम्पिङ ग्राउण्ड, मोटर स्ट्याण्डका समस्याहरुलाई जीटीएले चरणबद्ध रुपले समाधान गर्दै लाने आश्वासन जीटीए प्रमुखले दोहोर्‍याउँदै आएका छन। कालेबुङमा शिक्षा र पर्यटन उद्योगलाई आयको मजबूत स्रोत बनाउन सक्ने गरी जीटीएले पूर्वाधारहरुको निर्माण र बिकास गर्ने तिनले दाबी गर्दै आएको भए पनि यस दिशामा पनि भनेजस्तो कार्य नभएको गुनासोहरू सुनिन थालेको छ। जीटीए पर्यटन विभागका कार्यकारी निर्देशक सोनाम भोटियाले केही दिअन अघि जारी गरेको तथ्याङअनुसार कालेबुङमा नयॉं पूर्वाधारहरूको निर्माण अनि विकासमूलक परियोजनाहरूको निम्ति जीटीएले लगभग 66 करोड रुपिँया खर्च गर्ने तय छ। जसमा मॉं सन्तोषी भेहिकल पार्किङ कम्प्लेक्सको निम्ति 17 करोड रुपिया, त्यहॉं विस्तापित हुनसक्ने लगभग 50 परिवारको पुनर्वासको निम्ति अझ दुइचार करोड रुपिँया बढाइने, कफेरको सरकारी लज डॉंफे-मुनालको आधुनिकीकरणको निम्ति एक करोड सात लाख, गोरुबथानस्थित दालिनगढीको पुनर्निर्माण गर्न 90 लाख, चेलखोलाको सुन्दरीकरणको निम्ति 75 लाख, लाभानजिक रहेको पर्यटनस्थल रिकीसुमको पूर्वाधार निर्माणको निम्ति 76 लाख, डेलो टुरिष्ट लजको बिजुलीसजावटको निम्ति 14 लाख रुपियॉं आदि जीटीएले अनुमोदन गरिसकेको उनको भनाइ थियो। विभागीय तथ्याङ्‌कअनुसार, रेलीमा पर्यटन विकासको पूर्वाधार निर्माण गर्न वाटर किङ्गडमको निम्ति आठ करोडको बजेट छुट्टाइएको छ भने लाभाको नोकडॉंडा, कालेबुङ र चित्रेको पर्यटन स्वागत केन्द्र(टीआरसी), टिस्टानजिक त्रिवेणीको विभागीय लज, लाभाको छाङ्गे फल्स, मूलखर्क आदि स्थलहरुको पूर्वाधार विकास, आधुनिकीकरण, सुन्दरीकरण र मरम्मतसम्भारको निम्ति जीटीएले करोडौं रुपियॉं खर्च गर्ने भएको हो। जीटीएद्वारा घोषणा गरिएका यी परियोजनाहरू साकार भएको खण्डमा कालेबुङको कायाकल्प गर्नका साथै आर्थिक रुपले स्वनिर्भर बन्न धेरै सहयोग हुनेछ तर यी घोषणा र परियोजनाहरू कागजी प्रक्रियामा मात्र सिमित रहे विकासको मुख हेर्ने कालेबुङवासीहरूको सपना र आकाङ्क्षा पनि अधूरै रहनेछ। 

गोरामुमोको 21 बर्षे शासनमा ढाँचागत विकासबाट बञ्चित बनेर जर्जरित कालेबुङलाई गोजमुमोले देखाएको कायाकल्पको सपना पनि बिपनामा परिणत हुन एक युग नै लाग्ने हो

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.