आउँदो लोकसभा चुनाव
अनि गोर्खाल्याण्ड मागलाई लिएर चलिरहेको अन्योलपन र उताउलोपनलाई केलाउँदा
जनताले भोट कसलाई र किन दिनु पर्ने भन्ने
विषय अझै पनि आधाकल्चो नै रहेको पाइन्छ | यही सन्दर्भमा लोकसभा चुनावको निम्ति खडा
भएका कुन उम्मेदवारले गोर्खाहरुको भाग्यमा नयाँ बिहानी ल्याउँला त्यो केवल
अड्कलबाजी मै सिमित छ | दार्जीलिंग पहाडको
शक्तिशाली राजनैतिक दल गोजमुमोले यसपल्ट पनि बिजेपीलाई सघाउँदै गोर्खाल्याण्ड
गठनको आशा राखेका छन् | गोजमुमो समर्थित बिजेपी उम्मेदवार एसएस अह्लुवालियाले पनि
दार्जीलिंग पहाड भ्रमण बीचैमा आफ्नो दल स – साना राज्य गठनको पक्षमा रहेको र
गोर्खाल्याण्ड गठन प्रति आफ्नो दलले सकेसम्म जोड दिने बचन दिएका छन् मोर्चा अनि
जनतालाई भने उसै दलको बङ्गाल युनिटले भने आफुहरु गोर्खाल्याण्डको पक्षमा नरहेको
अनि यसको घोर विरोध जनाउने पक्षमा छन् |
उता दार्जीलिंग
डुवर्स युनाइटेड डेव्लप्मेंट फाउन्डेसनको नाम लिएर अघि बढेका प्रो० महेन्द्र पी०
लामालाई सघाउने अनि विरोध गर्नेहरुको लस्कर पनि कम छैनन् | प्राय: जसो शिक्षित
जमातले नै प्रो० लामाको उदेश्यलाई समर्थन गरेका छन् | आफू एकपल्ट एमपी हुन पाए
गोर्खाल्याण्डको मागलाई अझ तिब्र पार्ने अनि यदि उनले उठान गरेको मागको सुनवाई नभए
एमपी पदबाट राजिनामा दिंदै तिब्र आन्दोलन चड्काउने उनको विचार रहेको पाइएको छ |
यता अन्योल जनताले उनको विषयमा पनि शंका गर्दै प्रशनहरु तेर्साउन पछि परेका छैनन्
| वास्तवमा लामालाई एमपी बनाउँदाको लजिकल एडभान्टेज के छ त ? के एकजना एमपी
हुँदैमा गोर्खाल्याण्ड निर्माण गर्न सकिन्छ त ? एकजना शिक्षित अनि भूमिपुत्र
उम्मेदवार भन्दैमा उनलाई विस्वाश गरिहाल्न पर्ने कस्तो बाध्यता छ ? के अहिलेसम्म
बनिएका गोर्खे एमपीहरु शिक्षित थिएनन ? एक निर्दलीय उम्मेदवारको संसदमा त्यति
मूल्य नरहने अनि एक राजनैतिक धरातलबाट गएको एमपीले जतिको समर्थन जुटाउन सक्छ त्यती
निर्दलीय उम्मेदवारले जुटाउन नसक्ने अनि उनीबाट उठाइएका प्रस्तावहरुलाई पनि भारी
मात्रमा विरोध हुने सत्यहरु जनताले पहिलेबाटै भोगिसकेको,देखिसकेको बताइएको छ |
यहाँसम्म कि एक निर्दलीय उम्मेदवारलाई संसदमा बोल्न दिइने कम्ति समय परिधि अनि
त्यस परिधि भित्र लामाले गोर्खाल्याण्डको विषय प्रस्ताव राम्रो उठान गर्न नसक्ने
जस्ता कुराहरु पनि जनताले अन्दाज लागाइसकेको पाइएको छ | आफुहरु राजनैतिक दल नरहेको
लामा पन्थीहरुले कसरी राजनैतिक चुनावमा खडा हुँदैछ ? केवल दार्जीलिंग – डुवर्स
बिकासबारे नै धेर कुरा गर्ने प्रो० लामाले कसरी गोर्खाल्याण्डको माग अघि लान सक्छ
जस्ता प्रशनहरु हिज आज दोकान,बाटो घाटो अनि कार्यलयहरुमा पनि मानिसहरु एकार्कामा चर्चा
– परिचर्चा गर्ने विषय बनिआएको पाइन्छ |
राजनैतिक जानकारहरु
बताउँछन् कि यदि बिजेपीलाई जिताउन सके संसदमा गोर्खाल्याण्ड मुद्दा जोड – तोडले
उठान हुनेछ र भोलि सरकार बिजेपीको हातमा आए पकै पनि गोर्खाल्याण्ड निर्माण सम्भव छ
र बिगतमा पनि जसवन्त सिंहले कुरा नउठाएका होइनन् र संसदमा गोर्खाल्याण्डको
मुद्दामा जोड तोडले बहश भएकै हो भन्ने बताउँछन् | यो सबै सम्भावना महेन्द्र पी
लामालाई जिताउँदा पाइनेछैन | यो पल्ट सरकार बिजेपीको हातमा आउने सम्भावना धेरै छ र
बिजेपी नै एउटा यस्तो राष्ट्रीय राजनैतिक दल हो जो स – साना राज्य निर्माणको पक्षमा
छ र हामीले यस्तो मौका गुमाउन दिनु हुँदैन अनि दार्जीलिंग पहाडको जनता यो समय सबै
एक भएर बिजेपीलाई सघाउनु पर्ने मन्तव्यहरु पाइएको छ | दार्जीलिंग पहाडमा
मानिसहरुले बिजेपीलाई गोजमुमो सम्झेर अनि गोजमुमोको विपक्षीय दलहरु भएको कारण
मात्र सघाउन हिच्किचाएका हुन् नत्र सबैलाई थाहा छ कि बिजेपीलाई सघाउँदा नै
गोर्खाहरुलाई फाइदा हुनेछ, एक भूमिपुत्र र शिक्षित उम्मेदवार भन्दै कतै हामीले
पहिले जस्तै एक ठगलाई एमपी बनाउन खोजेका त हैनौ ? – भन्ने जस्ता चर्चाहरु हिज – आज
धेर चड्किएको पाइन्छ |
वस्तुत: आहिलेसम्मको
गोर्खाल्याण्डको आन्दोलन र असफलतालाई ध्यानमा राख्दा अबउसो पहाडका राजनैतिक
दलहरुले क्षेत्रीय द्वन्दहरुलाई भुलेर राष्ट्रिय स्तरमा सोंच्न पर्ने आवश्यकता देखिन्छ | क्षेत्रीय राजनीति
गर्न अनि एकार्का प्रति दोषारोपण गर्न छोडेर राष्ट्रिय दलहरुसित हात मिलाउँदै
सम्बन्ध बलियो बनाए मात्र भोलिको दिनमा संसदमा उठाइएको गोर्खाल्याण्ड मुद्दालाई
धेरै समर्थन पाउन सक्ने अनि कहिल्यै गोर्खाल्याण्ड दिन नसक्ने त्रिनमूलको सरकारलाई
ध्वस्त पार्दै बङ्गालमा पनि बिजेपी फैलाउनमा सहयोग गर्ने यो सही समय हो र भोलि गएर
स – साना राज्यको पक्षमा रहेको बिजेपी दलले नै गोर्खाल्याण्ड दिलाउन सक्ने हुनाले
उनै दललाई सघाउनु बुद्धिमता हो |
यति मात्र नभएर
तेलंगना गठन हुन अघि आन्ध्र प्रदेशको कांग्रेसले पनि राज्य विभाजनको घोर प्रतिवाद
गरेका थिए तर अन्तमा तेलंगाना राज्य गठन भएरै छोड्यो यसैले बङ्गाल बिजेपी युनिटको
गोर्खाल्याण्ड विरोधी मन्तव्यलाई बेसी महत्व नदिँदा हुने मन्तव्यहरु पोख्ने गरेका
छन् राजनैतिक पर्यवेक्षकहरु |
उता महेन्द्र पी०
लामा पन्थीहरुले पनि आखिर प्रो० लामालाई एकपल्टलाई एमपी बनाएकै राम्रो जो आज सारा
गोर्खाहरुलाई प्रतिनिधित्व गर्ने आफ्नै भूमिपुत्र उम्मेदवार, शिक्षित,दुरदर्शी
नेतृत्वलाई अनदेखा गर्नु ऐतिहासिक भूल हुन सक्ने बताउँछन् | यति मात्र नभएर
अहिलेलाई प्रो० लामालाई नै सहयोग गर्दै एमपी बनाएर भोलि लामाले पनि बिजेपीलाई नै
सरकार गठन गर्नमा सहयोग पुराउँदा हुने बिचार पोख्छन् एक पक्षका सचेत जनता भने एक
राजनैतिक दलबाट गएको एमपीले संसदमा जतिको
स्थान र समर्थन बटुल्न सक्छ
त्यति एक निर्दलीय एमपीलाई बटुल्न गाह्रै हुन्छ साथै प्रो० लामाले संसदमा उठान गरेको कुरा र अहलुवालियाले उठाएको कुरामा आकाश
- पातलको फरक हुन्छ | त्यसै
पनि बीजेपी सानो राज्य गठनको समर्थनमा रहेको दल साथै सरकार गठन गर्दै नरेन्द्र मोदीलाई प्रधान मन्त्री बनाउने योजना
बोकेको दललाई अहिलेदेखि नै
समर्थन गर्दै बहुमतले जिताउन सके भविष्यमा गोर्खाल्याण्डको मुद्दालाई
अघि बढाउन निकै नै सजिलो पर्ने ठान्छन् अर्को पक्षका सचेत जनता |
अन्तमा यस्तै अन्योलता, कौतुहलताको माझमा छ आउँदो
लोकसभा चुनाव अनि हाम्रो वर्षौ अघिदेखिको अल्झेको गोर्खाल्याण्ड राज्यको माग | जनताले जे
नै भने पनि अन्तमा गएर उ कुन राजनैतिक दलको छात्र छायामा निर्भर छ उनै राजनैतिक दलहरुको
जनसमर्थनमा भर पर्छ उठेका उम्मेदवारहरुको जीत अनि गोर्खाल्याण्डको आन्दोलन |
- राजेश थापा,मङपू