आज गोरामुमोको एक पथसभा स्थानीय
नालीडाड़ामा कैलाश पाख्रीनको
अध्यक्षतामा सम्पन्न भयो | सभालाई सम्बोधन गर्दै गोरामुमो
अध्यक्ष मन घिसिङले सम्पुर्ण
हाम्रो जातिको भाग्य निर्धारण
छैटौ अनुसूचीले मात्र गर्न
सक्छ र सबैले गोरामुमोको छत्रछायामा
बसेर छैटौअनुसूचीको लागि अघि
आई दिने अपील गरे | गोरामुमोको
मुद्धा छैटौअनुसूचीले जनतालाई
फाईदा हुने बताउदै हरियो
झन्डालाई सबैले बिश्वास
गरिदिने भन्दै मन घिसिङले उनको
पिता स्व: सुवास घिसिङ अनि गोरामुमोको
कारण नै आज छैटौअनुसूची बील
राज्य सभामाबाट लोक सभामा गईसकेको
र लोक सभामा मात्र पास हुन बाँकी रहेको कुरा जनाए | सम्पुर्ण
गोर्खा जातिलाई जनजाति मर्यादा
दिन पर्छ भन्ने गोरामुमो पार्टीको
टेक रहेको बताउदै छैटौअनुसूचीले
मात्र सम्पुर्ण गोर्खा जातिलाई
एक सुत्रमा बाध्न सक्छ भन्ने
कुरो पनि बताए | यसरी अर्को वक्ता
भूपु बिधायक एवं एचपीडब्ल्युयु
सिन्कोना जोन सभापति एनबी छेत्रीले
जीटीए सिन्कोनाको रखवाला मात्र
हो र सिन्कोनामा जीटीएले योजनाबद्ध
ढंगले कुनै पनि कार्य गर्न
नसकेको आरोप लगाउदै आज सिन्कोना
बगानको पैसा कोलकोताबाट आउछ
र जीटीएले यसलाई बाड़ने मात्र
काम गरेको छ भनि जनाए | छैटौअनुसूची
लागु गराउन सके सिन्कोना
र चिया बगान मात्र होइन पहाडको
सानो तिनो सम्पुर्ण उध्योग
धन्दा पूर्ण जीवित भएर जानेछ
अनि छैटौअनुसूचीमा आफ्नो
कानुन आफै बनाउने क्षमता भएको
कारण पनि हामीलाई छैटौअनुसूची
लागु गराउन अति आवश्यक छ भन्ने
कुरो छेत्रीले
राखे | यसरी चमन प्रधानले संचालन
गरेको सभामा गोरामुमो खरसाङ
ब्रान्च कमिटी सदश्य अनुप गुरुङ, गोरामुमो
महासचिव महेन्द्र छेत्री, अधिवक्ता
निरज जिम्बा आदिले सम्बोन्धन
गरे | गोरामुमो अध्यक्ष मन घिसिङले
आज बागौड़ा,माना बस्ती, घलेटार,शेल्फु, ७२
धुरा, लाठपन्चर, कालीझोड़ा सुन्तले, लोहापुल
हुदै मङपु आईपुगे भने उनले
मङपुको जनसभा पछि लाब्दा
बस्तीको पनि परिभ्रमण गरे |
Post a Comment
We love to hear from you! What's on your mind?