मङपुको वार्षिक दिपावली खेलकुद संगम यसवर्ष हुनेछैन

Mungpoo Annual Dewali Sports Meet
यसवर्ष मङपुमा वार्षिक दिपावली खेलकुद संगम अथवा चल्ती नाम मङपु स्पोर्ट्स सम्पन्न नहुने जानकारी प्राप्त भएको छ | त्यसताक अंग्रेजको शासनकालदेखि नै तमाशा भनेर सम्पन्न हुँदै आइरहेको ऐतिहासिक कार्यक्रम यो वर्ष स्थगित गरिने भएको छ | हरेक वर्ष भाई टिकाको भोलि र पर्सीपल्ट यहाँको जन मैदान सम्पन्न हुँदै आइरहेको यो महाखेलकुद संगम भनेको मङपुको निम्ति कालेबुंग मेला ग्राउण्डमा सम्पन्न हुने स्वतन्त्रता दिवस जस्तै वर्षकै सबैभन्दा भब्य कार्यक्रम हो | आज मङपु गेम्स एण्ड स्पोर्ट्स कमिटि सभापति तथा सिन्कोना बगान व्यवस्थापक जे सादाबाट प्राप्त जानकारी अनुसार कमिटिले एउटा सभा बसेर यसपल्टको गोर्खाल्याण्ड आन्दोलनको कारण दार्जीलिंग पहाडभरि तीन महिना सिन्कोना बगान लगायत सम्पूर्ण शैक्षिक संस्थानहरु बन्द रहेको कारण भर्खरै बन्द खोलिएपछि सिन्कोना बगानमा पनि थुप्रै थाँतीमा रहेको कार्यहरु पुरा गर्नु पर्ने जिम्मेवारी रहेकोले कामको चापचाप अवस्था छ साथै यहाँका विधालयहरुको पनि तीन महिनाअघिदेखि शिक्षामा बाधा भएकोले हरेक विधालयलाई आफ्नो सिलेबस पुरा गर्नु पर्ने जिम्मेवारी छ यसैले यस्तो अवस्थामा विधार्थीहरुलाई मार्च पास्ट र अन्य खेलकुदहरुमा भाग लिन असुविधा हुने भएकोले यसपल्टको दिपावली खेलकुद कार्यक्रम सम्पन्न नगर्ने निर्णयमा पुगेको छ | यति मात्र नभएर मङपु सिन्कोना बगानबासी आन्दोलन र बन्दको कारण आर्थिक रुपमा पनि धेरै कम्जोर भएको छ, हरेक सिन्कोना विभागहरुमा अहिलेघरि कामको चापचाप भएकोले यस्तो अवस्थामा सिन्कोना विभागबाट पनि खेलकुदमा अंशग्रहण गर्न नसक्ने जस्ता अनेकन असुविधाहरु मङपुबासीले भोगिरहेको हुनाले यसपल्ट आयोजक समितिले मङपुको महाकार्यक्रमलाई सम्पन्न गर्न नसकेकोमा खेद प्रकट गरेका छन् || 

यसवर्ष मङपुमा वार्षिक दिपावली खेलकुद संगम अथवा चल्ती नाम मङपु स्पोर्ट्स सम्पन्न नहुने जानकारी प्राप्त भएको छ | त्यसताक अंग्रेजको शासनकालदेखि नै तमाशा भनेर सम्पन्न हुँदै आइरहेको ऐतिहासिक कार्यक्रम यो वर्ष स्थगित गरिने भएको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.