अन्तिम लडाई भन्दै नफल्ने बन्तरुल खन्न लगाएर जनतालाई १०५ दिनसम्म भ्रमित बनायो – गोरामुमो मङपु

Gorkha National Liberation Front flag
गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा १०५ दिनसम्म सम्पूर्ण पहाड अचल राखेर गोर्खाल्याण्ड मागेको भन्दै आन्दोलन गरेर अन्तमा मोर्चाको एउटै पार्टीभित्र पनि मतभेद शुरु भएर बिनय पन्थी र बिमल पन्थी शुरु भएपछि पहाडका जनता लगायत राजनैतिक पार्टीहरुले विभिन्न मध्यम अनि तरिकाले आक्रोश पोख्न थालेका छन् | यता मङपु क्षेत्रमा पनि मोर्चा टुक्रिएर दुई भाग हुँदै बिनय – अनितलाई समर्थन गर्न थालेपछि यतिका दिनसम्म मौन रहेको गोरामुमोले  विफल आन्दोलनले जनतालाई व्यर्थै कष्ट दिएकोमा प्रश्न गर्न थालेका छन् | गोरामुमोको मजदुर युनियनले सिन्कोना मजदुर कर्मचारीको बन्द अवधिको वेतनको माग गरेको लगत्तै एकदिनपछि आज फेरि गोरामुमो मङपु युनिट सभापति चमनसिंह प्रधानद्वारा हस्ताक्षरित एउटा प्रेस विज्ञप्ति जारी गरेको छ | विज्ञप्तिमा भनिएको छ कि,     यसपल्टको आन्दोलनलाई अन्तिम लडाई भनेर नफल्ने बन्तरुल खन्न लगाएर सम्पूर्ण पहाडको जनतालाई १०५ दिनसम्म बन्द जुलुस नारामा भुलाएर साथै गोर्खाल्याण्ड जस्तो पवित्र शब्दमाथि भ्रमित बनाइयो | सम्पूर्ण पहाडको पाठशाला कलेज बन्द गरेर हाम्रो छोरा छोरीहरुको शैक्षिक भविष्यमाथि ठुलो मर्का – धक्का परेको सम्पूर्ण अभिभावकवर्गको भनाई आइरहेको छ | यो आन्दोलनको समयमा पहाडका साधारण जनताको मात्र छोरा छोरी होमियो तर आन्दोलन शुरु गर्ने नेताका नानीहरु विदेशमा पड्दैछन् | पहाडको सम्पूर्ण चियाबारी, सिन्कोनाबारी पनि आर्थिक अँध्यारो भएर गयो | ८६, ८८ सालमा गोरामुमोद्वारा गरिएको आन्दोलनमा स्वर्गीय सुबास घिसिंगको नेतृत्वमा ४० दिन ४० रातको बन्दले गोर्खा शब्द राज्य सरकारबाट खोसेर ल्याएको थियौं साथै सम्पूर्ण भारतभरि छरिएर बसेका गोर्खाहरुलाई भारतको संविधान अनुसार नागरिकता स्पष्ट बनाएका थिए | गोरामुमोले २८ महिनाको आन्दोलनपछि संवैधानिक रुपमा भएको स्वयक्ता शासन दार्जीलिंग गोर्खा पार्वत्य परिषद सहीछाप गरेपछि गोर्खाल्याण्ड भनेर जनतालाई दु:ख दिएन | १० वर्षसम्म आन्दोलन गरेर पहाडलाई तहस नहस पार्यो तर कसैलाई दु:ख नदिइकन पश्चिम बङ्गालको विधान सभामा छैटौं अनुसुचिको बील पास गराएर गोर्खाल्याण्ड जाने रोड म्याप तयार गरेको छ | तथापि षड्यन्त्रकारीहरुले यो बाटो रोकेर गोर्खाल्याण्ड बन्द गरेकोले अब यस सम्बन्धमा गोरामुमो अघि आएर छैटौं अनुसुचिलाई व्यवस्थित गरेर गोर्खाल्याण्ड जनतालाई दिने तय गरिसकेको छ | ६ दिसम्बर २००५ को दिन पश्चिम बङ्गालको राज्य सरकार र भारतको केन्द्र सरकारसित दिवंगत सुबास घिसिंगले गरेको सम्झौता अनुसार गोरामुमो अघाडि बढ्नेछ | गोर्खा पार्वत्य परिषदभित्र परेका भूभागलाई भारतको संविधानभित्र गाभेर भारतभरि छरिएर बसेका सम्पूर्ण गोर्खाहरुको अस्तित्व चिन्हारी स्पष्ट पार्नेछ | यो कार्य पुरा भएपछि गोर्खाल्याण्ड सजिलो एवम सम्पूर्ण शहिदको सपना पुरा हुनेछ | आगमी १६ अक्टोबरमा सम्पन्न हुने दुई पक्षीय वार्तामा दार्जीलिंग पहाड तराईको भविष्यको पक्षमा सठीक निर्णय हुनसक्ने मनसाय जनताले लिएका छन् | यसर्थ सम्पूर्ण दलका प्रतिनिधिले गोर्खाल्याण्डको विषयमाथि जोड दिएको हुनपर्छ भनी गोरामुमो मङपु शाखा अपिल गर्दछ ||

गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा १०५ दिनसम्म सम्पूर्ण पहाड अचल राखेर गोर्खाल्याण्ड मागेको भन्दै आन्दोलन गरेर अन्तमा मोर्चाको एउटै पार्टीभित्र पनि मतभेद शुरु भएर बिनय पन्थी र बिमल पन्थी शुरु

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.