ABGL all party meeting for Lok Sabha election

अभागोलीको सर्वदलीय बैठकमा प्रताप खातीले भने ‘सबै मिलेर एकजना प्रार्थी खडा गरौँ’

लोकसभा चुनावलाई लिएर पहाडका राजनैतिक दलहरूले आफ्नो राजनैतिक कसरत सुरु गरेको छ। विशेष गरेर आगामी लोकसभा चुनावमा दार्जीलिङ लोकसभा समष्टिबाट सबै मिलेर साझा उम्मेद्वारका रूपमा एकजना खडा गर्नुपर्ने चर्चा चलिरहेको अवस्थामा अखिल भारतीय गोर्खालिग पार्टीले सर्वदलिय वैठक डाकेर साझा उम्मेद्वारबारे चर्चा गरेको छ।
कालेबुङ शहरको श्यामा भवनमा अभागोलिको आयोजनामा उक्त सर्वदलिय वैठक सम्पन्न भएको थियो। वैठकमा अखिल भारतीय गोर्खालिग, जन आन्दोलन पार्टी, कङ्ग्रेस पार्टीका प्रतिनिधीवर्गसँगै विभिन्न संघ संस्थाका प्रतिनिधीवर्ग सँगै व्यक्ति विशेषको पनि उपस्थिति रहेको थियो।
वैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै अखिल भारतीय गोर्खालिग पार्टीका महासचिव प्रताप खातिले आगामी लोकसभा चुनावलाई लिएर गोर्खालिग पार्टीको पक्षबाट बन्दना राईको नाउँ प्रस्तावित रहेको बताएका छन्।
‘वर्तमान राजनैतिक परिस्थितिलाई अघाडी कसरी बडाउने अनि 2019 मा हाम्रो कस्तो टेक हुनपर्छ भन्ने विषयमा सर्वदलिय वैठक गरेका हौँ। यो वैठकको सुरुआत मात्र हो। हामीमा एकता निर्माण गर्न आगामी 23 जनवरी भन्दा अघि पुन: एकचोटी सर्वदलिय डाक्नेछौँ’ प्रताप खातीले वैठकपछि भने। उनले आगामी वैठकमा सबै दलका प्रतिनिधिवर्गलाई लिएर स्टेरिङ कमिटि समेत बनाउने योजना बनाएको बताएका छन्।
उनले सबै दलहरूलाई लिएर स्टेरिङ कमिटि बनाउन सके त्यस कमिटिले भविष्यमा अन्य दलहरूसँग बसेर कुराकानी गर्न समेत सजिलो हुने खातिले बताएका छन्। ‘यदि राष्ट्रिय राजनैतिक दलहरूसँग चर्चा गर्नु छ भने पनि हामी सबै गएर बात गरौँ भन्ने उद्देश्य हो। जबसम्म हामी एक हुँदैनौँ तबसम्म केहि हुँदैन। यसकारण वैठकमा पनि सबैले एक हुनपर्छ भन्ने कुरामा नै जोड दिएका छन्’ प्रताप खातीले भने।
यसैक्रममा उनले गोर्खालिग पार्टीको पक्षबाट प्रस्तावित प्रार्थीका रूपमा बन्दना राईको नाउँ प्रस्ताव गरेको भन्दै अन्य राजनैतिक दलका नेताहरूले पनि आ-आफ्ना पक्षबाट प्रार्थीको नाउँ प्रस्ताव गर्न सक्नेछन् भनि बताए। ‘हाम्रो पार्टीको पक्षबाट बन्दना राईको नाउँलाई प्रस्ताव गरेका छौँ। अरू दलका साथीहरूले अन्य कसैको नाउँलाई प्रस्ताव गर्न सक्छन्। सबैको प्रस्ताव भएपछि पुन: सर्वदलिय वैठक बसेर निचोड निकालेर एकजना प्रार्थी बनाउनुपर्छ भन्ने हाम्रो चाहना हो’ खातिले भने।
आगामी लोकसभा चुनावलाई लिएर अभागोलिले डाकेको आजको सर्वदलित वैठकमा पहाडका धेरजसो राजनैतिक दलका प्रतिनिधीहरू भने उपस्थित रहेको थिएन। जसबारे प्रश्न गर्दा उनले सबैलाई पत्र पठाए पनि पत्र ढिलो पाएको कारण पार्टीभित्र चर्चा गर्ने समय नपाएको हुनसक्ने भन्दै आगामी दिनमा पुन: पत्रचार गरेर सर्वदलिय वैठकमा बोलाउने उनले जानकारी दिएका छन्।
http://www.gafsaff.com/

लोकसभा चुनावलाई लिएर पहाडका राजनैतिक दलहरूले आफ्नो राजनैतिक कसरत सुरु गरेको छ। विशेष गरेर आगामी लोकसभा चुनावमा दार्जीलिङ लोकसभा समष्टिबाट सबै मिलेर

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.