यस वर्षको दान खालिङ साहित्य सम्मान -२०१९ साहित्यकार सुख नमलाई प्रदान गर्ने

Dan Khaling
सिलगडी नेपाली साहित्य संस्थानद्वारा प्रत्येक वर्ष संस्थानको स्थापना दिवस, गिरी जयन्ती तथा दान खालिङ जयन्तीको अवसर पारी दिसम्बर २६ तारिखका दिन प्रदान गरिने दान खालिङ साहित्य सम्मानका निम्ति उपयुक्त साहित्यकारको नाउँ छनोट गर्न गठन गरिएको चयन समितिको बैठक वास्ता भवन, न्यु रङ्गियामा बस्यो। समितिको बैठकद्वारा यस वर्षको दान खालिङ साहित्य सम्मान -२०१९ साहित्यकार सुख नमलाई प्रदान गर्ने निर्णय सर्वसम्मतिले लिइयो। सम्मानका रूपमा अङ्गवस्त्र, स्मृति चिह्न र नगद राशी रू. २०,०००/-(बीस हजार रूपिया) खालिङ परिवारका वरिष्ठ सदस्यका बाहुलीबाट प्रदान गरिने छ। उक्त चयन समितिका सदस्यहरू प्रोफेसर मोहन पी दाहाल, श्री मनप्रसाद सुब्बा अनि श्री ज्ञानेन्द्र खतिवडा थिए । सभामा संस्थानका तर्फबाट अध्यक्ष श्री वासुदेव पुलामी संयोजकका रूपमा उपस्थित थिए। सम्मान प्रदान गरिने कार्यक्रम आगामी दिसम्बर २६ तारिख २०१९ का दिन क्यापस क्रुसेड फर क्राइस्टको महानेम हल, न्यु रङ्गिया, शिवमन्दिर, सिलगडीमा आयोजना गरिने छ।

समितिको बैठकद्वारा यस वर्षको दान खालिङ साहित्य सम्मान -२०१९ साहित्यकार सुख नमलाई प्रदान गर्ने निर्णय सर्वसम्मतिले लिइयो। सम्मानका रूपमा अङ्गवस्त्र, स्मृति चिह्न र नगद राशी रू. २०,०००/-(बीस हजार रूपिया) खालिङ परिवारका वरिष्ठ सदस्यका बाहुलीबाट प्रदान गरिने छ।

Read latest post filed under Awards

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.