जीटीए युवा मोर्चाको आन्दोलन कालमा लागु भए पनि युवा मोर्चाले आन्दोलन नछोड्ने

कालेबुंग/डी० के० वाइबा - छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बढाउन गोर्खा जनमुक्ति युवा मोर्चाले राजनैतिक कसरत शुरु गरेको छ | हाल युवा मोर्चाका कार्यकर्ताहरु विभिन्न शाखा - प्रशाखाहरुलाई सक्रिय पार्ने दिशामा लागिपरेको छ | आगमी १८ दिसम्बरको दिन मंग्पूमा हुने युवा मोर्चाको जनसभापछि आन्दोलन - चर्काउने भएको छ | सोही विषयमा आज युवा मोर्चा केन्द्रिय समिति सदश्य तोप्देन भुटियाले युवा मोर्चाले गर्ने छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन नितान्त शान्तिप्रिय हुने दाबी गरे | बिगतमा देश काल र परिस्थितिलाई हेरेर गोजमुमो पार्टीले जीटीएमा सम्झौता गरेको बताउँदै आजको राजनैतिक परिस्थितिलाई हेरेर युवा मोर्चाले आन्दोलन गर्ने भएको पनि भुटियाले बताए | अहिले सम्पूर्ण युवाहरुलाई आन्दोलनको निम्ति जागरुक गर्ने कार्य गरिरहेको दाबी गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति केही नगर्ने राजनैतिक पार्टीहरुले आफुलाई व्यर्थको टिप्पणी नगर्नु भनी सुझाउ पनि तिनले दिएका छन् | युवा मोर्चाको आन्दोलन नाटक हो भनेर टिप्पणी गर्ने राजनैतिक दलहरुले आफुहरुले जतिको कार्य कसैले नगरेको पनि तिनले दाबी | अहिले गोजमुमो पार्टीका शिर्षस्थ नेताहरु जीटीए गठनको निम्ति लागी परेको पनि तोप्देन भुटियाले जनाए | तिनले युवा मोर्चाको आन्दोलन कस्तो हुने भन्ने कुरा भविष्यले नै निर्धारण गर्ने दाबी गर्दै यसबारे अहिले नै खुलासा नगर्ने तिनले जनाएका छन् | आगमी दिनमा जीटीए गठन भए युवा मोर्चाले कस्तो रणनीति अपनाउने भन्ने विषयमा समय कालमा नै खुलासा गर्ने तिनले थप बताए | यता गोजयुमो कालेबुंग महकुमा समितिका अध्यक्ष सुनिल प्रधानले मोर्चाले माग गरेको जीटीएलाई युवा मोर्चाले समर्थन अनि विरोध केही नजनाउने बताएका छन् | गोजमुमोले सम्झौता गरेको जीटीए युवा मोर्चाको आन्दोलन कालमा लागु भए पनि युवा मोर्चाले आन्दोलन नछोड्ने पनि तिनले दाबी गरेका छन् |एकातिर गोजमुमो पार्टीका शिर्षस्थ नेताहरु जीटीए चाडो लागु हुन पर्ने मागमा दौडधूप गरिरहेको छ भने अर्कोतिर युवा मोर्चा कार्यकर्ताहरु छुट्टै राज्यको आन्दोलन अघि बढाउने तरखरमा लागी परेका छन् | यस्तो अवस्थामा आगमी दिनमा दार्जीलिंगको राजनैतिक मोड कस्तो हुने हो भन्ने सबैलाई चाख लाग्दो विषय बनेको छ |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.