जनमुक्ति कर्मचारी संगठन रंगली रंग्लियट खण्ड तक्दाहले लिंग्से ग्राम पंचायतका कर्मचारीवर्ग माथि भएको आक्रमण प्रति खेद गर्दै जकस रंगली रंग्लियट खण्डको पक्षमा घोर भर्त्सना जाहेर गरेको छ | विज्ञप्तिमा जनाएको छ वर्तमान समयमा पंचायत चुनाव नभएको कारण जनप्रतिनिधि बिहिन ग्राम पंचायतको कर्मचारीवर्गले जनताको सक्दो सहयोग गरोरहेको छ | त्यसै पनि विभिन्न ग्राम पंचायतका कार्यलयमा पर्याप्त कर्मचारी नभएको कारण जनतालाई भने जस्तो सेवा पुराउन सकिरहेको छैन | यस्तो स्थितिमा आफ्नो कर्तब्य र जन सेवालाई आफ्नो बिशेष महत्व दिएकै छ , आफ्नो उत्तरदायित्वलाई पूर्ण कर्तव्यनिष्ठ भएर निभाएको जनाएको छ | अझ विज्ञप्तिमा भनिएको छ अलगडा खण्ड २ मा जुन घट्ना भयो त्यो बिसेष निन्दनीय छ , कुनै पनि समस्याको समाधान ग्राम पंचायतको क्षेत्राधिकारदेखि माथिको हुने बताएको छ जसको समाधान तथा निवारण खण्ड स्तरमा सम्भव हुन्छ | त्यसर्थ जनता र कर्मचारीवर्ग माझ तालमेल हुन जरुरी छ | जसको निम्ति वार्तालाप र बैठकबाट नै निष्कर्ष निस्कन सक्दछ | कर्मचारीवर्गलाई कुटपिट गर्नाले कर्मचारीवर्गले असुरक्षित अनुभव गर्दछ | ती दोषी ब्व्यक्तिहरुलाई प्रशासनले उचित कारवाही गर्नुपर्छ | उक्त घटनाको न्यायोचित कारवाही नभए यस तक्दाह खण्डका ११ वटा ग्राम पंचायतहरुमा पनि बन्द पालन गरिनेछ भनी एक विज्ञप्ति मार्फत जकस रंग्ली रंग्लियट खण्ड तक्दाहको दुवै सभापति के० पी० शर्मा अनि सचिव सुजित थापाले जानकारी दिएका छन् |
जनमुक्ति कर्मचारी संगठन तक्दाह खण्डले पनि लिंग्से ग्राम पंचायत घटनाको गर्यो भर्त्सना
13Jan2012
Post a Comment