लिंगसे ग्राम पंचायत घट्नाकाण्ड | जकसद्वारा क्रार्यलय बन्द | क्रामाकपाले ग-यो निन्दा

डी के वाइबा: कालेबुंग 13 जनवरी: लिंगसे ग्राम पंचायत कार्यलयमा भुईँचालोले क्षति पुगेका घरहरुको निम्ति आएको पैसा बिषयमा झडप हुँदा घाईते भएका पंचायत सहकर्मीले न्याउँ पाउँनुपर्ने माग गर्दै जनमुक्ति कर्मचारीले डाकेको कलेबुंग महकुमा क्षेत्रको तीनवटा खण्डबिकाश कार्यलय अनि 42 वटा ग्राम पंचायत कार्यलय आज पुर्णरुपले बन्द रहेको संगठनले दाबी गरेको छ। संगठनका अध्यक्ष खडक बिक्रम सुब्बाले पत्रकारहरु सित कुराकनी गर्दै सबै ग्राम पंचायत कार्यलहरु अनि तीनैवटा खण्डबिकाश कार्यलय बन्द रहेको दाबी गरे। तिनले ग्राम पंचायत सहकर्मी माथि भएको हमलाको निन्दा गर्दै जब सम्म दोषिहरु पुलिसले पक्राउ गर्दैन तबसम्म कार्यलयहरु बन्द गर्ने बताए। अहिले प्रथम चरणमा कालेबुंग महकुमा अन्तर्गत रहेको खण्ड बिकाश कार्यलय अनि ग्राम पंचायत कार्यलयहरु बन्द गरे पनि पुलिसले दोषिहरु चाँडो पक्रा नगरे आगमी दिनमा अझै कडा आन्दोलन गर्ने चेतावनी दिए। उक्त घटनाकाण्डमा बिनाकारण कर्मचारी माथि हातपाई गरेको आरोप लगाउँदै पंचायत कर्मीहरुले पैसा खायो भन्ने आरोप निराधार रहेको दाबी गरे। यस घटनाकाण्डले कर्मचारीहरु असुरक्षित रहेको स्पष्ट बनेको बताउँदै दोषिहरुलाई कडा सजाय दिनुपर्ने माग गरे। भुईँचालो पिडीतहरुको निम्ति सरकारबाट आएको पैसा कसैले हिनामिना गर्न नसक्ने दबी गर्दै पैसा पिडीतहरुको ब्यांक खातामा जमा भएको पैसा पंचायत कर्मचारीहरु निकाल्न नस्क्ने तिनले जनाए। उक्त घटनाकाण्डको बिभागले न्यायिक जाँच गर्नुपर्ने माग गर्दै कर्मचारीहरुलाई निराधार आरोप लगाउँनु नपाउँने माग गरे।
                यता क्रामाकपाले लिंगसे ग्राम पंचायतमा ब्यापक हिना मिना भएकै कारण जनता सचेत बनेर अघि आएको बताउँदै प्रत्येक जनता सचेत बनेर भ्र्ष्टचार बिरोधी अभियानमा निसक्नु पर्ने आह्वान गरेको छ। क्रामाकपा कालेबुंग खण्ड दुईका प्रभारी भीम गुरुंगले पत्रकारहरुसित कुराकानी गर्दै अहिले पंचायतमा मात्र नभएर दागोपापमा नै ब्यापक भ्रष्टचार भईरहेको आरोप लगाए। तिनले दागोपापमा तीस प्रतिशत काम गरेर सत्तर प्रतिशत घोटला भईरहेको आरोप लगाउँदै भ्रष्टचारी नोकारशाहरु समाजबाट मास्न सबै जागरुक बन्नुपर्ने आह्वान गरे। यस्तो घोटला भएकै कारण लिंगसे ग्राम पंचायतका मानिसहरु सडका ओर्लिन बाध्य बनेको बताउँदै यसलाई प्रशासन र बिभागले सामान्य लिन नहुने बताए। लिंगसे ग्राम पंचायतमा हिनामिनाको बिरोधमा निस्केका जनताहरुलाई क्रामाकपाको सलाम छ भन्दै समाजबाट नोकरशाहहरु मास्न क्रामाकपा सधै साथ रहेको बताए। यता जकसले खण्ड बिकास कार्यलय बन्द गरेको सन्दर्भमा तिनले निन्दा गर्दै यो भ्रष्टचारीहरुलाई प्रश्रय दिने कार्य भएको आरोप लगाए। घोटालाको बिरोधमा निस्केका जनताहरुलाई साथ र सहयोग गर्नको साटो उल्टा कार्यलय बन्द गर्नु नितांत दुखपूर्णॅ कुरा रहेको गुरुंगले थप बताए। 
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.