बिशेष प्रतिनिधी: कालेबुङ : युवा शक्तिले नै गोर्खाल्याण्ड आन्दोलनलाई अन्तिम टुङ्गोमा पुराउँन सकिनछ भनेर अहिले कालेबुङका युवाहरु युवा शक्ति सञ्चय गर्न थर्ड फोर्स (Third Force in Kalimpong to unite youth for Gorkhaland) नाम दिएर सक्रिय रहेको सुत्रले दाबी गरेको छ। छुट्टै राज्य गोर्खाल्याण्ड तब सम्म सम्भव छैन जबसम्म युवा जमातका मानिसहरु गोर्खाल्याण्ड आन्दोलनको औचित्य तथा आन्दोलन कसरी गरेर सरकारले रचेको षडयन्त्रहरु निर्मुल पार्न सकिन्छ भन्ने धारणा बिकास हुन आवश्यक छ भन्ने थर्ड फोर्सको धारणा रहेको छ। आन्दोलन केवल मुखले भनेर अनि जनतालाई सडकमा उतारेर हुँदैन किन कि आन्दोलनकारीहरुमा समर्पणको भवना हुन पर्छ भन्ने थर्ड फोर्सले सैद्धान्तिक अडान राखेको सुत्रले बताएको छ। अहिले युवा शक्तिलाई एककृत गर्न अनि आन्दोलनको रुपरेखा तयार पार्न व्यस्त बनेको पनि जानकारी पाईएको छ। थर्ड फोर्सले अहिले जीटीए तथा अन्य कुनै चानचुने मुद्दामा टाउको दुखाई नगरेर केवल गोर्खाल्याण्ड आन्दोलनकै निम्ति सबै शक्ति केन्द्रित गरेको पनि सुत्रले दाबी गरेको छ। यस समुहले सामुहिक नेतृत्वको कुरा तथा राष्ट्रिय आन्दोलनको कुरामाथि पनि टाउको नदुखाएको जनाएको छ। जबसम्म छुट्टै राज्यको औचित्य, आवश्यकता र व्यवहारिकताबारे आन्दोलनकारीलाई कुनै ज्ञान छैन तबसम्म कुनै पनि आन्दोलन सफल हुन नसक्ने थर्ड फोर्सको सोंच रहेको सूत्रले दाबी गरेको छ। अहिलेसम्मको आन्दोलनको रुपरेखालाई हेरेर थर्ड फोर्सले नयाँ रुपरेखा तयार पारिरहेको अनि हालसम्मको आन्दोलनहरुमा नेतालाई महामहिमको उपनाम दिएर भगवानको रुप नै मान्ने परम्परालाई समेत तोड्ने थर्डफोर्सको सिद्धान्त नै रहेको सुत्रले अझ बताएका छन्। सुबास घिसिङलाई महामहिम बनाएर बङ्गाल सरकारले आफूले चाहेको राजनीति गर्दै जनाकांक्षा दबाइने कार्य भएकोले नै विमल गुरूङ मार्फत दबाइएको आवाज प्रस्फुटन भएको थर्ड फोर्सले मानेको छ। मोर्चाको दलीय बनौट, नेतृत्वले गर्ने कार्यतालिका, सिद्धान्त र उद्देश्यको केन्द्रियता नै छैन भन्दै निश्चित उद्देश्यमा अडिक बस्न नसकेर परिस्थिति अनुरुप मौखिक रणनीति गर्नुपर्दा आन्दोलनकारीहरु बिरुद्ध बिरोधी शक्तिहरु भारी पर्ने कुरायवा जमात अनि आन्दोलनकारीहरुले बुझ्न नितान्त जरुरी छ भन्ने थर्डफोर्सको धारणा रहेको सुत्रले बताएका छन्। यी नै कुराहरुलाई लिइर हाल थर्ड फोर्सले शिक्षित युवाहरूसित यसै विषयमा अन्तरक्रिया गरिरहेको बताइएको छ। सुत्रले दिएको जानकरी अनुसार अहिले पहिलो चरणमा तराई र डुवर्सका चुनिएका शिक्षित र सचेत युवाहरूसित थर्ड फोर्सका दस सदस्यीय समीक्षण सेलले अन्तरक्रिया गर्ने कार्य समाप्त गरेको छ। उक्त कार्यको समापन पछि अहिले फोर्सले दार्जीलिङका विभिन्न गाउँबस्तीमा शिक्षित युवाहरूसित सम्पर्क गर्ने कार्य शुरु गरिसकेको सुत्रले दाबी गरेको छ। दार्जीलिङ जिल्लामा अन्तरक्रिया र साङ्गाठानिक ढॉंचा तयार गरिसकेपछि देशभरिका गोर्खा बाहुल क्षेत्रका शिक्षित युवाहरूसित बैठक गर्ने अनि आन्दोलनको प्रारुप तयार पारेर एकै चोटि राष्ट्रिय स्तरको आन्दोलन शुरु गर्ने सुत्रले थप दाबी गरेका छन्।
Post a Comment
We love to hear from you! What's on your mind?