मंग्पू १८ मार्च|अनिल तेलैजा | केशर मोक्तान: तराई डुवर्स बिना जीटीएकों चुनाव कल्पना सम्म नगरे हुन्छ | जीटीए थापेको नै सिमानाकों निम्ति हो | यदी तराई डुवर्स अन्तरभुक्त नभए के कों निम्ति जीटीए? , पिन्टेल भिलेजकों सम्झौतामा भएको प्रावधिक गल्तिलाई हतियार बनाएर राज्य र केन्द्र सरकारले हामीलाई छल गर्न खोज्दैछ | जीटीए सम्झौता गर्दा नै मलाई सरकारकों नियतमा शंका लागेको थियो | मलाई जुन कुरा मन पर्दैन सरकारले त्यही गर्न खोज्दैछ | जीटीए ले राष्ट्रपतिकों अनुमोदन पाएपछि यसको अधिसुचना जारी गर्न अघि मोर्चालाई केही सोधेन | जीटीए र यसको चुनावकों अधिसुचना अलग अलग जारी हुन् पर्थ्यो तर यसो भएन | हामीले गरेको मान र ईज्जतकों बदला मुख्यमन्त्री ममता ब्यनार्जी ले छल कपट गरेर फर्काउन ख्जोज्दैछ | मंग्पू भेलालाई सम्बोधन गर्दे मोर्चा अध्यक्ष बिमल गुरुङले यसो भने | तराइ डुवर्सकों अन्तरभुक्ति बिना जीटीएकों चुनाव नगर्ने | हरेक पल्ट राज्य सभामा एकजना गोर्खा सांसद पठाउने गरेको पुरानो परम्परालाई कायम राख्नु पर्ने जस्ता गोजमुमोकों मागलाई मुख्य मन्त्री ममता ब्यनार्जीले पूर्णतय खारेज गरेपछि सिर्जना भएको तरल राजनैतिक परिस्थित विषय छलफल गर्न मोर्चा कोर कमिटि एवम पुर्व आविप नेता जोन बारला नेतृत्व बीच एक बैठक सम्पन्न भयो | आज मंग्पूकों पीडब्ल्युडी भवनमा एक आपतकालिन बैठक बस्यो | उक्त गुप्ती बैठक पछि मंग्पू कै रविन्द्र भवनमा भेला भएको मोर्चा तराई डुवर्सका प्रतिनिधि एवम आविप पंक्तिहरुलाई सम्बोधन गर्ने क्रममा मोर्चा अध्यक्ष बिमाल गुरुङले उक्त कुरा गरेका हुन् |
धेरै बोल्न चाहन्न | ४५ महिनाको आन्दोलनकों फल मानेर जीटीए लाई स्वीकार गरेको थियौ तर यसमा पनि सरकार पक्षबाट छल कपट भएको आरोप पनि गुरुङले लगाए | म सपनामा पनि तराई डुवर्स सम्झन्छु | हाम्रो नानीहरुले निधारमा गोली थापेको यही तराई डुवर्सकों निम्ति हो | सिमानाको निम्ति हो भन्दै उनले तराई डुवर्स चुनाव गर्न खोजेर ममता ब्यनार्जीकों सरकारले पहाड र तराई डुवर्स बीचकों सम्बन्धलाई टुटाउन खोजेको आरोप पनि उनले लगाएको छ | हामीले तराई डुवर्स छोड्नकों निम्ति सम्झौता गरेको होइनौ | मुख्य मन्त्री पहाड आउँदै रिबिन काट्दै फर्कियो | हाम्रै अघि थुप्रै चोटि बंग भंग होबेना भन्यो | हाम्रो मन त्यो बेला पनि पनि दुखेको थियो | तर हामीले सह्यौ | विपक्षीहरुले हामीलाई विभिन्न आरोप नलगाएको होइन त्यो बेला पनि हामीले मन बाधेर बस्यौ | त्यो सबै हामीले जीटीए मा तराई डुवर्स गाभ्नुकों निम्ति नै थियो भनेर गुरुङले सभालाई बताए | हामीले दिएको सम्मानकों बदलामा मुख्य मन्त्रीले हाम्रै टाउकोमा टेकेर राज्य साभाको एम ०पी० पनि चुडाएर लाग्यो भन्दै मोर्चा अध्यक्ष गर्जिए | राज्य सभामा गोर्खा एम० पी० पठाउने पुरानो परम्परालाई तोडेर त्रिनमूल नेत्रीले गोर्खाहरुको अस्तित्व संकटमा पारेको भन्दै अध्यक्ष गुरुङले राज्य सभा सांसदकों फैसला नभए सम्म आफ्नो चार जना एमएलए हरुले राज्य सभामा पाइला नटेक्ने घोषणा पनि गरे | विधान सभामा लुकी चोरी खेल्न जिताएर पठाएको होइन भन्दै उनले मनोनित सदश्यहरुले पनि जीटीए नचलाउने बताए | मोर्चाको मनोनित बडीले पनि तीन वटा महाकुमलाई लिएर बनेको जीटीए चलाउने छैन | त्यो जीटीए चलाउँछ भने सरकारले नै चलाओस | मोर्चाले जीटीए चलाउँछ भने तराई डुवर्स संगैकों जीटीए चलाउँछ पनि गुरुङले भने | यदि सरकारलाई चुनाव गर्ने हतार नै छ भने पंचायत चुनाव गराउँदा हुन्छ तर त्यो पंचायत चुनाव त्रिस्तारीय हुन पर्ने पनि गुरुङले बताए |
तराई डुवर्सलाई लिएर भावी रणनीतिहरुको घोषणा पनि गर्दे मोर्चा अध्यक्षले आजको सभामा सरकारलाई दिएको २७ अप्रेल कों अल्टिमेटम यथावत नै रहेको जानकारी दिए | आगमी ७ अप्रेलमा डुवर्सकों लागि दार्जीलिंगबाट पदयात्रा शुरु हुनेछ | यसमा मोर्चाका केन्द्रिय नेतृत्व देखि भात्री संगठनका प्रतिनिधिहरु पनि सामेल हुनेछ | १८ अप्रेल डुवर्सकों नगरकट्टामा मोर्चा एवम बारला पन्थीलाई लिएर विराट जानसभाकों आयोजना हुनेछ | २१ अप्रेल नगरकट्टाबाट पुन: कलकत्ताकों निम्ति पदयात्रा शुरु हुने जानकारी पनि गुरुङले दिएका छन् |
आज सभामा मोर्चाबाट अध्यक्ष स्वयं बिमल गुरुङ, महा सचिव रोशन गिरी लगायत तीनै महकुमाका विधायकहरु, स्टडी फोरमका शिर्ष नेतृत्व, तराई डुवर्स बिकास परिषदका अध्यक्ष जोन बारला, विधायक विल्सन चम्रमारी, लगायत डुवर्स चिया बगान ट्रेड युनियनका शिर्ष नेताहरु,गोर्खा जनमुक्ति मोर्चा तथा बिकाश परिषदका समर्थकहरुकों भारी मात्रामा उपस्थित रहेका थिए | सभालाई कालेबुंगका विधायक एवम मोर्चा प्रवक्ता डा० हर्क बहादुर छेत्री, पूर्व आविप नेता जोन बारला, मोर्चा महा सचिव रोशन गिरी एवम डुवर्स कालचिनीका विधायक विल्सन चम्पामारीले पनि सम्बोधन गरेका थिए | मोर्चा प्रवक्ता एवम विधायक डा० हर्क बहादुर छेत्रीले वर्तमान राजनैतिक परिस्थिति विषय अध्यक्षलाई वृतान्त सुनाए पछि अध्यक्ष कै निर्णयमा तराई डुवर्स बिनाकों जीटीए चुनाव नमान्ने निर्णय लिएको बताए | बिकाश भन्दा ठुलो सिमाना रहेको बताउँदै त्रिनमूल सरकारले गुनको बदला गुण नदिएकोमा मन दुखेको पनि छेत्रीले बताएका थिए | अबको आन्दोलन निर्णायक हुने बताउँदै उनले डुवर्सकों आन्दोलन सफल हुनमा डुवर्सबासीहरुको नै मुख्य भूमिका रहेको जनाए | चुनाव नभए जीटीए सम्झौता स्वत: रद्द हुने जान्दा जान्दै पनि तराई डुवर्स कै लागि चुनाव बहिष्कार गर्ने निर्णय मोर्चाले लिएको बताउँदै महा सचिव रोशन गिरीले अब तराई डुवर्सका कार्यकर्ताहरुले रात दिन एक बनाउनु पर्ने बताए | उनले हाइ पावर कमिटिको काम चाडो हुनपर्ने बताउँदै तराई डुवर्स कै लागी मोर्चाले जितेको लडाई दाउमा लगाएको पनि जनाए | अध्यक्ष गुरुङ एवम आविप नेतृत्व जोन बारलाकों आगमी रणनीति सुनेर त्यसै अनुसार डुवर्सबासीले काम गर्नु पर्ने पनि उनको भनाई थियो |
आविप पूर्व नेता जोन बारलाले पनि अब चुप बसेर नहुने, अरुको इशारामा काम गर्ने प्रथाकों अन्त भएको बताउँदै डुवर्सलाई लिएर भावी रणनीतिकों घोषणाहरु सभामा गरेका थिए | आगमी २२, २३ र २४ मार्च मा प्रत्येक दिन गेट मीटिंग हुने र उक्त मीटिंगमा जीटीएकों पनि चर्चा हुने उनले बताएका थिए | पहाडमा जस्तै प्रत्येक आइतबार जीटीएमा तराई डुवर्स अंतर्भुक्तिकों निम्ति दबाउ दिन जुलुश र पथ सभाहरु गर्ने जानकारी पनि बारलाले दिएका छन् |
आजको सभामा मोर्चा अध्यक्ष बिमल गुरुङले वर्तमान डुवर्स मोर्चा कमिटिमा फेर बदल गर्दे अध्यक्ष एवम सचिव पदमा नव नियुक्ति गरेको घोषणा पनि जनसभामा गरे | उक्त नयाँ कमिटिमा अध्यक्षमा पदम लामा अनि सचिव पदमा गणेश आले चयन भएको जानकारी पनि प्राप्त भएको छ |

Post a Comment