डी के वाइबा: कालेबुङ १४ मार्च: काले बुङकी बरिष्ट सहित्यकार सम्पूर्ण राई अब रहिनन। तिनले मंगलबार कालेबुङ मह्कुमा अस्पतालमा अन्तिम स्वास लिईन। आज तिनको अन्तिम संस्कार गरियो भने यस अवसरमा तिनलाई श्रदाञ्जली दिन मानिसहरुको ब्यापक भीड जमेको थियो। धेरै लामो समय देखि अस्वस्थ्य रहेकी राई शारिरिक असक्षमताको कारण हिँड डुल समेत गर्न सक्दैनन् थिए भने ओछ्यानमा नै लामो समयदेखि तिनी थला परेकी थिईन्। तिनको असामायिक निधनले नेपाली साहित्य जगतमा ठूलो क्षति पुगेको छ। ‘पूर्णेको जून’ शिर्षक कविता लेखेर नेपाली साहित्य जगतमा पर्दार्पण गरेकी समपूर्ण राई कालान्तरमा कथाकार बनिन्। यद्पी तिनलाई कविता प्रतिको मोह रहेको थियो। जसको कारण बिरामी अवस्थामा पनि तिनले कविता लेखिरहे जुन कविताहरुको संगालो ‘मरुभूमिको नदी’ आज भन्दा १६ दिन अघि मात्र यहाँको रामकृष्ण रङ्गमञ्चमा लोकार्पण भएको थियो। त्यही कृति नै तिनको अन्तिम कृति बनेको छ। उक्त कृतिको बिमोचन कार्यक्रम हुँदा समेत तिनी महकुमा अस्पतालमा नै पाचाराधीन रहेकी थिईन्। धेरै लामो समय देखि यहाँको महकुमा अस्पतालमा मृत्युसित जुझिरहेकी तिनी अन्तमा मृत्युसितको संघर्षमा हारिन्। आफ्नो मृत्यु अघि तिनले एउटा उपन्यास, कथा संग्रह अनि कविता संग्रह प्रकाशित गर्ने धोको रहेको बताएका थिईन यहाँको दैनन्दिनी समाचार च्यानलसितको अन्तरवार्तामा। लगभग चारवर्षदेखि अर्थराइटिस लगायतका अनेकौं रोगको कारण तिनको शरिरको तल्लो भाग चल्न सक्दैन थियो। सोहिकारण तिनी कतै जान मन लाग्दा समेत हिढेर जान सक्दिनन् थिए। मंगलबार त्यसै रोगले तिनलाई यस लौकिक संसारबाट संधेको निम्ति चुँडेर लगे। ५ अप्रेल सन् १९४८ को दिन जन्मेकी कथाकार समपूर्ण राईले नेपाली साहित्य भण्डारमा दुईवटा मौलिक कृतिहरु क्रमैले ‘नाभो’ कथा संग्रह अनि मरुभूमिको नदी’ कविता संग्रह अनि एउटा अनुवाद कृति दिईसकेकी छिन्। तिनलाई कथाको निम्ति सन् १९९५ मा स्रष्टा पुरस्कार अनि सन् १९९९ मा ‘अरुगी’ पुरस्कारले सम्मानित गरिसकेको छ भने कविता लेखेर नै तिनले सन् १९६८८ मा ‘रणधोज राणा स्मारक ट्रफी’ हत्याएकी थिईन्। तिनको साहित्यिक यात्रा ६० को दशकमा शुरु भएको थियो भने सन 1963 एसयूएमआई बाट प्रकाशित हुने पत्रिकामा तिनको ‘पूर्णेको जून’ शिर्षक कविता प्रथम प्रकाशित कविता रहेको थियो।
Post a Comment
We love to hear from you! What's on your mind?