मंग्पू, १४मार्च(केशर मोक्तान) कलिम्पोंगको बरिस्ठ साहित्यकार सम्पूर्ण राईको देहान्त भएको कुरालाई भारतीय नेपाली सहित्यको निम्ति एउटा ठुलो छती भएको बताउदै मंग्पू साहित्य परिसदको अध्यक्ष मोहन ठकुरी र मूल सचिव उदय थुलुंगले शोक प्रकट गरेका छन्| स्वर्गीय सम्पूर्ण राईका २ कृतिहरु कथासाग्रह{नाभो}(१९९६),र कवितासंग्रह {मरुभूमिको नदी}२०१२ मा प्रकाशित छन्| धेरै वर्ष सम्म नेपाली सहित्य अध्ययन समिति कलिम्पोंगमा उनको सक्रियता थियो अनि उनी एकताक सहित्य अकादमीको नेपाली भाषा सल्लाहकार समितिका सदस्य पनि थिए | उनको देहान्तमा घर परिवारमा मंग्पू साहित्य परिसदले गहिरो समबेदना पनि प्रकट गरेको छ | यसको साथै मंग्पूका युवा कवि, कथाकार एवम प्रकाशक उमेश उपमा र उनको परिवारलाई उनको पिताको देहान्त भएकोमा पनि मंग्पू साहित्य परिसदले शोक प्रकट गरेको छ |
Post a Comment
We love to hear from you! What's on your mind?