कमरेड्स म्याराथान गोर्खे शहिदहरुलाई समर्पित – रोश्नी राई

डी के वाइबा:कालेबुङ 2 मई : शिरमा भारतको राष्ट्रिय झण्डा अनि छातिमा हामी गोर्खा हौ अनि भारतीय हुनमा गर्व गर्छौको स्लोगान लेखिएको टि सर्ट लगाएर विश्वभरी अन्तराष्ट्रिय मईदिवस पालन गरिरहेको समयमा पहाडी एक्सप्रेस रोश्नी राई भने भारतीय गोर्खाहरुको परिचय अन्तराष्ट्रिय स्तरमा बाँड्न बाघपुल देखि पोदोसम्म 65 किलोमिटरको लामो म्याराथान दोड दौडिरहेकी थिईन। यस अवसरमा तिनलाई साथ दिन थप चारजना अन्तराष्ट्रिय धावकहरु क्रमैले क्रिपा सागर, श्री निवास, मनोज हवारी, बिश्वनाथन जयराम तिनको साथमा दौडिए। बिहान 5 बजे बाघपुलबाट सुरु भएको उक्त 65 किलोमिटरको दौड पहाडी एक्सप्रेस रोश्नी राई संगै अन्य धावकहरुले 10 घण्टा 40 मिनटमा पुरा गरे। तिनी आगमी 3 जुनको दिन दक्षिण अफ्रिकामा सम्पन्न हुने कमरेड्स म्याराथान दौडमा दौडिन जान अघि मुम्बईबाट यहाँ अभ्यास गर्न आएकी थिईन। राष्ट्रिय राजमार्ग 31 ए मा बिभिन्न राजनैतिक दलहरुको झण्डा लगाईएका वाहनहरु मजदुर दिवस कार्यक्रममा भाग लिन गईरहेको थियो। ठाँउ ठाँउमा मजदुर दिवस कार्यक्रम चलिरहेको थियो अनि रोश्नी राई संगै अन्य धावकहरु गन्तब्य स्थलमा पुग्न दौडिरहेका रहेका थिए। मुम्बई म्याराथानमा हामी गोर्खा हौ अनि भारतीय हुनमा गर्व गर्छौको स्लोगान लिएर दौडिएकी रोश्नी राईले तेस्रो स्थान निर्धारित समयमा पुरा गरेको कारण तिनी दक्षिण अफ्रिकामा हुने 89 किलोमिटरको लामो म्याराथान दौडमा चयन भएकी छिन। सोहि म्याराथानमा भाग लिन अघि अभ्यास गर्न आफ्नो जन्म थलो कालेबुमा तिनी आएका थिईन। हिमालयन म्याराथान रनर एसोसिएसनको आयोजनामा सम्पन्न अक्त म्याराथान दौडमा पहाडी एक्सप्रेस रोश्नी राई अनि अन्य चारजना धावकहरुले पेदो सम्मको 65 किलोमिटरको दौड पुरा गरिसकेपछि पेदोमा आयोजित कार्यक्रममा सबै धावकहरुलाई सम्मान जनाईयो भने रोश्नी राईलाई सोहि कार्यक्रममा अभ्यर्थना पनि जनाईयो। सोहि अवसरमा रोश्नी राईका बाबा अनि आमालाई पनि हिमालयन म्याराथान रनर एसोसिएसनको पक्षमा अध्यक्ष माला शेर्पाले उपहार प्रदान गरेर सम्मान जनाए। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै माला शेर्पाले पहाडका युवाहरुलाई बिशेष म्याराथान दौड प्रति आकर्षक गर्न रोश्नी राई लगायत अन्य धावकहरुलाई निम्ताएर म्याराथान आयोजना गरेको जनाईन। बर्तमान समयमा पहाडका युवाहरु नशालु पदार्थहरुको सेवन तथा अन्य लागु पदार्थहरुको सेवनहरुमा लगिरहेको कारण यस्ता नकारात्मक कार्यहरुबाट युवाहरुलाई हटाएर सृजनात्मक कार्यको बाटोमा ल्याउन यस्ता कार्यक्रम आफुहरुले गरेको तिनले थपे। यता म्याराथान धावक तथा पहाडी एक्सप्रेस रोश्नी राईले बिशेष भारतीय गोर्खाहरुलाई बर्तमान समयमा पनि बिदेशीको चश्माले हेर्ने गरेको कारण आफ्नो भारतीय गोर्खा जातीको परिचय म्याराथान दौडकै माध्यबाट बाँडन चाहेको बताईन। यसै सिलसिलामा तिनले आगमी 3 जुन 2012 को दिन दक्षिण अफ्रिकामा हुने कमरेडस म्याराथान सन 1921 मा भिक क्याल्प हामले आफ्ना शहिद सैनिक साथीहरुको स्मरणमा शुरु गरेको बताउँदै आफ्नो उक्त दौड भारतीय गोर्खे शहिद जवानहरु अनि छुट्टै राज्य गोर्खाल्याण्ड राज्य प्राप्तिको समयमा शहिद हुनेहरुको निम्ति समर्पित रहेको बताईन। यता अर्का अन्तराष्ट्रिय धावकद्वय कृपा सागर अनि बिश्वनाथन जयरामले पहाडमा म्याराथान दौड दौडिन पाउँदा अत्यन्तै खुशि लागेको बताए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.