रेशेप शाखाको तत्वधानमा मंग्पूमा श्रमिक दिवस पालन

मंग्पू | २ मई| केशर मोक्तान: अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा महा सचिव रतन लामा, गोजमुमो, मंग्पू जोन एवम गगन राई, सिन्कोना जोनल कमिटिको मार्ग निर्देशमा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन, रेशेप् शाखाको तत्वधानमा गन्ति घर प्रांगण, सरकारी कुइलेन बगान, रेशेप विभागमा युनियनका अध्यक्ष बिशोर कार्कीको सान्निध्यायमा श्रमिक दिवस भब्य रुपमा पालन गरियो | सम्पूर्ण कर्मचारी एवम श्रमिकवर्ग उपस्थित रहेको उक्त समावेशमा बगानमा निरन्तर खटिरहने वयोवृद्धा श्रमिक मातामही कृष्णमाया तामांग लगायत अन्यान्य पन्द्रह जना अवकाश आसन्न ज्येष्ठ श्रमिक मातामहीहरुका साथै विकलांग मजदूर दाज्यु भाइहरुलाई खदा अर्पण गरि शुभकामना अर्पण गरियो | गोजमुमोको पहलमा सर्वप्रथम वहाल गरिएको उक्त कार्यक्रममा श्रमिक दिवस पालनको औचित्य बारे प्रकाश पार्दै सिन्कोना निर्देशालय एवम सिन्कोना व्यवस्थापन अन्तर्गत यो वृहत उद्योगको बिशाल कडी श्रमिक स्वयम रहेकोले श्रमिकवर्ग हिन भावनाले ग्रसित नभई आफुलाई सक्षम र मर्यादा सम्पन्न ठान्ने साथै श्रमिकवर्गको हितमा बोल्दै आएको गोजमुमो एवम  दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन ले बताए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.