रुद्र आचार्यले बाबुको क्रिया पाँच दिनको प्यारोल पाए

डी के वाइबा:कालेबुङ 2 मई : बाबुको निस्प्राण शरिरलाई जंगलमा पुर्‍याई हिन्दु धर्म अनुसार अन्तिम संस्कार सकेर कोरामा बसेका समय कोरा स्थलबाटै पुलिसले लगेका युजीआरएफ डिपुटि चिफ रुद्र आचर्यले आज दश दिन पछि प्यारोल पाए। तिनको पक्षमा अधिवक्ता प्रभाकर देवानले आज यहाँको न्यायलयमा रुद्र आचर्यले बाबुको क्रिया गर्न प्यारोल पाउँनुपर्छ भनि अर्जी चडाउँदा अदालतले तिनको पाँचदिनको प्यारोल स्वीकार गर्‍यो। अदालतले तिनलाई पाँच दिनको प्यारोल दिए पछि कालेबुले पुलिसले तिनलाई यहाँको संशोधन गृहबाट छोडेर घरमा पुर्‍याउँन गए। यस अवसरमा संशोधन गृहबाट पाँच दिनको निम्ति बाबुको क्रिया गर्न छुटेका रुद्र आचर्यले आफु बाबुको मृत्य पछि दश दिन सम्म संशोधन गृहमा नै फलहरु खाएर बसेको बताउँदै अब घरमा गएर सबै बाबुको क्रियाको निम्ति गर्न पर्ने कामहरु गर्ने जानकारी दिए। पहिले बाबुको मृत्युमा पनि आफुलाई अदालतले जमानत नदिँदा दुखि बनेको बताउँदै ढिलै भए पनि अनतमा स्वर्गीय पिताको कर्म गर्ने मौका दिएकोमा न्यालपालिका प्रति तिनले आभार प्रकट गरे। सोहि क्रममा तिनको जमानतको निम्ति आवज उठाईदिने सबै संगठनहरु प्रति पनि आभार प्रकट गरे। सायद यस अदालतमा यस्तो प्रकारको मुद्दाहरु नआएको कारणले मलाई प्यारोल नदिएको हुन सक्छ, तर ढिलै भए पनि प्यारोल पाएको छु अनि आगमी दिनहरुमा यदि कसैको आमा बाबाको मृत्यु भएको खण्डमा लामो प्यारोल दिने संस्कारको सुरुआत होस भन्ने चाहन्छु – रुद्र आचर्यले भने। यता रुद्र आचर्यले पाँचदिनको प्यारोल पाए पछि युजीआएएफ प्रमुख अजय दहालले केहि बिलम्ब गरेर भए पनि पितृ शोकका परेका छोरालाई न्यायलयले प्यारोल दिएको सन्दर्भमा खुशि प्रकट गरे। आफुहरुले न्यालयमा विश्वास गरेकै कारण रुद्र आचर्यले अदालतमा आफुलाई आगेको आरोपहरु बिषय आत्मसमर्पण गरेको बताउँदै पहिले समयमा प्यारोल नदिदा धेरै दुखि बनेको तिनले जनाए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.