डी के वाइबा,
कालेबुङ 25 अगस्त: बिजुलीको बिल अहिले घरी पहाडका मानिसहरुको निम्ति समस्याको पोका
बन्दै गईरहेको छ। बिद्युत बिभागले उपभोक्ताहरुलाई बिद्युत प्रयोग गरेको भन्दा
अत्याधिक बिल पठाईरहेको कारण अहिले चारैतिर बिल सम्बन्धि जनगुनासोहरु आईरहेको छ।
बिद्युत बिभागले उपभोक्ताहरुलाई अत्याधिक बिल पठाईरहेको कारण अहिले घरी आफ्नो घरमा
जडान गरिएको बिजुली बिभागले काटिदिए उचित हुनेछ भन्न मानिसहरु बाध्य बनीरहेका छन। यसै
समस्याहरुलाई लिएरा आज यहाँको दुख निवारक सम्मेलनका ध्यक्षका उदय कुमाईको
नेतृत्वमा एउटा प्रतिनिधि टोलिले यहाँको बिद्युध बिभागका सह अभियन्ता संजीव
अग्रवालसित भेटवार्ता गर्यो। यस अवसरमा उक्त प्रतिनिधी टोलीले अहिले घरी पहाडका
बिभिन्न ईलाकाहरुमा मानिसहरुले अत्याधिक बिलको समस्या भोक्न परिरहेको बताउँदै यस
बिषयमा बिभागले यथाशिघ्र पहल गर्नुपर्ने माग गरे। दुख निवारक सम्मेलनका अध्यक्ष
उदय कुमाईले यस सम्बन्धमा बिभागको लापारवाही रहेको जनगुनासो बारम्बार आईरहेको
बताउँदै बिभागले कतिपय उपभोक्ताहरुलाई मिटर समेत रिडिङ नगरी बिल पठाउँने कार्य
गरिरहेको अवगत गराए। यस सम्बन्धमा बिभागले अत्याधिक बिल पाएका कतिपय उपभोकाहरुको
बील पुन कार्यलयमा जाँच गर्दा कार्यलयको डाटा अनुरुप केवल एक रुपिया मात्र बिल
उठेको पनि तिनले जानकारी गराए। उक्त बिषयलाई हेर्दा यस सम्बन्धमा बिभागकै लापार्वाही
रहेको तिनले थप आरोप लगाए। यसै क्रममा तिनले अहिले बिभिन्न स्थानहरुमा बिजुलीको
पोलहरु ढल्न लागेको अवस्थामा पनि बिभागले पोल परिवर्तन गर्ने कार्य नगरेको बताउँदै
यस बिषयमा पनि बिभागले यथाशिघ्र पहल गर्नुपर्ने माग गरे। प्रतिनिधि टोलीसंगै
अत्याधिक बिलको समस्याको चपेटमा परेका गोपाल दर्नालले आफुहरुले दैनिक कार्य गरेर
जीविका चलाउँन हम्मे हम्मे परिरहेको समयमा बिजुली बिभागले हाजारौ बिल पठाए पछि
आफुहरु भोकै बस्न पर्ने स्थिति सृजना भईरहेको बताए। तिनले बितेका महिनाहरु भन्दा
यस महिना अत्याधिक बिल आएको बताउँदै बिभाग प्रति आक्रोश पोखे। बिगत दिनहरुमा
अधिकतम चार सय रुपिया बिजुलीको बिल तिर्ने गरेको बताउँदै यसपल्ट भने 15 हजार 9 सय 15
रुपिया अनि 16 हजार 82 रुपिया गरेर मोठ 22 हजार 33 रुपिया बिल आएको बोङ बस्ति
निवासी गोपाल दर्नालले बताए। तिनले यत्रो बिजुलीको बिला आए पछि आफुहरु समस्या परेको
बताउँदै उक्त बिल बिभागाले लापारवाहीपूर्व पठाएर उपभोक्ताहरु माथि अत्याचार
गरिरहेको आरोप लगाएका छन। तिनले बिभागले आफुलाई अत्याधिक बिल पठाएकोमा आक्रोश
व्यक्त गर्दै बिभागले यस्तो लापारवाहीपूर्व बिल पठाउँछ भने आफ्नो घरमा जडान गरेको
बिल काटिदिए उचित हुनेछ भने। यसैक्रममा लाभा बजार निवासी नरप्रशाद शर्माले पनि
बिजुलीको बिला बिभागले अत्याधिक पठाएको बताउँदै आफुहरु समस्यामा परेको बताए। तिनले
यस बिषयमा आफुहरुले बिभागलाई अघिबाट जानकारी गराउँदा बिभागले पुन: जाँच गर्न
बिभागका कर्मचारीहरु घरमा आउँने प्रतिश्रुति दिएको बताउँदै बिहागबाट अहिले सम्म
जाँच गर्न कोहि नआएको तिनले दाबी गरेका छन। तिनले यस बिषयमा बिब्गागले यथाशिघ्र
पहल गर्नुपर्ने माग गर्दौ हाजारौ रुपिया बिजुलीको बिल तिरेरे बस्नु भन्दा बरु
पहिले जस्तै धिब्री बालेल बस्नु ठिक हुने पनि जनाएका छन।
Post a Comment
We love to hear from you! What's on your mind?