बिधायकहरुले जनताको आवजलाई बिधानसभामा उठाउँनुपर्ने क्रामाकपाको माग

डी के वाइबा, कालेबुङ 1 सितम्बर: गोजमुमो पार्टीले 44 महिना आन्दोलन गरेर ल्याएको जीटीए चुनाउ सम्पन्न भएर गठन भए पनि क्रामाकपाले भने यसलाई उपलब्धि होईन भनेको छ। तिनले जीटीए गठन भएर आगमी दिनहरुमा छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति थप क्षेत्र संकुचित बन्दै गईरहेको ठहर गरेको छ। क्रामाकपा कालेबुङ आण्ज़्चलिक समितिका अध्यक्ष किशोर प्रधानले आज पत्रकारहरु सित यहाँको पार्टी कार्यलयमा कुराकानी गर्दै पश्चिम बङगाल सरकारले गोर्खाल्याण्ड राज्यको मागलाई दवाउँन बाराम्बार षडयंत्र रचिरहेको बताउँदै जीटीए पनि यसै षडयन्त्रको  उपज हो भनि दाबी गरे। यस अवसरमा तिनले दार्जीलिङ पहाडका तीनजना बिधायकहरुको नम नलिईकन आलोचना पनि गरे। पहाडका मानिसहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा पहाडबाट चुनाउमा बिधायकहरु बिधानसभामा पठाएता पनि बिधायकहरु भने बिधान सभामा जनताको अकाक्षा बिरुद्ध मौन बसेको आरोप लगाएका छन। तिनले बिधायकहरुले बिधानसभामा गोर्खाल्याण्ड राज्यको मागलाई उठाउँनु आवश्यक रहेको बताउँदै गोर्खाल्याण्डको आवज नौठाउँनु खेदपूर्ण रहेको बताएका छन। यसै सम्बन्धमा तिनले हाल बङगालकी मौख्य मन्त्री ममता ब्यानर्जीले सिलगडी महकुमालाई दार्जीलिङ जिलाबाट छुट्ट्य़ाएर छुट्टै जिल्ला बनाउँने पहल गरिरहेको बताउँदै उक्त पहलले गोर्खाल्याण्डको आन्दोलनलाई आगमी दिनमा अझ घातक हुने दाबी गरेका छन। तिनले सिलगडीलाई जिल्ला बनाउँने मुख्यमन्त्री ब्यानर्जीको पहल बङगालबादले ग्रस्त मानसिकताको उपज हो भनि आरोप लगाउँदै माँ माटी मानुस केवल पहाडका मानिसहरुका निम्ति तिनले देखाउँने दाँत मात्र हो भनि जनाए। यदि ममता ब्यानर्जी साँच्चै माँ माटी मानुस भन्ने बिषयमा ईमान्दार छन भने पहाडका मानिसहरु दिर्घदिनदेखि रहेको छुट्टै राज्यको मागलाई समर्थन गरेर गोर्खाल्याण्ड गठनको निम्ति पहल गर्नुपर्ने पनि प्रधानले सुझाव दिएका छन। तिनले हाल सिलगडीमा पुलिस कमिसनरेट गठन गर्नुमा पनि ममता ब्यानर्जीको षडयन्त्र रहेको बताउँदै यसको बिधायकहरुले बिरोद्झ नगर्नुमा पनि खेद प्रकट गर्दै बिधायकहरु जनताको आवज उठाउँनको साटो उल्टै बङगालको गुनगान गाउँन व्यस्त रहेको पनो किशोर प्रधानले आरोइप लगाएका छन।

गोजमुमो पार्टीले 44 महिना आन्दोलन गरेर ल्याएको जीटीए चुनाउ सम्पन्न भएर गठन भए पनि क्रामाकपाले भने यसलाई उपलब्धि होईन भनेको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.