भेटेरेन्स क्लबद्वारा भरत छेत्रीलाई सम्मान

डी के वाइबा, कालेबुङ 1 सितम्बर: भारतीय हकी दलका अधिनायक गोर्खे खेलाडी भरत छेत्रीलाई आज कालेबुङ भेटेरेन्स क्ल्बले एक कार्यक्रमको आयोजना गरेर सम्वर्द्धना जनायो। यस अवसरमा भरत छेत्रीसंगै तिनका श्रीमती गिता छेत्री पनि उपस्थित रहेकी थिईन। कार्यक्रमा भरत छेत्री अनि तिनकी श्रीमतीले केक काटेर सबैलाई खुवाएपछि शुरु भएको कार्यक्रमा क्लबका प्रमुख संरक्षक क्याप्टन प्रकाशमणी प्रधान, पूर्व बिधायक गौलन लेप्चा लगायत, महकुमा अधिकारी एलन एन शेर्पा आदिको उपस्थिती रहेको थियो। यस अवसरमा हकी खेलाडी भरत छेत्रीलाई दोसल्ला, ढाका टोपि अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाईयो। कालेबुङ आफ्नो घरमा सपरिवार आएको अवसरमा आयोजित सम्वर्द्धना कार्यक्रममा नर्थ बेङगाल भेटेरेन्स क्लबका मूल सचिव ढेण्डुप भोटियाको बहुलीबाट छेत्रीलाई स्मृति चिन्ह प्रदान गरियो भने संरक्षक क्याप्टन प्रकाशमणी प्रधानले ढाका टोपि ओडाएर सम्मान जनाए। यस अवसरमा भरत छेत्रीले आफुलाई आफ्नै जन्मथलो कालेबुङमा सम्मान गरेकोमा हर्षव्यक्त गर्दै भेटेरेन्स क्लब प्रति आभार प्रकट गरे। तिनले यसवर्ष लण्डन ओलम्पिकमा आफ्नोदलले राम्रो प्रदर्शन गर्न नसके पनि आगमी दिनहरुमा राम्रो प्रदर्शन गर्ने जनाए। यस अवसरमा सबैले उत्साह प्रदान गर्ने पनि तिनले अपिल गरेका छन।

भारतीय हकी दलका अधिनायक गोर्खे खेलाडी भरत छेत्रीलाई आज कालेबुङ भेटेरेन्स क्ल्बले एक कार्यक्रमको आयोजना गरेर सम्वर्द्धना जनायो।

Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.