मंगलप्रिय स्वनिर्भर दलले ल्यायो मंग्पूमा “मिनी मिल”

मंग्पू | केशर मोक्तान: मंग्पू रेशेप ग्राम पंचायतका मंगलप्रिय स्वनिर्भर दलले आफ्नै कोषबाट मिनी मिल एवं पाउडर बनाउने मिशिन ल्याएर खाद्य समाग्री  पिस्ने काम शुरु गरेको छ | २००७ सालमा बेकरी युवा युवती स्वनिर्भर बन्ने उदेश्यले शुरु गरिएको मंगलप्रिय स्वनिर्भर दलले विभिन्न क्षेत्रमा धेरै उपलब्धी गर्दै आइरहेका छन् | यो सानो मिलले  यस ग्रामीण क्षेत्रबाट ल्याएका सम्पूर्ण हर्दी, गहुँ, चामल, अदुवा, खोर्सानी इत्यादि पिस्न सक्ने जानकारी दलको पक्षबाट सदश्य जीवन मिश्रले दिएको छ | उक्त मंगलप्रिय दलले आफ्नो उत्पादन बजारमा ल्याउने तरखर गरिरहेको छ भने यस मिनी मिलको उत्घाटन हालैमा पी० एस० छेत्रीको बाहुलीबाट गरिएको छ | त्यस उत्घाटन कार्यक्रममा रेशेप जी० पी० बाट आर० पी० निरु गुरुङ उपस्थित रहेका थिए भने कार्यक्रमको सभापति कृष्ण कुमार कार्की रहेका थिए | कार्यक्रमको शुरुमा गुरुजी मंगलदाशजीको तस्वीरमा प्रमुख अतिथि पी० एस० छेत्रीको बाहुलीबाट दिप प्रज्वलन गरियो |    

मंग्पू रेशेप ग्राम पंचायतका मंगलप्रिय स्वनिर्भर दलले आफ्नै कोषबाट मिनी मिल एवं पाउडर बनाउने मिशिन ल्याएर खाद्य समाग्री पिस्ने काम शुरु गरेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.