डी के वाइबा, कालेबुङ 6
सितम्बर। कालेबुङ नगरपालिका अध्यक्ष एल बी परियारले नगरपालीकाको
बागडोर सम्हालेको तीन महिना भित्र डम्पिङको समस्या समाधान गर्नेछु भनेर घोषणा
गरेको अनेकौ महिना बितिसक्दा पनि डम्पिङको समस्या भने समाधान हुन सकेको छैन। उक्त
समस्या समाधान हुनको साटो उल्टा समस्या समाधानको निम्ति यहाँको दलमान गाउँमा
निर्माणाधीन डम्पिङ ग्राउण्ड पनि नगर अध्यक्ष परियारले कार्य नै बन्द गरिएको छ।
जसको कारण नगर अध्यक्ष परियारकै बयान अनुसार छ करोड भन्दा अधिक धनराशी पानीमा बगेर
गएको छ। हाल नगरपालीकाले दार्जीलिङ पहाडको पवित्र नदी मानिने टिस्टामा शहरको मैला
अवैद्य रुपले फ्याँक्दै आईरहेको छ। यस सम्बन्धमा क्रमाकपाले अघिदेखि नै बिरोध
गर्दै टिस्टामा कालेबुङ नगरपालिकाको मैला फ्याँक्न प्रतिबन्ध गर्नुपर्छ भन्दै माग
गर्दै आईरहेको भएपनि नगरपालिकाले भने मैला लगातार रुपले टिस्टामा फ्याँकिरहेको
क्रामाकपाले दाबी गरेको छ। सोहि सन्दर्भमा आज पुन टिस्टा नदीमा मैला फ्याँकेको
बिरोध गर्दै कानुनी लडाई लड्ने तरखर गरिरहेको छ। यस समब्न्धमा आज यहाँको क्रामाकपा
पार्टी कार्यलयमा क्रामाकपा हाईवे जोनल कमिटिका अध्यक्ष सन्तोष प्रधानले कालेबुङ
नगरपालिकाले टिस्टामा मैला फ्याँक्केको सन्दर्भमा राज्यको प्रदुषण नियन्त्रण बोर्डमा
उजुरी दर्ता गरेको जानकारी गराएका छन। हाल नगरपालिकाले टिस्टामा मैला फ्याँकिरहेको
सन्दर्भमा आफुहरुले अघिबाटै नगरपालिकालाई लिखित बताउँदा पनि यस सम्बन्धमा कुनै
पदक्षेप ग्रहण नगरेको बताउँदै अब यस सम्बन्धमा कानुनी पहल शुरु गरेको बताए। टिस्टा
नदीमा मैला फ्याँक्नु कानुनी रुपले अवेद्य रहेको हुँदा हुँदै पनि नगरपालिकाले यस
सम्बन्धमा आँखा चिम्लेर मैला फ्याँकिरहेको कुरालाई उल्लेख गर्दै यस बिषयमा प्रदुषण
नियन्त्रण बोर्डले हस्तक्षेप गर्नुपर्ने पनि क्रामाकपाले माग गरेको तिनले जनाए।
हाल टिस्टामा लगातार मैला फ्याँकेको कारण टिस्टावरी परि प्रदुषण फैलिरहेको बताउँदै
उक्त मैलाको कारण नदीमा भएको बिलुप्त प्रजातिका माछाहरु मरीरहेको पनि तिनले दाबी
गरे। तिनले एकातिर सरकारले नदी सफा गर्न बिभिन्न योजनाहरु तयार पर्ने गरेको
बताउँदै यता दार्जीलिङ पहाडको स्वच्छ मानिने नदीमा भने नगरपालिकाले मैला फ्याँक्नु
कहाँसम्मको न्यायसंगत हो भन्दै प्रश्न गरे। आफुहरुले अघिबाटै उक्त मैला फ्याँक्नु
बन्द गर्ने मागमा अघिबाटै नगरपालिकालाई अवगत गराएको बाताउँदा कुनै पर्वाह नगरेपछि
अब कानुनी पहल शुरु गर्न बाध्य बनेको पनि प्रधानले बताएका छन।
यता यस सम्बन्धमा कालेबुङ
नगरपालिकाका अध्यक्ष एल बी परियार संग जान्न चाँहदा तिनले मैलाको समस्या समाधान
गर्न अहिले घरी पनि बैठकहरु गरिरहेको जानकारी दिएका छन। यस सम्बन्धमा तिनले
नगरपालीकाको समस्या मात्र नसम्झेर सबैले सहयोग गर्नुपर्ने पनि अपिल गरे।

Post a Comment
We love to hear from you! What's on your mind?