जनमुक्ति स्वंयसेवी शिक्षक सङ्गठनको खरसाङ महकुमा समिति गठित

janmukti volenteer teachers organisation.
सिटोङ,  जुन (स्वर्णभूमि सम्बाददाता) : बितेका धेरै समयदेखि पहाडका विभिन्न प्राथमिक पाठशालाहरुमा स्वंयसेवक-सेविकाका रुपमा कार्यरत शिक्षक शिक्षिकाहरुका आवश्यकता अनि मागअनुसार बिगत केही वर्षअघि ती स्वंयसेवी शिक्षक शिक्षिकाहरुमध्ये केहीलाई प्यारा शिक्षकको रुपमा नियुक्ति गरिएको थियो तथापि अझ पनि जीटिए क्षेत्रका धेरै प्राथमिक पाठशालाहरुमा अनेक स्वंयसेवी शिक्षक शिक्षिकाहरु कार्यरत रहेका छन् | जीटिए गठन संगसगै सबै स्वंयसेवक शिक्षक-शिक्षिकाको स्थायी नियुक्ति हुने आश्वासनमुताविक भएका ती नियुक्तिपछि रहेका स्वंयसेवी शिक्षक शिक्षिकाहरुले पनि  नियुक्ति पाउने आशामा उनीहरु रहेका छन् | गोर्खा जनमुक्ति मोर्चाको भात्री सङ्गठनको रुपमा कार्य गरिरहेको जनमुक्ति स्वंयसेवी शिक्षक संगठनले पनि उक्त नियुक्ति बिषयमा संघर्ष गरिरहेको थाहा लागेको छ भने सोहि क्रममा जनमुक्ति स्वंयसेवी शिक्षक संगठन केन्द्रीय समितिलाई विघटन – पुन : गठन गरिएपछि संगठन  सञ्चालन प्रक्रियालाई अझ सुदृद अनि प्रभावी पार्नर्न सङ्गठनले  महकुमा समितिहरु गठन गर्ने कार्य पनि थालेको समेत जानकारी पाइएको छ| यसै क्रमको पहिलो चरणमा खरसाङ पुष्परानी प्राथमिक पाठशाला भवनमा आयोजित केन्द्रीय समितिको सभामा जनमुक्ति स्वंयसेवी संगठन खरसाङ महकुमा समिति गठन गरिएको समाचार प्राप्त भएको छ  | केन्द्रीय समिति उपाध्यक्ष राजेन थापाको सभापतित्वमा सम्पन्न भएको सभामा अध्यक्ष सुन्दर राई, उपाध्यक्ष सुर्य छेत्री, सचिव उदय गुरुङ, सह सचिव अनुराधा छेत्री अनि सुष्मा थापा, कोषाध्यक्ष पेमा लमु अनि डिमु लामालाई चयन गरिएको थियो भने भने १५  जना कार्यकारिणी सदस्यहरुलाई मनोनित गरिएको छ | वक्ताहरु राजेन थापा, राजीव त्रिखत्री, सन्तोष परि, बिनु बस्नेत आदिले सभामा सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चाको राजनीतिक कर्यक्रमहरुलाई सहयोग गर्दै अफ्नो संगठनलाई बलियो बनाउने प्रतिबद्दता जाहेर गरेका थिए भने जीटिए व्यवस्थाअन्तर्गत नै स्वंयसेवी शिक्षक शिक्षिकाहरुको स्थायीकरण हुने बताउदै सम्पूर्ण स्वंयसेवी शिक्षक शिक्षकहरुलाई निश्चिन्त रहने आग्रह गरेका थिए | प्राप्त जानकारीअनुसार महकुमा समितिहरु गठन गरिएपछि पछि सर्कलस्तरीय समितिहरु पनि गठन गरिने छ भनि राजेन थापाले जानकारी गराएका छन | ज्ञातब्य, गत २०१० सालमा एक सय जनाभन्दा अधिक स्वयंसेवकहरुलाई प्यारा शिक्षकको रुपमा नियुक्ति गरिने कार्य गरिएको थियो भने अझ पनि लगभग पाँच सय जना स्वंयसेवी शिक्षक शिक्षिकाहरु स्थायीकरणको आशामा सम्बन्धित व्यक्ति अनि निकायको बाटो हेरिरहेको जान्नमा आएको छ |

बितेका धेरै समयदेखि पहाडका विभिन्न प्राथमिक पाठशालाहरुमा स्वंयसेवक-सेविकाका रुपमा कार्यरत शिक्षक शिक्षिकाहरुका आवश्यकता अनि मागअनुसार बिगत केही वर्षअघि ती

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.