पहाडको सामुहिक बिकाश तृणमूल कंग्रेसले मात्र गर्न सक्छ: एन बी खवाश

TMC Mungpoo
मङपु१३नोभेम्बर(केशर मोक्तान): आज  मङपु चालीस धुरा शाखाको आयोजनामा हिल तृणमूलको संगठानिक सभा स्थानीय प्राथामिक पाठशाला भवनमा धनदेव गुरुङको अध्यक्षतामा सम्पन्न भयो | सभालाई सम्बोधन गर्दै हिल तृणमूल नेता एन.बी.खवाशले पहाडको सामुहिक बिकाश तणमूल कंग्रेसले मात्र गर्न सक्छ भन्दै सुकुना सम्म गएर अन्त हुने पहाडका पार्टीले केही पनि गर्न नसक्ने बताए | उनले सी.पी.आई.एम र तृणमूलमा पहाडलाई हेर्ने दृष्टिकोण आकाश र पातालको फरक रहेको  जनाउदै अगणतान्त्रिक परिवेश रहेको पहाडमा टीएमसी गठन भएको दुई महीनामा नै गणतन्त्रको परिवेश फर्किआएको जनाए | उनले पहाडमा भईरहेको प्रत्येक कम कुरामा मोर्चाको नेताहरुले भ्रस्टाचार गरेको आरोप लगाउदै जब सम्म पहाडमा भ्रष्टचार मुक्त हुदैन तब सम्म यहाँ बिकाश हुने छैन भन्दै तृणमूलले मात्र यहाँ भ्रष्टचार मुक्त गरेर  सामुहिक बिकाश गर्न सक्ने ठोकुवा गरे | आज शारदा काण्डमा परेका बेशहरा जनतालाई सहारा दिने पार्टी हो टी.एम.सी. यसैले हालमा पहाडलाई बैशाखीको अति नै आवश्यकता छ र तृणमूल पार्टीले नै पहाडलाई सहारा दिनेछ | उनले आजको सभाको जमघटलाई मङपूलाई बिकाश गर्ने यो सचेत जमघट हो भन्दै दार्जीलिङलाई  स्विजरल्याण्ड बनाउने कर्तब्य तपाई र हाम्रो पनि हो भनि जनाए | आशिष खवाश अनि अर्चना खावाशले संचालन गरेको सभामा हिल तृणमूल नेता छेवांङ भुटियाले युवाहरु समाजको मेरुडण्ड हो र बिगतका पार्टीका नेताहरुले युवाहरुलाई प्रयोग मात्र गरे भन्दै आज ८५ प्रतिसत सुद्द विचार भएका युवाहरु तृणमूलमा सामेल रहेको ठोकुवा गरे | अर्का नेता राजेन मुखियाले सभालाई सम्बोधन गर्दै सय दिने रोजगारको काममा मोर्चाको नेताहरुले भ्रष्टचार गरेको आरोप लगाउदै हामीले पनि दश दिनको काम गरेर बीस दिनको वेतन थाप्ने अनि ८० दिनको वेतन मोर्चाका नेताहरुलाई खानुदिने प्रथा  बन्द गर्नु पर्छ | जनताले सय दिनमा सय दिन काम गरेर वेतन थापे मात्र पहाडमा सामुहिक बिकाश हुन् सक्छ | पन्चायत सुबिधा अनि आफ्नो अधिकार खोज्न जनता आफै अघि आउनु पर्छ र यसको निम्ति हामी सहयोग गर्न त्यर छौ | जीटीए बंगाल भित्रको एउटा व्यवस्था मात्र हो र जीटीए मा गोजमुमोले भ्रष्टचार गरिरहेको आरोप लगाउदै पहाडमा शिक्षा र बिश्व बिधालयहरु नवनिर्माण गरे मात्र सामुहिक बिकाश हुन सक्छ र सामुहिक बिकाश तृणमूलले गर्नेछ भनि मुखियाले जनाए | तृणमूल नेता राजेन मुखियाले आजको दिनमा  मङपुका बुद्धिजीवी र राजनैतिक नेताहरुले पनि तृणमूल पार्टी मार्फत पहाडलाई नेतृत्व दिन आवश्यक रहेको बताए | उनले सम्पूर्ण जनतालाई जातीय भवनामा नलागेर पहाडको बिकाश गर्नको निम्ति सबैलाई अघि आउने अपिल गरे | अन्त्यमा सभाध्यक्षको छोटा बक्तब्य संगै सभा अन्त भयो भने चालिश धुरा शाखाले ग्रामिण   समस्यलाई लिएर मङपु पार्टी युवा सयोजक आशिष खवासको बाहुलीबाट हिल तृणमूल नेतालाई  एक ज्ञापन पनि चडाए | सभामा मिरेन लामा,बलबीर तामांङ,संजय गुप्त आदिले सम्बोधन गरे |

आज मङपु चालीस धुरा शाखाको आयोजनामा हिल तृणमूलको संगठानिक सभा स्थानीय प्राथामिक पाठशाला भवनमा धनदेव गुरुङको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.