सिटोङ,16 जनवरी: जोगीघाट
कृषि मेलाको तेस्रो दिन पनि अत्यन्त रोमान्चक रुपमा सम्पन्न भयो | मेला आयोजक
समितिका अध्यक्ष डीगेल फिपोनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख रुपमा
खरसांङ खण्ड विकाश अधिकारी निरन्जन मण्डल उपस्थित थिए | कृषि एवम वागवाणी विषय
विभिन्न सचेतना र प्रशिक्षण आदिको कार्यक्रम सहित समाजका विशिष्ट व्यक्तिहरुलाई
संवर्धना जनाउने संस्कार अनुरुप चार जना विशिष्ट व्यक्तिहरुलाई समाजको निम्ति
दिइरहेको योगदानको कदर गर्दै संवर्धना जनाइएको थियो | जसमा खरसाङ महकुमा क्षेत्र भरिका
सर्वश्रेष्ठ र उधमी कृषकको रुपमा सिटोंङ दुई मध्य तोर्योक निवासी दुर्योधन
छेत्रीलाई मुख्य अतिथि खरसाङ खण्ड विकाश अधिकारीको बहुलीबाट खदा माला, स्मृति
चिन्ह, अंगवस्त्र अनि नगद दश हजार एक रुपियाँ (10,001) आदि द्वारा सम्मान जनाइयो
| यस क्रममा क्रमैले सामाजिक कार्यकर्ता तथा कन्चन जंघा उद्धार केन्द्रकी नेत्री
रंगु सौरिया,गायिका डेजी बराइली, नाट्य कलाकार महेन्द्र बागदासलाई क्रमैले जीटीए
सभासद रतन थापाको बाहुलीबाट खदा माला, अंगवस्त्र, स्मृति चिन्ह, वुकेद्वारा समान
जनाइयो | सुरेन्द्र थिंगले संचालन गरेको कार्यक्रममा संवर्धित सामाजिक कार्यकर्ता
रंगु सुरियाले सम्बोधन गर्दै समस्त उपस्थिति
बिच चेली बेटी बेच बिखानको विरुद्ध र यसको रोकथाम विषयमा वार्ता प्रस्तुत गरे |
तिनले कन्चन जंगा उद्धार केन्द्रको कार्य योजना र उदेश्य बारे बताउंदै आजसम्म
केन्द्रको प्रयासमा पाँच सय भन्दा अधिक चेलीबेटीहरुलाई उद्धार गरिसकेको पनि जनाइन
| यस क्रममा सम्बर्धित गायिका डेजी बराइली अनि संगीतकार चन्दन लोम्जेलले सांगीतिक
प्रस्तुति दिएर भरपूर मनोरंजन गराए साथै अर्का सम्बर्धित व्यक्ति तथा नाट्य कलाकार
महेन्द्र बागदासले पनि व्यंगात्मक कार्यक्रम प्रस्तुत गरेर मनोरंजन गराएका थिए |
कार्यक्रम मा प्रमुख अतिथि खरसाङ खण्ड बिकाश अधिकारी निरन्जन मण्डल अनि सभासद रतन
थापाले पनि सम्बोधन गरेका थिए | अर्कोतिर मेलाको कार्यक्रम अन्तर्गत कृषि अनि
स्वास्थ्य सम्बन्धि सेमिनारहरु प्रस्तुत गरिएको थियो | जसमा रेशम खेती, पशु पालन,
एचआइभी रोग रोकथाम विषय कार्यशाला सम्पन्न गरिएको थियो | अर्कोतिर प्राणीसम्पद
विभागबाट ९ वटा गाई, ५४ वटा वाख्रा अनि ८१ वटा सुँगुर विभिन्न क्षेत्रका कृषकहरुलाई
वितरण गरिएको थियो | मेलामा उपस्थित मानिसहरुलाई
मनोरंजन गराउंदै ७४ धुरा, अप्पर लाब्दा,
रोंगचोंग क्षेत्रका स्वनिर्भर समुदायहरुले सांस्कृतिक नृत्य आदि प्रस्तुत गरेका
थिए भने साँझको कार्यक्रम मुताविक दार्जीलिंग कार्निभलका कलाकारहरुका प्रस्तुति
अनि मंग्पू ब्रदर्श ब्याण्ड द्वारा रंगारंग
कार्यक्रम प्रस्तुत गरिएको थियो | कृषि मेलाको चौथौं तथा अन्तिम दिनको कार्यक्रममा
दार्जिलिंगका ख्याती प्राप्त कलाकार कर्म शेर्पाको पनि उपस्थिति तथा सांगीतिक प्रस्तुति रहने भएको छ|

Post a Comment
We love to hear from you! What's on your mind?