Farewell to Saraswati Higher Secondary School's Headmaster NB Chettri
मङपु१५मई(केशर मोक्तान): आज स्थानीय रबीन्द्र भवनमा
सरस्वती बिधालय परिवारको पक्षबाट
बिधालयका पूर्ब प्रधानाध्यापक
एन.बी.छेत्रीको बिदाई समारोह
कार्यक्रम गरियो | १९८० साल देखि
२०१३साल सम्म सरस्वती उच्चतर
माध्यमिक बिध्यलायमा शिक्षक
अनि प्रधानअध्यापक पदमा रहेका
एन.बी.छेत्रीलाई बिधालय परिवारको
पक्षबाट भब्यताको बिदाई समारोह
अनि कृतज्ञता कार्यक्रम बीच
बिदाई दियो | उनलाई बिध्यालय
परिवारको पक्षबाट समारोहका
सभापति ए.आर.रावतको बाहुलीबाट
स्मृति चिन्ह अनि पूर्ब उपप्रधान
अध्यापक डी.बी.थापाद्वारा सुनको
औठी,बिधालय संचालन समितिका
सचिव हिमत कोठारिको बाहुलीबाट
उपहार, लगायत सरस्वती कन्य
विधालयका शिक्षिका चन्द्रकला
राईको बाहुलीबाट स्मृति उपहार
प्रधान गरियो | पूर्ब प्रधान अध्यपक
एन.बी छेत्रीलाई शारदा बिध्यालय
परिवारको पक्षबाट पनि स्मृति
स्वरूप उपहार प्रधान गरियो | यसरी
बिधालयका बिज्ञान बिभागका
शिशक दीपनारायण राईलाई पनि
सरस्वती बिधालय परिवारको पक्षबाट
बिधालयका प्रधान अध्यापिका
देविका मोक्तानको बाहुलीबाट
स्मृति चिन्ह प्रधान गरियो | शिशक
बिशोर कार्की,शरद रावत अनि
असीत थापाले संचालन गरेको समरोहमा
मङपुका प्रतिष्ठित साहित्यकार
सुरेन्द्र थीङले कविता वाचन
गरेर सबैलाई मन्त्रमुग्ध पारे | गायक
मुकेश तामांङले गीत प्रस्तुत
गरे पछि बिध्यालयका शिक्षक प्रभुशंकर
प्रसादले भायोलिनमा मिठो
धुन प्रस्तुत गरे अनि बिध्यालयका
नानीहरुले नेपाली लोक नित्य
प्रस्तुत गरे | सरस्वती बिधालयलाई
सदैव माया गर्ने दुई व्यक्तित्व
स्व:एम.एम गुरुङ अनि आर.बी.राईलाई
श्रद्धाञ्जली अर्पण गर्दै
एन.बी.छेत्रीले यी दुई व्यक्तित्वले
सरस्वती बिधालयमा धेरै नै योगदान
पुराएको बताए | उनी सरस्वती बिध्यालयमा
७बर्ष छात्र अनि ३३ बर्ष शिशक
रहेर बिध्यालयमा चालीस बर्ष
बिताएको कुरो जनाए | उनले सरस्वती
बिधालयका भुतपूर्ब प्रधानाध्यापक
एम.बी राई सर मङपुको शैक्षिक
क्षेत्रको धुरीखम्बा रहेको
संज्ञा दिदै उनलाई मङपुबासी
अनि आफु स्वयमले कहिले नभुल्ने
बताए | उनले बिधार्थी नानीहरुलाई
प्रत्येक कुरामा मेहनत गरेर
अघि बढ्ने सुझाव दिदै मेहनत
र लगनशीलताले मात्र विद्यार्थीहरु
भविष्यमा गएर अघि बढ्न सक्ने
कुरो बताए | पूर्बप्रधान अध्यापक
एन.बी छेत्रीलाई बिध्यालय परिवार,शिक्षक
शिक्षिकालगण लगायत समारोहमा
आमन्त्रीत व्यक्तित्वहरुले
खादार्पण गर्दै बिदाई दिए | अन्त्यमा शिक्षक शरद रावतले धन्यवाद ज्ञापन
गर्दै कार्यक्रमको अन्त गरियो |