मङपु१५मई(केशर मोक्तान): बर्खा मौसम शुरु हुन् अघि नै
बिधुतलाई सहि प्रकारले उपभोक्ता
समक्ष दिलाउन कालेबुङ बिधुत
बिभागले हालमा चारैतिर बिधुत
मर्मत गर्ने कार्य गरिरहेको
जान्नमा आएको छ | आगामी आइतबार
१८ मईको दिन कालेबुङ शहर अन्तरगत
म्येंन रोड,महकुमा कार्यालय,डा.ग्राम
होम्स डेलो लगायत संग्लग्न
क्षेत्रहरुमा पनि बिधुत काटिने
छ भने त्यसदिन टिस्टा बजार लगायत
राजमार्ग ३१ए क्षेत्रमा बिधुतको
पोलहरुको मर्मती कार्य अनि
साफ सफाई कार्य बिधुत विभागले
गर्ने तय भएको हुनाले आगमी
आइतबार १८ मई को दिन बिहान ८बजे
देखि ४ बजे बेलुकी सम्म आठ घण्टा
बत्ती काटिने जानकारी कालेबुंङ
बिधुत बिभागका अधिकारी (ए.ई.)प्रभासिका
राईले जानकारी दिएका छन | उक्त
बिधुत मर्मतीको कारण राजमार्ग
३१ए टिस्टा,२९माइल,रम्बी,लोहापुल
सुन्तले लगायत मङपु,सिटोंङ,लाटपन्चर,लंकु
अनि संग्लग्न क्षेत्रहरुमा
आठ घण्टा निम्ति बिधुत सर्वाह
ठप्प हुने भएको छ |