गोर्खा संस्कृति संरक्षण मन्चलाई सुचना एवं सांस्कृतिक विभागको शुभकामना

Gorkha Sanskrti Girl
११ जुलाई (सञ्जीव छेत्री): कोलकाताको नेपाली भाषी गोर्खाबहुल क्षेत्र दुर्गापुरमा भानुभक्त नेपाली समितिको आयोजनामा आगामी १३ जुलाईका दिन सम्पन्न हुन् गइरहेको आदिकवि भानुभक्त आचार्य (Adi Kavi Bhanu Bhakta Acharya ) को २०० औं जन्मजयन्ती- कार्यक्रम समारोहको अवसरमा बिभिन्न सांस्कृतिक, सांगीतिक, साहित्यिक कला प्रस्तुतीको निम्तो पाएको लाटपन्चरको गोर्खा संस्कृति संरक्षण मन्च (Gorkha Sanskrti Sanrakshan Manch Lathpanchor) को टोलीलाई सुचना एवं सांस्कृतिक बिभाग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यकारी सभासद विनय तामाङले शुभकामना व्यक्त गरेका छन |

यस्तो कार्यक्रमले ठाउँ-ठाउँमा छरिएर बसेको गोर्खाहरुमाझ जातीय एकताको भावना अझ प्रगाढ भएर जाने साथै ठाउँ-ठाउँको गोर्खे सांस्कृतिक संस्कारहरुको आदान-प्रदान हुने भएकोले सिटोङ-लाटपन्चर समष्टिको संस्था गोर्खा संस्कृति संरक्षण मन्चले केवल एउटा समष्टिबिशेष अनि लाटपन्चरको प्रतिनिधित्व मात्र नगरेर कोलकाताको दुर्गापुरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको नै प्रतिनिधित्व गरेर गएको सम्झिनुपर्छ भन्दै सभासद तामाङले मन्चको पच्चिस सदस्यीय टोलीलाई कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका छन |

उसैगरी उक्त कार्य समष्टिको नाक राख्ने कार्य भएकोले समष्टि सभासद एवं जिटीए शिक्षा विभागीय कार्यकारी सभासद रोशन गिरीले पनि मन्च एवं प्रतिनिधि टोलीलाई बधाई साथै शुभकामना व्यक्त गरेका छन साथै स्थापनाकालदेखि नै सदैव गोर्खा संस्कृतिको जगेर्नाको दिशामा काम गर्दै आएको गोसंसंमको उत्तरोत्तर प्रगतिको कामना राखेका छन भने गोजमुमो सिटोङ-लाटपन्चर समष्टि कमिटिको तर्फबाट सभापति प्रमोद राईले पनि आज प्रस्थान गरेको सांस्कृतिक कार्यक्रम – टोलीलाई शुभकामना अनि बधाई दिएका छन भनी मन्चको तर्फबाट जनाइएको छ |

यसअतिरिक्त समष्टिका बिभिन्न सङ्घ-संस्था, व्यक्तिविशेष आदिले पनि मन्चलाई सफलताको शुभकामना टक्राएका छन |

मन्चका सभापति संजय मोक्तानको अगुवाइमा जाने टोलीका कलाकारहरुले दुर्गापुर स्थित श्रीजनी भवनमा हुने कार्यक्रममा नेपाली लोक-सांस्कृतिक गायन, नृत्य, स्वरचित गीत, नाटक, साहित्यिक रचना वाचन आदि प्रस्तुत गर्नेछन् | टोलीमा ख्यातिप्राप्त उद्घोषक, रंगकर्मी अनि युवा-लेखक मनोज एकलकाँटे पनि रहेको मन्चका सदस्य नवीन चाम्लिङले जनाएका छन |

कोलकाताको नेपाली भाषी गोर्खाबहुल क्षेत्र दुर्गापुरमा भानुभक्त नेपाली समितिको आयोजनामा आगामी १३ जुलाईका दिन सम्पन्न हुन् गइरहेको आदिकवि भानुभक्त आचार्य (Adi Kavi Bhanu Bhakta Acharya

Read latest post filed under regional news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.