मंग्पूबाट ६ किमी० माथि सिक्सिनमा आइतबार बेलुकी प्राय: ४:३० बजे मोटर बाइक दुर्घटना हुँदा २२ वर्षीय अविशिका राईको घटना स्थलमै मृत्यु भएको छ भने चालक विजय शेर्पा (३५) पनि गम्भीर घाइते भएकोले उनलाई दार्जीलिंग जिल्ला अस्पताल पुराए पनि त्यहाँबाट पनि सिलिगुडी रेफेर गरिएको छ | त्यसै बाइकमा सवार अर्को एक युवती कविता राई (१८ ) लाई भने सामान्य चोट लागेकोले दार्जीलिंग जिल्ला अस्पतालमै उप्र्चारधीन छिन् | तिनै जना बाइक सवारी रन्जुभेली निवासी हुन् भनी रंगली रंगलीयट पुलिस चौकीबाट जानकारी पाइएको छ | नियन्त्रण हराएको बाइक सडकदेखि तल झर्दा यस्तो घटना भएको पुलिसले बताएका छन् भने घाँटी , टाउकोमा गम्भीर चोट लागेकोले अविशिकाको घटना स्थलमै मृत्यु भएको पनि पुलिस सुत्रले बताएका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?