मङपु२६अक्टुबर(केशर मोक्तान): अंग्रेजहरुको शासनकाल देखि तमाशा भनि शुरु गरिएको प्रत्येक बर्ष भाईटिकाको भोलिपल्ट सम्पन्न हुने दुई दिवशीय बार्षिक दिपावली खेलकुद आज स्थानीय जनमैदानमा भब्यताको साथ सम्पन्न भयो | मङपू खेलकुद संघको तत्वाधानमा सम्पन्न भएको खेलकुद सम्रोह्का प्रमुख अतिथि सिन्कोना बगान निर्देशक डा.सामुएल राईको बाहुलीबाट मशाल प्रज्वलन गरि आजको खेल शुरु गरियो भने आजको परेडको सलामी ग्रहण पनि बगान निर्देशकको बाहुलीबाट गरियो | सन्तमंगल एकाडमी,अगमसिंह गिरी बिधालय साथै कस्तुरी एमएसकेका बिधार्थीद्वारा मार्चपास (परेड) प्रदर्शन गरियो भने आज सम्पन्न भएको अन्तर बिभागीय खेलमा रेसेप विभागले ४६ अंक लिएर प्रथम,मङपू विभागले ३६ अंक लिएर दोश्रो स्थान,अनि रम्बी बीचकमान बिभागले २२ अंक लिएर तेस्रो स्थान ओगट्न सफल भए | यस्तै गरि आज सम्पन्न भएको खुल्ला म्याराथन दौड प्रतियोगितामा रमेश तामांङ(एसयुएमआई) संजय राई अलगरा कालेबुंग दोस्रो अनि बिनोद तामांङ(एसयुएमआई) तेस्रो स्थान ओगट्न सफल रहे | आजको कार्यक्रमको सभापति सिन्कोना बगान सहव्यवस्थापक जे.साधा रहेका थिए | बिसिष्ट अतिथिहरुमा किरण लोहार,प्रदीप छेत्री लगायत अन्य गन्यमान्य व्यक्ति उपस्थित थिए | राम पोख्रेलले स्वागत सम्भाषण राखेको समारोहमा सुरेन्द्र थिङ अनि बिशोर कार्कीले संचालन गरेका थिए | यसरी भोलि (२७ अक्टुबर )अन्तर बिधालय खेलकुद प्रतियोगिता साथै परेड सम्पन्न हुनेछ |

Post a Comment
We love to hear from you! What's on your mind?